‘दैनिक उपभोग्य सामग्री लिन कहाँ जाने हामी ?’

शिवु खनाल

देउखुरी (सुनपत्थरीनाका), २१ साउन । बाढि पहिरोका कारण बाटो पूर्णरूपमा अवरुद्ध भएपछि गढवा र राजपुर गाउँपालिकामा पर्ने नाका आवतजावत ठप्प छ । वर्षायाम सुरु भएसंगै देउखुरीबाट नाका जोड्न खोलीएको बाटाका ट्र¥याक वर्षायामको बाढी पहिराका कारण बाटो अवरुद्ध भएपछि बन्द छन् । राजपुरको माररीखोला देखि पटौली, जंग्रहवा देखि खांग्रा र सुनपत्री खोला देखि सुन्पत्थरीनाका जोड्ने बाटाका ट्र¥याक वर्षायामको बाढि पहिरोले पूर्णरूपमा बाटो बन्द छ, जस्ले गर्दा आवतजावत ठप्प भएपछि विभिन्न समस्या सृजना हुन थालेको हो । दाङको सिमा क्षेत्रमा आवतजावतको लागि गतिलो बाटो नुहदा वर्षाैदेखि विभिन्न पिडा झेल्दै आएको राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका निवासी श्याम झाँक्रिले गुनासो पोख्नुभयो ।

‘नाका देखि देउखुरी झर्ने बाटाघाटा नत राम्रा छन् । भएको गोरेटो बाटो पनि यो वर्षायाममा आउने बाढि पहिरोले विगारेर धोजाभोजा बनाएको छ । राजपुर गाउँपालिकाले खोलेका नाका जोड्ने ट्र¥याक बाढि पहिरोका कारण अवरुद्ध र हिलाम्मे छ । आवतजावतमा निकै समस्या छ । आफ्नै नेपाल प्रवेश गर्न पनि बाटाघाटा छैन हामी नाकालीलाई ।’ ‘नाकालाई राजमार्गसंग जोड्छौ हामीलाई भोट दिनु होला भन्ने प्रतिवद्वता नारामै सिमित भयो स्थानीय सरकारको । चुनावको बेला बाटाघाटा बनाउछौ, नाकाको विकास गर्छौ भन्ने स्थानीय सरकार कहाँ छ आज भोली ? ति जनप्रतिनिधिहरु क्हा हराए, भौवानाका निवासी श्याम झाक्रिले प्रश्न गर्नुभयो ।’

दाङमा भारतसंग जोडिएको सिमा क्षेत्रमा ३४ वटा नाकाहरू छन् । जसमध्य पूर्वको अर्नानाका देखि पश्चिम भौवानाका सम्म ९० किलोमिटरको दुरि रहेको छ । करिव दश हजार जनसंख्या रहेको भारतसंग जोडिएको सिमा क्षेत्रमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आए पनि नाका क्षेत्रलाई विकासले छुन नसकेको राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका निवासी हेमराज गिरीले बताउनुभयो ।

उहाँले भन्नुभयो,– ‘हामिले दैनिक उपभोग गर्ने सामाग्री लिनको लागि भारत जानू पथ्यो । नुन देखि सुनसम्म किन्नको लागि नेपाल जाने बाटो छैन त्यसकारण हामी भारत जानू पर्ने बाध्यता छ । यहि बाध्यतालाई अन्त्य गर्छाै भन्दै, चुनाव ताका भोट माग्न नेताहरू नाका आए तर, हाम्रो समस्या जहाको त्यही रहयो । हामीलाई गुम्राहमा पारियो । नेपाल सरकारले लकडाउन त खुकुलो बनायो तर, नाकामा गतिलो बाटो नहुदा दैनिक उपभोग सामाग्री र स्वास्थ्य उपचार देखि लिएर अन्य सेवा लिन कहाँ जाने हामी ?’

दुर्गम, पिछडिएको राजपुर गाउँपालिकालाई समृद्ध पालिका बनाउने प्रतिवद्वता जनाइएको पर्चा पम्पिलेट बोकेर भोट माग्नको लागि चुनावमा नाका केन्द्रीत भए नेताहरू । तर केन्द्रीय, प्रदेश र स्थानीय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिले नाकामा शुद्ध खानेपानी पु¥याउन नसकेको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाका निवासी टंक विकले बताउनुभयो । उहाँले भन्नुभयो,(। ‘नाकामा खानेपानी निकै समस्या छ । माथि लास जलाउदै हुन्छन्, तल लास जलाएको अंकार पन्छाएर खोलाको पानी पिउन बाध्य छौँ हामी नाकालीहरू । खोलामा बाढि पहिरो आयो भने आकासे पानी संचय गरेर पिउनु पर्ने बाध्यता पनि छ । नाकामा गतिलो बाटो नहुदा नाका जोड्न खोलीएका बाटाघाट वर्षायाममा पुरै हिलाम्मे हुन्छन् ।’

यता लकडाउनको बेला दुई चार दिन नाकामा चामल पठाएर नाकाको सबै समस्या अन्त्य नहुने भन्दै, नाका जोड्ने बाटाघाटाहरू तुरुन्तै मर्मत तथा निर्माण गर्न गाउँपालिका गम्भीरतापूर्वक लाग्नुपर्ने राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाका निवासी पूर्ण रोकाले बताउनुभयो । ‘कोरोना भाइरसबाट बच्नको लागि नेपाल सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन खुकुलो त बनायो तर, खुकुलो बजार क्षेत्रको लागि मात्रै सिमित भयो । हामीले दैनिक उपभोग गर्ने सामाग्री लिन कहाँ जाने, खै हामीलाई बाटो । भारत जाउ सिमा क्षेत्र सिलका साथै रोग छ, नेपाल जाने बाटो छैन । तीन महिना भयो, नाकामा गुम्राहमा परेको ।’

आज मान्छे यत्रो महामारिमा आफ्नो देशको रासन सम्म खानाबाट बाँचित छ । यो भन्दा बिजोक के हुनसक्छ, यो विषयलाई चासोको रूपमा लिएर सरकारले तुरुन्तै गम्भीरतापूर्वक सिमा क्षेत्रमा रासन पु¥याउने र बाटाघाट निर्माण गर्ने आवश्यक रहेको राजपुर गाउँपालिका सामाजिक अभियन्ता भिम वलिले बताउनुभयो । उहाँले भन्नुभयो,(। ‘भारतसँग जोडिएका नाका क्षेत्रको लागि प्रदेश सरकारबाट केहि पहल भएन । केन्द्रीय सरकारले पनि यस विषयमा कुनै चासो देखाएन ।’ यता राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले स्थानीय पालिकाको बजेटले मात्रै नभ्याउने भएको हुनाले प्रदेश र केन्द्रीय सरकारसंग सहकार्य गरि नाकामा बाटो पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो,– ‘पालिकाको बजेटले भ्याएसम्म नाका जोड्ने ट्र¥याक हामिले खोलेका छौ । अब पक्किबाटो निर्माणको लागि केन्द्र र प्रदेश सरकारसंग समन्वय गरिरहेका छौँ ।’

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *