नेपाल जेसिज क्षेत्र “घ” सम्मेलनमा दाङकी जेसी भिमा डिसी उत्कृष्ट महासचिव घोषित

चेतना अनलाइन

महेन्द्रनगरमा सम्पन्न नेपाल जेसिज वर्ष २०२५ को क्षेत्र “घ” सम्मेलनमा दाङ महिला जेसिजकी महासचिव जेसी भिमा डिसीलाई उत्कृष्ट महासचिवको रूपमा सम्मान गरिएको छ ।

नेपाल जेसिजको आयोजनामा तथा महेन्द्रनगर जेसिजको आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनमा एरिया “डी” अन्तर्गत रहेका ५८ वटा शाखामध्ये उत्कृष्ट प्रदर्शन गरेबापत डिसीलाई पुरस्कृत गरिएको हो ।

सक्रिय नेतृत्व, संगठनप्रतिको समर्पण र प्रभावकारी व्यवस्थापनका कारण जेसी भिमा डिसीले यो सम्मान प्राप्त गर्न सफल भएको बताइएको छ । सम्मानले दाङ महिला जेसिज र सम्पूर्ण क्षेत्र “डी” का सदस्यहरूमा थप उत्साह र प्रेरणा जागृत भएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *