प्रधानसेनापति शर्माले भेट भारतका रक्षा मन्त्री, विदेश मन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकार

काठमाण्डाै । भारतकाे औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति महारथी प्रभुराम शर्माले विभिन्न भारतीय पदाधीकारीसँग भेट गर्नुभएकाे छ । प्रधानसेनापति शर्माले आज बिहीवार भारतका रक्षा मन्त्री राजनाथ सिंह, विदेश मन्त्री डा. एस. जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको छ ।

शिष्टाचार भेटपछि आज नै प्रधानसेनापति महारथी शर्माले नयाँ दिल्लीमा रहेकाे नेशनल डिफेन्स कलेजको भ्रमणसमेत गर्नु भएको थियो । उहाँलाई त्यस अवसरमा कलेजको ‘वाल अफ अनर’ बाट सम्मानित गरिएको थियो । प्रधानसेनापति शर्मा याे सम्मान प्राप्त गर्ने पहिलो व्यक्ति हुनुहुन्छ ।

यो सम्मान आफ्नो क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने यस कलेजका अल्मुनीहरूलाई मात्र दिइने गरिन्छ । महारथी शर्माले सन् २०१३ मा यस कलेजबाट नेशनल डिफेन्स काेर्स (एनडीसी) गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *