घाेराहीमा रिगाँउ लाउन्ज बार, काठमाण्डाैंकै स्तरमा सेवा

दाङमा पछिल्लो समय शहरीकरण तीब्ररूपमा बढीरहेकाे छफ। हाेटल व्यवसाय क्षेत्रमा पनि लगानी बढीरहेकाे छ ।
अहिले घाेराही, तुलसीपुर, लमही, भालुबाङ लगायतका क्षेत्रमा हाेटेल, रेष्टुरेन्ट तथा बारहरू खुलिरहेका छन् ।

यसै क्रममा घाेराहीकाे उमेश मार्ग स्थित नबिल बैंक बसेकाे घरमा रिगाँउ लाउन्ज बार सञ्चालनमा आएको छ ।
घोराही १५ शहिद उमेशमार्गमा नविल बैंक रहेको भवनको माथिल्लो तलामा सञ्चालनमा आएको रिगाँउ लाउन्ज बारको शुक्रवार एक औपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको हो ।

मामा भान्जा नाता पर्ने घोराहीका प्रकाश पुन र धर्म जिएमको ५० लाख बढी संयुक्त लगानीमा रिगाँउ लाउन्ज बार सञ्चालनमा ल्याउनुभएकाे हो । बारमा नेपाली, चाइनिज र इण्डियन परिकार पाउन सकिन्छ ।
प्रत्यक दिन बेलुकी भ्वाइस अफ नेपालमा टप नाइनमा पर्न सफल  उर्मिला कुसुण्डा लगायतका कलाकारले ६ देखि १० बजे सम्म लाइभ प्रस्तुति दिने छिन् ।

कलाकारहरूकाे प्रस्तुमा सेवाग्राहीले नृत्य गर्दै रमाइलो गर्न पाउने छन् । बारकाे भित्र पट्टी प्रशस्त सुरक्षित पार्किङकाे व्यवस्था गरिएकाे सञ्चालक प्रकाश पुनले जानकारी दिनुभयाे । “हाम्रो बारमा छिर्दा काठामाण्डाैंकै झल्काे आउँछ,” उहाँले भन्नुभयाे, “हामीले सर्वसुलभ दरमा खानाका परिकारहरू खुवाउछाैं ।”
बिहान ११ बजे देखि नै परिवारसहित शान्त वातावरणमा रेष्टूराकाे स्वाद लिन सकिने पुनल जानकारी दिनुभयाे । बारमा एउटा बर्थ डे हल, एउटा मिटिङ हल र एउटा स्पेसल हल पनि रहेकाे पुनले जानकारी दिनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *