सामाजिक एकाईबाट सेवा लिने बिरामी बढे, एकवर्षमा ११ हजार बढीको उपचार

तुलसीपुर,
२४-साउन/ राप्ती प्रादेशिक अस्पताल अन्तरगत सामाजिक सेवा एकाई तथा जेष्ठ नागरिक सेवाबाट सेवा लिने बिरामीहरुको संख्या बढ्दै गएको छ । एकाइ मार्फत मासिक रुपमा चारसयसम्म बिरामीहरुले सेवा लिएका छन् । अति गरीब, असहाय, अपाङ्ग, जेष्ठ नागरिक, लैंगिक हिंसा पीडित ( बालबालिका), महिला स्वास्थ्य स्वयम्सेविका, दुर्घटनामा परेका आकस्मिक बिरामी (अभिभावक नभएको), सीमान्तकृत तथा लोपोन्मुख आदीवासी, प्राकृतिक प्रकोप, शहिद परिवार, कुपोषित बालबालिका तथा प्रहरीले ल्याएको थुनुवाहरुलाई सामाजिक सेवा एकाइले निःशुल्क उपचार सेवा दिंदै आएको छ ।

ईकाइ मार्फत वडाको सिफारिसमा वेड चार्ज, रगत जाँच, एक्सरे सेवा निःशुल्क दिईन्छ । राप्ती प्रादेशिक अस्पतालमा आईसकेपछि पैसा नभएर कुनै बिरामीले सेवा पाउँनबाट बञ्चित नहोस् भनेर आफुहरुले सेवा दिंदै आएको ईन्चार्ज हुमा पौडेलले बताईन् । हालसम्म एकाई मार्फत ११ हजार ३१६ जना बिरामीहरुले सेवा लिएको सामाजिक सेवा एकाई तथा जेष्ठ नागरिक सेवाका प्रमुख पौडेलले जानकारी दिइन् । अहिलेसम्म बिरामी ३ हजार ७७२ जना, जेष्ठ नागरिक २९३० जना, अति गरिब ६३४ जना, बाहिरका बिरामी ३ हजार २५१ जना, इमरजेन्सीमा २६१ जना, जिल्ला भित्रका २६० जना, असाहय ३१ जना, अपाङ्ग १२७ जना, महिला स्वासथ्य स्वयम् सेविका २९ जना, लैंगिक हिंसा पीडित १० जना, र अन्य ११ जनाले सेवा लिएको ईन्चार्ज पौडेलले जानकारी दिईन । एक वर्षमा उक्त बिरामीहरुलाई उपचार सेवा दिंदा ३१ लाख २३ हजार, ३४२ रुपौँया ५७ पैसा खर्च भएको उनले जानकारी दिईन ।

सामाजिक सेवा एकाई तथा जेष्ठ नागरिक सेवा अन्तरगत अस्पताल व्यवस्थापन समितिको निर्णय गरे अनुसार र बजेटको आकार हेरेर लैंगिक हिंसा पीडितको हकमा पुरै निःशुल्क र अरु समुहको हकमा उस्को पारिवारिक अवस्था हरेर उपचारमा छुट दिंदै आएको उनले बताईन । आर्थिक अवस्था एकदमै कमजोर भएका बिरामीहरुलाई अन्त रेफर गर्नु परेमा भाडाको पनि व्यवस्था गर्ने गरेको पौडेलले बताईन । अहिले एकाइमा तुलसीपुरलगायत दाङको बबई, दंगीशरण, शान्तिनगर, घोराही सल्यान रुकुमसम्मका बिरामीहरु सेवा लिन आउने गरेका छन् । तुलसीपुर भन्दा अन्य पालिकाबाट उपचार लिनेको संख्या धेरै छ । सेवा एकाईको लागि संघीय सरकारले वार्षीक रुपमा २० लाख रुपैँया बजेट छुट्याउँदै आएको छ । त्यही रकमबाट बिरामीहरुको उपचार र कर्मचारीहरुले तलब लिनु पर्ने भएकाले रकम अभावका कारण सोचे अनुसार सेवा दिन नसकिएको पौडेलले बताईन । एकाइमा एकजना ईन्चार्जसहित तीन जना सहजकर्ता कार्यरत छन् । गएको आर्थिक वर्ष २०७७/०७८ को जेठ २८ गतेदेखि राप्ती प्रादेशिक अस्पतालमा सामाजिक सेवा एकाई तथा जेष्ठ नागरिक सेवा सुरु भएको थियो ।
चुनौति
सामाजिक सेवा एकाई तथा जेष्ठ नागरिक सेवा सञ्चालन गर्दा विभिन्न चुनौतिहरु आई पर्ने पौडेलले बताईन । धनी हुने खाने वर्गका व्यक्तिहरु समेत एकाइमा सेवा लिन आउने गरेको ईन्चार्ज पौडेलले बताईन् । ‘जेष्ठ नागरिक सबै विपन्न हुनुहुँदैन, जेष्ठ नागरिकको कागज लिएर आएपछि उपचार पाउँनु हुदैन भन्न मिल्दैन उनले भनिन् यसो गर्दा लक्षित वर्गले सोचे अनुसारको सेवा लिनबाट बञ्चित हुनुभएको छ । त्यसका साथै बजेट कम भएकाले पनि सेवा दिन समस्या हुने गरेको उनले बताईन ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *