काठमाडौं ८ फागुन । दाङको बंगलाचुली गाउँपालिकामा एक घर एक धारा कार्यक्रमलाई सफल पार्नको लागि आज बैठक सम्पन्न भएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभाग काठमाडौँमा बैठक सम्पन्न भएको हो।
बङ्गलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनमगर, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ , उपमहानिर्देशक रामकुमार श्रेष्ठ ,बङ्गलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, सहलगानी आयोजना निर्देशक नारायण प्रसाद आचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका सिडिइ अमित रन्जित ,सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका स्वकीय सचिव जङ्ग रोकामगर, आयोजना व्यवस्थापन परामर्शदाता अरुणकुमार सिमखडा, बङ्गलाचुली गाउँपालिकाका योजना शाखा प्रमुख नुमाकान्त कालाथोकी, गाउँपालिकाका इन्जिनियर बिकेश न्यौपाने, सब इन्जिनियर शक्ति सिंह जिसी, मुन स्टार इन्जिनियरिङ कन्सल्टेन्सीका सब इन्जिनियर विकास केसी, होमराज डाँगी लगायतको सहभागिता सहभागितामा बैठक सम्पन्न भएको हो।
सो बैठकमा बंगलाचुली गाउँपालिकाले तयार पारेको एक घर एक धाराको विस्तृत योजना विवरण को बारेमा जानकारी गराइएको थियो।
