राप्ती इञ्जिनियरिङले रिक्त कोटामा पुनः प्रवेश परीक्षा संचालन गर्ने

संगिता पुरी

दाङ । लुम्बिनी प्रदेशको राजधानी घोराहीमा स्थापित राप्ती इञ्जिनियरिङ कलेजले डिप्लोमा तह र प्रिडिप्लोमा तह शैक्षिक कार्यक्रमको रिक्तकोटामा पुनः प्रवेश परीक्षा संचालन गर्ने भएको छ ।

कलेजले शुक्रबार एक सूचना प्रकाशित गर्दै रिक्त कोटामा पुनः प्रवेश परीक्षा सञ्चालन गर्न लागेको जानकारी दिएको हो । शैक्षिक सत्र २०८०÷०८१ को भर्ना कार्यक्रममा सिटहरु रिक्त भएपछि कलेजले प्रवेश परीक्षा पुनः लिने भएको हो ।

यस अघिपनि कलेजले भदौ ६ गते प्रवेश परीक्षा लिएको थियो । कलेजले डिप्लोमा कम्प्युटर इञ्जिनियरिङ, १८ महिने सिभिल, इलेक्ट्रिकल र अमिनमा कार्यक्रममा पुनः प्रवेश परीक्षा संचालन गर्ने आवेदन माग गरेको छ । इच्छुक विद्यार्थीहरुले भाद्र २७ गते बुधबारभित्र आवेदन दिन सक्ने कलेजले जनाएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमी भक्तपुरबाट सम्बन्ध प्राप्त यस कलेजले २०६५ सालदेखि डिप्लोमा कम्प्युटर इञ्जिनियरिङ, र २०७१ सालदेखि १८ महिने सिभिल, इलेक्ट्रिकल र अमिनमा कार्यक्रम संचालन गदै आइरहेको छ ।

लुम्बिनी प्रदेशको हरेक सरकारी कार्यालय, गाउँपालिका, नगरपालिका, कलेज विद्यालय लगायत हरेका क्षेत्रमा यस कलेजबाट उत्पादित भएका विद्यार्थीहरु रोजगारीमा रहेका छन ।

यस कलेजमा अध्ययन गरेका ९० प्रतिशत विद्यार्थीहरु रोजगारीमा रहेको सुचना अधिकारी करिना खडकाले बताउनुभयो । कलेज यस वर्षको उत्कृष्ट इञ्जिनियरिङ कलेज अवार्ड (२०२२) बाट पुरुस्कृत भएको छ ।

संयुक्त राज्य अरब इमिरेट्स (युएई) को दुबईमा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको थियो कलेजका एकेडेमीको र्डिनेटर ई.बावुराम जोशीले बिई सिभिल र बिसिए कार्यक्रममा पनि प्रवेश परीक्षा आवेदन फाराम खुल्ला गरेको जानकारी गराउनु भएको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *