पर्यटकको मुख्य आकर्षक केन्द्र ‘जखेरा ताल’

दाङ, २४ साउन । चुरे पहाडको फेदमा रहेको दाङको लमही नगरपालिका–५ मा पर्ने जखेरा ताल अहिले पर्यटकको मुख्य आकर्षक केन्द्र बन्न पुगेको छ । पूर्व तथा पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिटिक्क परेको मुसुण्डी गाउँ तथा उतरतर्फ चुरे पहाड र सो पहाडको फेदको बीचमा पर्ने जखेरा तालको मनमोहक दृश्यले यतिखेर सबैलाई नै लोभ्याउने गरेको छ ।

कोरोनाको समयमा सुनसान रहेको उक्त तालमा अहिले वर्षात्को समयमा पनि चहलपहल बढेको छ । विशेष गरेर बिदाको दिनमा ताल घुम्न आउनेको सङ्ख्या बढी हुने गरेको छ । अहिले उक्त ताल अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानको लागि वर्षात्को समयमा पनि दैनिक एक सयदेखि दुई सयको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको ताल संरक्षण समितिका कर्मचारी ओमभगत चौधरीले जानकारी दिए ।

उनका अनुसार १२ बिघा जमिन त्यहाँ रहे पनि हाल साढे पाँच बिघा क्षेत्रफलमा ताल रहेको छ । अन्य स्थानमा भने वनजङ्गल रहेको छ । उक्त तालको गहिराइ छ फिट छ । तालको उत्तरतर्फ गणेशको तथा पूर्वमा सिदेश्वर महादेवको मन्दिर छ । यसले गर्दा यहाँ आउने पर्यटकले ढुङ्गा चढेर मन्दिर दर्शन गर्ने गरेकाले पनि तालको थप आकर्षण बढेको छ । यसैगरी वनभोजस्थल, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको पनि अवलोकन गर्नेहरु पनि बढ्ने गरेका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *