ज्ञानमालामा उत्प्रेरणा एवं चित्रकला प्रदर्शनी, चित्रकला सृजनात्मकताको उत्कर्ष हो : प्रियासन

घोराही, जेठ ३० । घोराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीका विद्यार्थीहरुले चित्रकला प्रदर्शनी गरेका छन् ।
शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीले विभिन्न विधा र व्यक्तित्वहरुका चित्रहरु सिर्जना गरि विद्यालयमा प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरुको सिर्जनशील क्षमतालाई परिस्कृत गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुका ६० वटा चित्रहरु प्रदर्शन गरिएको थियो । प्रदर्शनीमा स्मारिका चौधरीले बनाएको ११ वटा, सुदिक्षा वलीले ९ वटा, दिक्षा पल्लीमगर, यशु चौधरी, सिखा पोख्रेल, ऋषि बस्नेत, दिपाशु नेपाली, प्रिन्सा, वली, कविता राना, स्वस्तिक आचार्य, सविना भण्डारी, इच्छा थापामगर, टिका लामिछाने, उन्नती केसी, सुष्टि केसी, कृतिका केसी, करिना जिसी, अंकता चौधरी, जशिका डाँगी, मञ्जुला चौधरी, मञ्जिशा वली, निकित पुनलगायतका  विद्यार्थीहरुले बनाएको  चित्र प्रदर्शनी गरिएको थियो ।
चित्रकला प्रदर्शनीमा विद्यार्थीहरुले बनाएका सयौ सन्देशमुलक चित्रहरुको विद्यार्थी, अतिथिहरुले अवलोकन गरेका थिए । सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनलाई विद्यालयकी कक्षा १० मा अध्ययनरत छात्रा स्मारिका चौधरीले प्रियासनकै चित्र बनाएर उपहार दिनु भएको थियो ।
यसैबीच विद्यालयले विद्यार्थीहरुलाई सकारात्मक सोँचको विकास गर्नका लागि उत्प्रेरणा कार्यक्रमको आयोजना गरेको छ ।  विद्यालयमा गठित सिर्जनशील बाल क्लबको आयोजनामा भएको उत्प्रेरणा कार्यक्रममा ६ कक्षा देखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुको सहभागिता रहेको थियो । पछिल्लो समय घोराही उपमहानगरपालिकाले घोराहीमा शुक्रबार बुकफ्रिडे कार्यक्रम लागू गर्ने निर्णय गरेपछि सबै जसो विद्यालयमा शुक्रबार नियमितरुपमा सिर्जनशील कार्यहरु हुँदै आएको छ ।
विद्यालयमा गठित बाल क्लबकी अध्यक्ष अदिति केसीको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यता एवम् नेपाल पत्रकार महासंघ दाङका सचिव जेएन सागरको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले चित्रकला सिर्जनात्मकताको उत्कर्ष भएको बताउनुभयो । चित्रकलाले विद्यार्थीलाई सिर्जनशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई पाठ्यक्रममै समावेश गर्नुपर्ने धारणा प्रियासनको भनाइँ छ । पछिल्लो समय विदेशका कतिपय मुलुकमा चित्रकलामै लागेर नाम, दाम, सम्मान कमाई रहेको बताउँदै प्रियासनले विद्यार्थीहरुको क्षमता विकासका लागि पनि चित्रकलाले भूमिका खेल्ने वताउनुभयो ।
सो अबसरमा विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ दाङका सचिव जेएन सागरले विद्यार्थीहरुको क्षमताको प्रशंसा गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *