सुन्दर जिल्ला अछाम

सुरेश रावल (अछाम)

सुन्दर सुदुरपश्चिम अछाम एक सौंदर्य अनि हरियाली वनजङ्गल प्रकृतिले भरिएको ठाउँ,हो। जहाँ अछाम मगलसेन् दरबार क्षेत्र ,पाँच पाण्डवको पालामा बनेको धार्मिक एवं ऐतिहासिक स्थल पञ्चदेवल रहेको छन्।भने धेरै उचाइमा अवस्थित रहेको रामारोशन ताल , बाह्र बन्ड, अठार खण्ड, साचुला जालपा देवी मंदिर , कुइँकेल मंदिर, मस्टमाडौँ मन्दिर रहेको छन्।हेर्न अनि घुम्नको लागि पर्यटकिय स्थलको रुपमा ख्याति क्षेत्रको रूपमा चिनिएको अछाम जिल्लाको पहिले भन्दा अहिले सुधार हुँदै,विकास निर्माणले तिब्र रुप लिएको देख्न सकिन्छ।

प्राय धर्मको नाममा बलि दिने हुँदा टाटा,टाढा बाट धर्मालम्वीहरु आउने गर्छन्। दुर्गम क्षेत्रको रूपमा चिनिएको अछाम, सुगमको आधारमा पान्छिदै गएको देखिन्छ।

भूगोल ,अनि हरियाली दृश्यहरुले छाएको हिमाली पाखा पखेराहरु, वनजङ्गल,नदीनाला,टार,बेसी सबै समेटिएर बनेको अछाम जिल्ला आफैमा सुन्दर छ। धेरै जात जाति, मिलेर बसेको अछाम कुनै दाग लगाउने ठाउँ देखिँदैन। ब्रह्ममण, क्षेत्री,जनजाति,दलित,आदिवासी,मिलेर रमझम,मेलापात,दशैं तिहार, मागी, मगर पर्व जस्ता अन्य पुजापाठ पनि सबै संग्लन भैइ गरेको देख्न सकिन्छ।

पहाडी भू बनावट,भएको हुँदा यस क्षेत्रमा हिउँदे खेती,गहुँ, र वर्षा याममा धान,मकै ,कोदो, फापर, तोरी,फलाउने गरिन्छ। नदी नाला हुने हुँदा,तरकारी पनि प्रसस्त मात्रामा समय अनुसार उत्पादन गर्न सकिन्छ, विशेष गरी, आलु,हरियो सागपात,काउली,टमाटर,जस्ता अनेक प्रकारका तरकारी हरू उत्पादन गर्न सकिन्छ।

अछाममा पहिले भन्दा अहिले यातायात तिर हेर्ने हो भने,मोटर बाटो पनि गाउँ गाउँमा पुगेको देख्न पाइन्छ,पहिले खच्चरलाई त्यहाँको मोटर वाहन बनाइएको थियो भने अहिले ,उपचार ,गर्ने नजिकै स्वास्थ्य सेवा उपलव्ध गराइएको छन्। टोल टोलमा गाउँघर क्लिनिक निर्माण गरिएको छन्। पठन पाठन सञ्चालनको लागि ,प्रत्येक वर्डा हरुमा प्राथमिक तह देखि ,माध्यमिक तहसम्मको अध्ययन गर्नको लागि विद्यालय निर्माण गरिएको छन्।

प्रायः जसो बाल बच्चा,महिला ,वृद्ध गरीब,अपाङ्ग, बेसहाराहरुको लागि सङ्घ संस्थाहरू मार्फत धेरै सहयोग गर्दै हातेमालो कार्यक्रम बनाएको छन्।
सुन्दर सुदुरपश्चिम आफैमा गौरवमय इतिहास बोकेको स्थान हो।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *