आलोक भावुक
गढवा, १० असार । दाङको गढवा गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८२/०८३ को कुल बजेट ७८ करोड ७५ लाख ९४ हजार रुपैयाँको बिनियोजन गरिएको छ । गाउँपालिकाको १७औं अधिवेशनको तेस्रो बैठकमा गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।
शिक्षा, स्वास्थ्य, कृषि र रोजगार समृद्ध गढवा गाउँपालिकाको आधार भन्ने मुल नाराका साथ आज मंगलबार आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेट बिनियोजन गरिएको छ । आगामी आर्थिक बर्षको बजेटमा पनि शिक्षा, स्वास्थ्य,रोजगार र कृषि तथा पशुपालन, पूर्वाधार विकास,सिँचाइ, भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास, स्थानीय तहको संस्थागत विकास, रोजगार र उत्पादनमा वृद्धि,वन वातावरण संरक्षण तथा दिगो विकास ,संकट तथा विपद व्यवस्थापन, सामाजिक न्याय तथा लैङ्गिक मूल प्रवाहीकरण, सेवा प्रवाहमा क्षमता लाई बिशेष जोड दिंदै बजेट बिनियोजन गरिएको छ ।
गढवा गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/०८०मा कुल चालु खर्च तर्फ ४४ करोड ६१ लाख १८ हजार ४ सय १५, पुँजीगत खर्च ३४ करोड ९५ लाख १५ हजार ७ सय ४६ गरी जम्मा बजेट ७७ करोड ५६ लाख ३४ हजार १ सय ७२ बिनियोजन गरेको थियो भने खत आर्थिक वर्ष २०८१/०८२ मा घटेर चालु खर्च तर्फ ३९ करोड ५२ लाख २ हजार र पुँजीगत तर्फ खर्च २३ करोड ६२ लाख ५५ हजार १ सय ७२ रुपैयाँ गरी कुल बजेट ६३ करोड १४ लाख ५७ हजार १ सय ७२ रुपैयाँ बिनियोजन गरेको थियो भने यस आर्थिक वर्ष २०८२/०८३मा
गत वर्ष भन्दा बढेर ७८ करोड ७५ लाख ९४ हजार रूपैयाँ प्रस्तावित बजेट प्रस्तुत भएको छ।
आर्थिक वर्ष २०८२/ ८३ को संघीय सरकार वित्तीय समानीकरण अनुदान १३ करोड ५१ लाख, संघीय सरकार सशर्त अनुदान २६ करोड ४६ लाख, संघीय सरकार सम्पुरक अनुदान १ करोड ५ लाख, सङ्घीय सरकार विशेष अनुदान पुँजीगत खर्च ५७ लाख, संघीय सरकार राजस्व बाँडफाँड १५ करोड ७७ लाख, लुम्बिनी प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ९० लाख ३२ हजार, लुम्बिनी सरकार सशर्त अनुदान १ करोड ३१ लाख, लुम्बिनी सरकार सम्पूरक अनुदान ७५ लाख ,लुम्बिनी सरकार विशेष अनुदान १७ लाख, लुम्बिनी सरकार राजस्व बाँडफाँड १ करोड ४२लाख ४६ हजार ,गाउँपालिकाको आन्तरिक ६ करोड ३० लाख ९४ हजार २ सय ३७ रुपैयाँ, नदीजन्य पदार्थको बिक्री गर्दा डम्पिङ खर्च बापतको आय ५ करोड, सञ्चित कोष आल्या हुने अनुमानित रकम ४ करोड २ लाख७५ हजार ७ सय ६३ रूपैयाँ गरी कुल ७८ करोड ७५ लाख ९४ हजार प्रस्तुत गर्नुभएको छ।
गढुवा गाउँपालिकाको आर्थिक वर्षको कुल आय अनुमानमध्ये चालु खर्चमा ५१ करोड ८३ लाख २२ हजार र पुँजीगत खर्चतर्फ २६ करोड ९२ लाख ७२ हजार गरी जम्मा ७८ करोड ७५ लाख ९४ हजार व्यय अनुमान गरिएको छ।
सित भण्डारको निर्माणको निरन्तरताका लागि १ करोड रूपैयाँ खाद्य संकटबाट सुरक्षित रहन खाद्य भण्डार भवन निर्माणका लागि ७५ लाख रुपैयाँ त्यसैगरी गाउँ गौरवका योजना अन्तर्गत कोल्डस्टोर निर्माणका साथसाथै कबडहल निर्माणमा निरन्तरता वनबारी बाटो स्तरोन्नति सुतैया कटियान गाउँ बाटो स्तर उन्नति कुमालटोल बस्ती विकास भोजपुर विजयपुर चन्दनपुर बाटो स्तर उन्नति र कोइलाबासमा पार्क निर्माण गरी जम्मा २ करोड ७५ लाख रुपैयाँ बजेटको व्यवस्था गरेको छ।
त्यसैगरी कृषि प्रणालीमा आधुनिककरण प्रविधिकरण र वैज्ञानिकरण गर्न सानो सिंचाई निर्माण तथा कृषि उपकरण वितरण कृषि नर्सरी सिंचाई केन्द्र सञ्चालन तरकारीको उत्पादन लगायतका क्षेत्रमा कृषितर्फ ३५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । भने पशुपन्छी तथा मत्स्य विकासका लागि औषधि खरिद खोपको व्यवस्था कृत्रिम गर्भधान रे बीच रोग विरुद्धको खोप खाडा कुकुरको बन्द्याकरण गौशाला व्यवस्थापन लगायतका लागि एकमुष्ट ४६ लाख ५० हजार रूपैयाँ, कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी कार्यक्रमका लागि रु. १ करोड १० लाख, रोजगारीका नयाँ नयाँ अवसरको सिर्जना गर्दै नयाँ उद्यमी सिर्जना गर्ने उद्यमीहरूको स्तर उन्नति गर्ने गरी रोजगारी सिर्जना गर्न उद्योगतर्फ १५ लाख, राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत आन्तरिक रोजगारी सिर्जना गर्न साथै स्थानीय तहको वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूसँग रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न एकमुस्ट ४१ लाख रुपैयाँ, सरकारको तीन खम्बे अर्थनीतिलाई उजागर गर्न सहकारी क्षेत्रका लागि सहकारी व्यवस्थापन तालिमको तालिम प्रविधि हस्तान्तरण लगायतका सहकारी विकास कार्यक्रमका लागि एकमुष्ट सात लाख २० हजार रुपैयाँ, अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीको व्यवस्थापनका लागि आवश्यक ३० लाख कुमाल समुदायको माटोको भाडा सेरामिका ब कार्यक्रम लाई निरन्तरता दिएको छ।
पर्यटन प्रवर्धन होमस्टे तालिम तथा रैथाने परम्परागत सीप तथा क्षमता विकास गरी आर्थिक विकासका लागि १५ लाख, गढवा गाउँपालिकाको शैक्षिक स्तर उन्नतिका लागि विद्यालयहरूमा विद्यालय बस तथा अटो व्यवस्थापनका लागि ५० लाख, पूर्वाधारतर्फ ५० लाख माध्यमिक शिक्षा उच्च शिक्षा र भेटनरी शिक्षा अध्ययनका लागि छात्रवृत्तिका लागि २० लाख ३६ हजार, शिक्षा योजना अन्तर्गत तोकिएका विद्यार्थीहरुका लागि दिवा खाजाको लागि १ करोड १४ लाख ९१ हजार ,सार्वजनिक विद्यालयका विद्यार्थीका लागि निःशुल्क पाठ्य पुस्तक अनुदानका लागि ४९ लाख २२ हजार गरी शिक्षातर्फ एकमुष्ट ९ करोड८५ लाख बजेट व्यवस्था गरिएको छ।
युवा तथा खेलकुद अन्तर्गत राष्ट्रपति रनिङशील जिल्ला तथा पालिका स्तरीय खेलकुद प्रतियोगिताहरू साथै युवाहरूलाई पत्रकारिता तालिम सञ्चालनका लागि २५ लाख, लागू औषध दुर्वेशनी परेका युवा सुधार असहाय मानव व्यवस्थापन तथा विपन्न नागरिक सहायता जस्ता मानव संवेदनायुक्त विषयको व्यवस्थापनका लागि ३२ लाख सामाजिक सुरक्षा तथा पञ्जीकरण एकाई तर्फ क्षमता विकास समन्वय तथा अभिमुखीकरण कार्यक्रमका लागि ५ लाख, स्वास्थ्य सेवा परिवार कल्याण कार्यक्रम ५१ लाख महामारी तथा रोग नियन्त्रण कार्यक्रम रु १ लाख नर्सिङ तथा सामाजिक सुरक्षा कार्यक्रम १८ लाख रोगमुक्त अभियान निरन्तरताका लागि ५ लाख स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम अन्तर्गत एक पालिका एक अस्पतालका लागि निर्माणाधीन १५ सैयाको अस्पताल निर्माण सम्पन्न गरी निकट भविष्यमा सेवा सुचारु गर्नका लागि १ करोड १९ लाख रुपैयाँ विनियोजन गरेको छ।
त्यसैगरी निःशुल्क औषधि वितरणका लागि ३२ लाख, गढवा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवा सञ्चालनका लागि ७५ लाख, शाखागत वार्षिक कार्यक्रम ५० लाख, बहु क्षेत्रीय पोषण सामाजिक सुरक्षा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम अन्तर्गत म स्वस्थ मेरो समुदाय स्वस्थ घरटोलमा स्वास्थ्य प्रवर्धन कार्यक्रम मृगौला प्रत्यारोपण गरेका डायलासिस गरिरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले उपचार खर्च सिकलसेल एनेमिया जस्ता विभिन्न कार्यक्रमका लागि २० लाख विपन्न नागरिक स्वास्थ्य बीमा सर्पदंश सञ्चालन आँखा सम्बन्धी उज्यालो अभियान घुम्ती अस्पतालका लागि ६२ लाख विनियोजन भएको छ ।
त्यसैगरी योग शिविर सञ्चालन सोधन पञ्चकर्म सेवा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर अत्यावश्यक औषधि व्यवस्थापनका लागि ३० लाख, म्यादी जीवन बीमा सामाजिक सुरक्षा कोष आर्थिक सहयोगका लागि रकमका लागि १० लाख ८० हजार, लक्षित वर्गहरुको नेतृत्व विकास संस्कृति संरक्षण कम्प्युटर तालिम मधेसी मुस्लिम आदिवासी दलित लोपन्मुख सीमान्तकृत समुदाय र जष्ठ नागरिकका लागि ४१ लाख रुपैयाँ गाउँपालिका भित्र धार्मिक संरचना निर्माण तथा कला भाषा धर्म संस्कृतिको पहिचान र संरक्षण गर्न एकमुष्ट ५५ लाख बिनियोजन गरेको छ।
त्यसैगरी पूर्वाधार विकासतर्फ डाँडागाउँ मदेवा गुसरा चिम्टमी बाटो कालोपत्रीका लागि २ करोड १० लाख, पर्नहा गाउँको कालोपत्रेका लागि ७० लाख, धैरनी रिङरोड निर्माणका लागि ८० लाख, गाउँपालिका भित्रका सडकहरु नयाँ ट्र्याक खोल्ने नयाँ बाटो निर्माण र स्तर उन्नतिका लागि एक करोड ४६ लाख ३० हजार, गाउँपालिकाभित्रका खरे खोला तथा जोखिमयुक्त बस्तीको संरक्षण गर्न तटबन्धन तथा वाल निर्माणका लागि ३७ लाख ५० हजार टहडा चिमचिमे ठुलीचौर कोइलाबास महादेवा लगायतका खानेपानी योजनाका लागि २१ लाख, गाउँपालिकाभित्रका विभिन्न सडकहरूको स्तर उन्नति तथा ढल निकास गर्न नाली निर्माणका लागि एकमुष्ट ९८ लाख ८० हजार गाउँपालिका भित्रका थोरै लगानीमा सिचाई उपलब्ध गराउन सकिने साना सिचाई योजनाको लागि एकमुष्ट ५४ लाख ५० हजार, सुरक्षित नागरिक आवासतर्फ गाउँपालिका तथा संघ सरकारको गरी एकमुष्ट ५५ लाख साथै बस्ती विकास कार्यक्रमका लागि १ करोड ३५ लाख गाउँपालिकाको योजना तथा विविध कार्यक्रमतर्फ २ करोड सम्पर्कबाट कार्यान्वयन हुने योजनाको लागि १ करोड २० लाख, विश्व अर्थतन्त्रमा आएको मन्दिर कोभिड १९को पश्चगामी प्रभाव रुस युक्रेन युद्ध आदिका कारणले राष्ट्रिय अर्थतन्त्रमा देखिएको स्वस्थताका कारण अपेक्षित राजस्व तथा आय स्रोतहरू परिचालन हुन नसक्दा पालिकाले प्राप्त गर्ने संघीय तथा प्रदेश अनुदानहरू आर्थिक वर्षमा भुक्तानी हुन नसके सिर्जना दायित्व हरु व्यहोर्नका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ।
नदीजन्य पदार्थको डम्पिङ व्यवस्थापन कर शिविर सञ्चालन तथा नदीजन्य पदार्थको अनुगमन व्यवस्थापनका लागि ५ करोड ३ लाख त्यसैगरी वन वातावरण र विपद व्यवस्थापनतर्फ जलवायु परिवर्तन न्यूनीकरणका लागि वन वातावरणतर्फ २० लाख फोहर व्यवस्थापनका लागि २८ लाख विपद व्यवस्थापन तर्फ एकमुष्ट ८२ लाख विनियोजन गरेको छ। प्रशासनिक तथा कार्यालय व्यवस्थापन तर्फ संस्थागत सुशासन का लागि घुम्ती शिविर सञ्चालन सार्वजनिक सुनवाई सार्वजनिक परीक्षण सेवाग्राही सन्तुष्टि सर्वेक्षण तथा बजार अनुगमन लगायतका विषयमा जम्मा २० लाख विनियोजन गरेको छ। कर्मचारी तथा जनप्रतिनिधिको नेतृत्व विकास लगायत क्षमता विकास कार्यक्रम उपभोक्ता समिति र टोल विकास संस्थाको क्षमता विकास तालिम अन्तरसरकारीको तलब भत्ता २ करोड ३७ लाख, सामाजिक सुरक्षामा सहभागिताको लागि एकमुष्ट ९२ लाख महङ्गीबत्ता ९१ लाख जनप्रतिनिधिहरूको सेवा सुविधा एक करोड ३७ लाख गरी जम्मा ५ करोड ९६ लाख, तलब भत्ता तथा सेवा सुविधामा विनियोजन भएको छ।
न्यायिक इजलास कार्यक्रम मेलमिलापलाई पुनर्ताजकी कार्यक्रम विद्यार्थीसँग कानुनी सचेतना कार्यक्रमको लागि ७ लाख, स्थानीय सरकारको रक्तसञ्चारको रुपमा रहेको मानव संसाधन विकासका लागि जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकासबाट नीति निर्माणमा योग्य जनप्रतिनिधि र कार्यान्वयन सक्षम कर्मचारी भएमा मात्र दिगो र अपेक्षित उपलब्धि हासिल गर्न सम्भव हुने तथ्यलाई मनन गर्दै क्षमता विकासका लागि १३ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चौधरीले २०८२/८३ मा बजेट वक्तव्यमा प्रस्तुत गर्नुभएको हो।