चेतना अनलाइन
घाेराही, २८ जेठ । घोराही उपमहानगरपालिकाले २० जना युवाहरुलाई निशूल्क कुक तालिम दिन थालेको छ ।
दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना इन्स्योर दोस्रो चरणको आर्थिक तथा प्राविधिक सहयोगमा घोराही उपमहानगरपालिकाले नगरका २० जना युवाहरुलाई कुक तालिम लिन थालेको हो ।
घोराही उपमहानगरपालिकाले इन्स्योर परियोजना मार्फत गत बर्ष पनि २० जना युवाहरुलाई निशुल्क कुक तालिम दिएको थियो । उनिहरु अहिले विभिन्न होटलहरुमा रोजगारि गरिरहेका छन् । कुक तालिम कार्यक्रम संयोजक प्रशान्त कुमार अर्यालको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं नगर उपप्रमु हुमाकुमारी डिसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरि तालिमको सुभारम्भ गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख चौधरीले युवाहरुलाई सिप प्रदान गरि रोजगारीमा आबद्ध गर्न निशुल्क तालिम सञ्चालन गरिएको बताउनुभयो । होटल व्यवसाय आर्थिक विकासको आधार भएको भन्दै नगरले काम भन्दा सिप दिने र वेरोजगार इच्छुक युवाहरुलाई रोजगारिमा आबद्ध गर्ने सोच अनुसार यस्ता कार्यक्रमहरु सञ्चालन गरिएको उल्लेख गर्नुभयो । सरकारले दिने यस्ता तालिमहरु व्यक्तिको आर्थिक सामाजिक पक्षलाई बलियो बनाउने आधार समेत भएको बताउनुभयो । इमान्दारितका पूर्वक तालिम लिन सके मात्रै राज्यको लगानी सदुपयोग हुने भएकाले अनुशासित र नियमित भएर तालिम लिन सल्लाह दिनुभयो । साथै उहाँले होटेल क्षेत्रमा सम्भावना निकै रहेको चर्चा गर्दै समय सापेक्ष सिप प्रबाहमा ध्यान दिन तालिम प्रदायक संस्थालाई आग्रह गर्नुभयो ।
उपप्रमुख हुमाकुमारी डिसीले राज्यले दिने सिपलाई जीवन परिवर्तन सँग जोड अपिल गर्नुभयो । होटल क्षेत्रमा कुकको सम्भावना निकै धेरै रहेको भन्दै उहाँले इमान्दारि पूर्वक तालिममा सहभागि हुने र समय सापेक्ष सिप प्रदान गर्न आग्रह गर्नुभएको छ । नगरले यस अघि सार्वजनिक सूचना प्रकाशन गरि आएका निबेदन मध्यबाट २० जना छनौटमा परेकाहरुलाई तालिममा सहभागि गराईएको छ ।
तालिमको प्रशिक्षकहरुमा सोनम आचार्य, प्रशान्तकुमार अर्याल, पूर्ण बुढामगर र अस्विनीकुमार शर्मा रहनुभएको छ । तालिम उद्घाटन सत्रको सहजिकरण मिनराज भाटले गर्नुभएको थियो ।