प्रतिष्ठामा अत्याधिक बढे विरामी, शैँया अभाव

दाङ,२० असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक वर्ष २०८१/०८२ मा उपचार गर्न आउने विरामीको संख्या ह्वात्तै बढेको छ । प्रतिष्ठानको वहीरंग र अन्तरंग गरेर २ लाख १८ हजार ७९ जना विरामीले चालु आवमा सेवा लिएका हुन् ।

जसअनुसार वहिरंग सेवा २ लाख ४ हजार १ सय जना र अन्तरंग सेवा १३ हजार ९ सय ७९ जनाले लिएका छन् । प्रतिष्ठानले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०/०८१ मा वहीरंग र अन्तरंग १ लाख ७६ हजार ९ सय ७४ जना विरामीले सेवा लिएका छन् । जसमा वहिरंग सेवा १ लाख ६८ हजार ५ सय २२ जना र अन्तरंग सेवा ८ हजार ४ सय ५२ जना विरामीले पाएका छन् ।

त्यस्तै आर्थिक बर्ष २०७९/८० मा वहिरंग र अन्तरंग गरेर १ लाख ६० हजार ६ सय ५८ जना विरामीले सेवा पाएका छन् । जसमा वहिरंग सेवा १ लाख ५३ हजार ५ सय र अन्तरंग सेवा ७ हजार १ सय ५८ जना विरामीले उपचार सेवा प्राप्त गरेको प्रतिष्ठानका सुचना अधिकृत निशानदाजु भट्टराइले जानकारी दिए ।

प्रतिष्ठानका रजिष्ट्रार प्रा‍. श्याम लम्सालले प्रतिष्ठानमा विशेषज्ञ सेवा र अत्याधुनिक उपकरणहरु थपिदै गएपछि सेवा विस्तार हुँदै गएको बताएका छन् । उनले प्रतिष्ठानलाई पश्चिम नेपालकै स्वास्थ्य क्षेत्रको हव बनाउने गरी अघि बढेको भन्दै यसको विकास र विस्तारमा सामुहिकरुपमा पहल र आवश्यक्ता रहेको औल्याए ।

रजिष्ट्रार लम्सालले दिएको जानकारी अनुसार प्रतिष्ठानले गएको आर्थिक वर्षदेखी न्युरो सर्जरी सेवा सेवा सुरु गरेको, आगामी मंसिर महीनाभित्र क्याथ्ल्याव सेवा सुचारु गरी मुटु रोग उपचार सुरु गर्ने, युरोलोजि र युरो सर्जरी सेवा सुचारु रहेको छ । त्यस्तै उनका अनुसार ४ सय शैया अस्पताल यसै आवमा निर्माण शुरु हुने, सामुदायीक सेवा अन्तरगत रोल्पाको होलेरी र त्रिवेणिमा सेवा सुरु गरेको र एमविविएस कार्यक्रम सहजरुपमा सञ्चालनमा रहेको छ । प्रतिष्ठानमा हाल ३ सय २० वेड चालु अवस्थामा रहेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *