७० प्रतिशत विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्ने सरकारको लक्ष्य छ

 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) का प्रदेश नं ५ का उप–निर्देशक यादव सुवेदी सरकारले विद्यार्थीलाई सिक, कमाउ र तिर भन्ने मुुल उद्धेश्यका साथ प्राविधिक शिक्षा प्रदान गरिरहेको बताउनुहुन्छ  । पछिल्लो पाँच वर्षमा नेपालमा प्राविधिक शिक्षाको उल्लेख्य विकास भएको उहाँको भनाई छ । नेपालको प्राविधिक शिक्षा, जनशक्तिको अवस्था, प्राविधिक शिक्षाको गुणस्तर लगायतका विषयमा केन्द्रित भएर गणतन्त्र दैनिकका कार्यकारी सम्पादक पाण्डव शर्माले सुवेदीसँग गरेको कुराकानि ः

* प्रदेश नं ५ मा प्राविधिक शिक्षाको अवस्था कस्तो छ ?
— प्रदेश नं ५ मा कुल एक सय ७५ ओटा प्राविधिक शिक्षालयहयहरु रहेका छन् । यी मध्ये आङ्गिक शिक्षालय ९ ओटा, निजी ८८ ओटा, साझेदारी १ र सामुदायिक विद्यालयमा ७७ ओटा प्राविधिक शिक्षालय हुन् । प्रदेश नं ५ कृषि तर्फ वालि विज्ञान, पशु विज्ञान, फुुड एण्ड डेरी पढाई भइरहेको छ । त्यसैगरी इञ्जिनियरिङ तर्फ सीभील, कम्प्युटर, मेकानिकल, इलेक्टिूक, जिओमेटिूक पढाई भइरहेको छ । स्वास्थ्यतर्फ एचए, स्टाप नर्श, फार्मेशी, रेडियोग्राफी, अप्थाल्मिक, आर्युुवेदिक पढाइ भइरहेको छ । अन्यतर्फ फरेष्ट्रि र होटेल म्यानेजमेन्ट पढाइ भइरहेको छ ।

* प्राविधिक शिक्षातर्फ यहाँका विद्यार्थीहरुको आकर्षण कस्तो छ ?
— विगतको तुलनामा अहिले विद्यार्थीको अकर्षण बढेको छ । पहिले प्राविधिक बाँहेका विषयमा विद्यार्थीहरु पढ्ने गरेका थिए । अहिले एसइइ उत्र्तीण गरेलगत्तै विद्यार्थीहरु प्राविधिक शिक्षा पढ्न चाहन्छन् । विगतमा हाम्रो प्रदेशमा प्राविधिक शिक्षालयहरु निकै कम थिए । प्राविधिक विषय पढ्नका लागि विद्यार्थीहरु राजधानि जानुपर्ने वाध्यता थियो । तर, अहिले विद्यार्थीको घरआँगनमै प्राविधिक शिक्षालयहरु खुलेका छन् । यही कारणले गर्दा विद्यार्थीहरु अझ बढी प्राविधिक शिक्षातर्फ अर्कषित भएका हुन् । विद्यार्थीहरुले आफ्नो रुची अनुुसारको विषय पढ्न पाउने अवसर पाएका छन् । अभिभावकहरु पनि आफ्ना सन्तानलाई प्राविधिक शिक्षा पढाएर रोजगार तथा स्वरोजगार बनाउन चाहन्छन् ।

* प्राविधिक शिक्षालयहरुमा विद्यार्थीको आर्कषण त देखिएको छ भन्नुुभयो । प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थीहरुको अवस्था कस्तो छ ?
— सामान्यतया सीटीइभीटीको तथ्यांक हेर्ने हो भने हाम्रा प्राविधिक शिक्षालयहरुले उत्पादन गरेका मध्ये ७० प्रतिशत विद्यार्थीहरु रोजगारमुुलक काममा लागेको देखिन्छ । यसमध्ये केही उच्च शिक्षातर्फ पनि गएका छन् । केहीले आफ्नै घरमा आयमुुलक काम गरिरहेका छन् । अन्य विषय जस्तो प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई वेरोजगार बस्नुपरेको छैन ।

* हाम्रा प्राविधिक शिक्षालयहरुले सैद्धान्तिक ज्ञान त दिएका छन् तर, अझै प्रयोगात्मक हुन सकेन भन्ने गुनासो छ नि ?
— प्राविधिक शिक्षालयमा हामीले मुख्य गरेर सैद्धान्तिक ज्ञान मात्रै दिदैनौं । हाम्रो मुख्य उद्देश्य भनेकै प्राविधिक ज्ञान दिनुहो । त्यसैले हामीले प्रयोगात्मक ज्ञानलाई बढी जोड दिएका छन् । मुख्य गरेर पाठ्यक्रममै ६० प्रतिशत प्रयोगात्मक र ४० प्रतिशत सैद्धान्तिक हुने भएकाले स्वभाविक रुपमा व्यवहारिक सीप बढी सिकाइन्छ ।

* नेपालको प्राविधिक शिक्षा महंगो भयो भन्ने गुनासो छ । के गरिबहरुले प्राविधिक शिक्षा पढ्न नपाउने नै हुन त ?
— प्राविधिक शिक्षालयले महंगो भन्ने कुरा हो । किन की हाम्रा आङ्गिक तथा सामुदायिक विद्यालयहरुले सर्वसुुलभ रुपमा सहुलियतपूर्ण शूल्कमा प्राविधिक शिक्षा प्रदान गरिरेहेका छन् । हाम्रा विद्यार्थीहरुले आफ्नै घरआँगनमा बसेर सर्वसुलभ ढंगले प्राविधिक शिक्षा हासिल गर्न पाइरहेका छन् । यदी सरकारले प्राविधिक शिक्षालयहरुलाई अनुदान दिइरहेको छ । त्यसले गर्दा शिक्षालयहरुले पनि त्यसैलाई आधार बनाएर सस्तो सुलभ ढंगले विद्यार्थीहरुलाई पढाउनुपर्छ । सरकारले निश्चिन शुुल्क निर्धारण गरेर गरिव विपन्न समुदायका छोराछोरीले सजिलै पढ्न पाउने व्यवस्था मिलाउन आवश्यक छ । आर्थिक अवस्था कमजोर भएकाहरुको पँहुचमा प्राविधिक शिक्षा पुु¥याउनका लागि सरकारले विशेष योजना ल्याउन जरुरी छ । स्थानीयस्तरबाट पनि त्यसका लागि प्रयत्न गनुुपर्छ ।

* प्राविधिक शिक्षालय हासिल गर्न चाहने गरिव, विपन्न, दलित तथा पीछडावर्गका विद्यार्थीहरुलाई छात्रवृत्तिको अवस्था कस्तो छ ?
— प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद्ले गरिव, विपन्न, दलित, मुस्लिम, कमैया, हलिया, महिला, जनजाति, भूूकम्प पीडित, द्धन्द्धप्रभावित व्यक्तिहरुका लागि निशुल्क शिक्षाको व्यवस्था गरेको छ । साथै सिटिइभिटिले हरेक शिक्षालयहरुमा कुल विद्यार्थीको १० प्रतिशत वर्गीकृत छात्रवृत्ति र एक जना मेरिटका आधारमा निशुल्क पढ्ने व्यवस्था मिलाएको छ । एउटा कक्षा कुल ४० जना विद्यार्थी हुन्छन् । त्यसको १० प्रतिशत ४ जनाले पूर्ण रुपमा निशुल्क पढ्न पाइरहेका छन् । अझ यसलाई बढाउनका राज्यले विशेष पहल गर्न सक्छ ।

* छात्रवृत्तिको कुरा त उठाउनुुभयो तर, यहाँका निजी प्राविधिक शिक्षालयहरुले सरकारले घोषणा गरे अनुसाराको छात्रवृत्ति पार्दशि ढंगले प्रदान गरेका छैनन् भन्ने सुनिन्छ । यस विषयमा तपाईहरुको ध्यान नपुुगेको हो ?
— विगतमा यस्ता समस्याहरु थियो । तर, विद्यार्थीबाट गुनासो आउन थालेपछि अहिले सरकारले छात्रवृत्तिको तथ्यांक व्यवस्थित गरेको छ । अब सबै निजी प्राविधिक शिक्षालयहरुले पनि अनिवार्यरुपमा छात्रवृत्तिको विवरण अनलाइनबाट फर्म भर्नुपर्ने व्यवस्था गरिएको छ । यसको नतिजा पनि प्रदेश तहबाट गरी सम्बन्धित शिक्षालयहरुमा सिफारिस गरि पठाउने व्यवस्था मिलाइएकाले तपाईले भनेको जस्तो समस्या छैन ।

* तपाई लामो समय देखि प्राविधिक शिक्षाको क्षेत्रमा काम गर्दै आउनुुभएको छ । नेपालमा अहिले प्राविधिक शिक्षाको अवस्था कस्तो पाउनुुभएको छ ?
— नेपालमा अहिले प्राविधिक शिक्षाको विस्तार निकै राम्रो भएको छ । अहिले मुलुकभर कुल एक हजार ३४ प्राविधिक शिक्षालयहरु छन् । पाँच वर्ष पहिले तीन सयको हारहारिमा प्राविधिक शिक्षालयहरु थिए । अहिले सरकारले मुलुकका सबै स्थानीयत तहहरुमा प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य लिएको छ । हाल सम्म ६ सय भन्दा बढी स्थानीय तहमा प्राविधिक शिक्षालयहरु स्थापना भइसकेका छन् । नेपालमा अहिलेसम्म सबै प्राविधिक शिक्षालयहरुको संख्या एक हजार ३४ पुुगेको छ । अबको केही वर्ष भित्र मुलुकका सबै स्थानीय तहसम्म प्राविधिक शिक्षाको पँहुच विस्तार हुने छ ।

* संख्यात्मक रुपमा त प्राविधिक शिक्षालयहको निकै विकास भएको पाइयो तर, गुणस्तरको दृष्टिकोणले यी प्राविधिक शिक्षालयहरुको अवस्था कस्तो छ ?
— हामीले प्राविधिक शिक्षाको संख्यात्मक विस्तारसँगै त्यसको गुणस्तरमा विशेष ध्यान दिएका छौं । हामी गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न चाहन्छौं । हामी हाम्रा उत्पादनहरुलाई सजिलैसँग रोजगारीको बजारमा उपलब्ध गराउनका लागि गुुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौं । हामी हाम्रा विद्यार्थीलाई सिक, कमाउ र तिर भन्ने मुुल उद्धेश्यका साथ प्राविधिक शिक्षा प्रदान गरिरहेका छौं ।

* अहिले नेपालमा वार्षिक कति विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गर्ने अवसर पाउँछन् ?
— नेपालमा अहिले सिटिइभिटिमा वार्षिक ७४ हजार ८ सय ६३ जना विद्यार्थीहरुको भर्ना क्षमता रहेको छ । तर, सरकारले अब शिक्षालयको विस्तारसँगै विद्यार्थी क्षमता बढाउन खोजिरहेको छ । आगामी दिनमा एसइइ उत्र्तिण गरेका मध्ये ७० प्रतिशत जति विद्यार्थीहरुलाई प्राविधिक शिक्षा प्रदान गर्ने सरकारको लक्ष्य रहेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *