सिद्ध रत्ननाथ क्याम्पसलाई यस क्षेत्रकै नमुना बनाउन चान्छाैं

दीपक लामिछाने
क्याम्पस प्रमुख
सिद्ध रत्ननाथ क्याम्पस नारायणपुर, दाङ

 

सिद्ध रत्ननाथ क्याम्पसमा अहिले कुन कुन विषयको अध्यापन भइरहेको छ ?

हाम्रो क्याम्पस २०६९ सालमा स्थापना भएको हो। नारायणपुर क्षेत्र घोराही उपमहानगरपालिकाभित्र भए पनि एउटा छुट्टै बजार भएको क्षेत्र हो। साविकका ढिकपुर, नारायणपुर, हापुर गाविस मिलेर विगतमा यो त्रिपुर नगरपालिका थियो। पछि उपमहानगरपालिका हुँदा यो घोराही उपमहानगर बन्न गयो।

यसक्षेत्रका विद्यार्थीहरुलाई घर आँगनमै स्नातक तहको डिग्री हासिल गर्न सजिलो होस् भनेर यस क्षेत्रका नागरिक अगुवा, राजनीतिक दल, उद्योगी व्यवसायी, शिक्षाप्रेमी र आमसर्वसाधारणको पहलमा यो क्याम्पस स्थापना भयो। अहिले यस क्याम्पसमा स्नातक तहमा शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकायको अध्यापन भइरहेको छ।

क्याम्पसमा विद्यार्थी संख्याको अवस्था कस्तो छ ?

खासमा पछिल्लो समय नेपालमा उच्च शिक्ष अध्ययन गर्ने विद्यार्थीहरुको संख्या घटिरहेको छ। यसको प्रमुख कारण भनेको प्लस टूपछि आम विद्यार्थीहरु विदेश जाने प्रचलन बढेको छ। अको कुरा धेरै विद्यार्थीहरु प्राविधिक तथा आधुनिक विषयतर्फ आर्कषित भएका छन् । तर, सिद्ध रत्ननाथमा विद्यार्थी संख्या बढ्दो अवस्थामा छ ।

यो खुसीको कुरा हो । स्थापनाकालमा स्नातक तह प्रथम वर्षमा ७८ जना विद्यार्थी भर्ना भएका थियो । अहिले स्नातक तह प्रथम वर्षमा ४ सय १३ जना विद्यार्थी भनां भएका छन् । यसवर्ष देखि संकाय थप भएका कारण पनि विद्यार्थी संख्या बढेको हो। यस वर्षदेखि हामीले व्यवस्थापन संकायको पनि पढाई शुरु गरेका छौं ।

तपाईहरु सामुदायीकरुपमा यस क्याम्पस गरिरहनुभएको
सामुदायिक क्याम्पस सञ्चालनका चुनौतिहरु के-के हुन् ?

सामुदायिक क्याम्पसहरुको सञ्चालन समुदायको अग्रसरतामा भएको हुन्छ। हामीहरु अहिलेसम्म चलेको भनेकै समुदायको माया, साथ र सहयोगले हो। सरकारी क्याम्पसहरु सञ्चालन, जनशक्ति व्यवस्थापन र भौतिक पूर्वाधार निर्माणमा राज्यले निकै ध्यान दिएको हुन्छ। तर, सामुदायिक क्याम्पसमा भौतिक पूर्वाधार निर्माण बाहेक अन्य क्याम्पस सञ्चालन र नशक्ति व्यवस्थापनमा राज्यले लगानी गरेको हुँदैन ।

यसले गर्दा हामीलाई आर्थिक स्रोत व्यवस्थापनमा निकै कठिन भएको हुन्छ। क्याम्पस सञ्चालनकै लागि हामीले विद्यार्थीहरुवाट केही शुल्क लिएका हुन्छौ। तर, त्यो न्यून शुल्कले जनशक्ति व्यवस्थापन गर्न निकै कठिन भइरहेको हुन्छ। लामो समयसम्म क्याम्पसमा योगदान गर्नुभएका प्राध्यापक तथा कर्मचारी साथीहरुको भविष्यको कुनै ग्यारेन्टी हुँदैन। यसले गर्दा हामीलाई पनि खिन्न महसुस बनाएको छ। कमसेकम राज्यले उच्च शिक्षा प्रदान गर्ने क्याम्पसहरुको जनशक्तिको उचित व्यवस्थापन गरेको खण्डमा राम्रो हुने थियो भन्ने हाम्रो अपेक्षा रहेको छ ।

 

पछिल्लो समय व्यवस्थापन संकाय र अन्य क्षेत्रमा पनि आधुनि विषयहरुको आकर्षण बढेको देखिन्छ। तपाईंहरुको त्यसतर्फ केही ध्यान गएको छ ?

अवश्य पनि हामीले समयसापेक्षा शिक्षा प्रदान गर्नुपर्दछ। हाम्रो मुलुकलाई जस्तो जनशक्ति चाहिएको हो। त्यहीअनुरुप हाम्रा क्याम्पसहरुले शिक्षा प्रदान गर्नुपर्दछ। त्यही कुरालाई ध्यान दिएर हामीले शुरुमा शिक्ष शास्त्र संकाय मात्र सञ्चालन गरेकोमा यस वर्षबाट व्यवस्थापन संकाय पनि शुरु गरेका छौ।

क्याम्पसमा हामीले स्नातक तहमा वन विज्ञान विषय अध्यापन गर्नका लागि पहल गरिरहेका छौं। सम्भाव्यता अध्यनन र सम्पूर्ण प्रकृया पूरा गरेर हामी सम्बन्धनका पखांइमा रहेका छौं। आगामी दिनमा आइटी तथा अन्य आधुनिक विषय अध्यापनका लागि हामीले पहल गरिरहेका छौ।

तपाई एकजना उर्जावान युवा। जो एउटा सामुदायिक क्याम्पसको प्रमुख भएर काम गरिरहनुभएको छ । तपाईको विचारमा अहिलेको सन्दर्भमा नेपालको शिक्षा कस्तो हुनुपर्छ ?

अहिले हामा विश्वविद्यालयहरुमा बेरोजगार उत्पादन गर्ने कारखाना मात्रै भए भनेर आरोपल लाग्ने गरेको छ। यसमा केही हदसम्म सत्यता पनि छ। अव हामीले हाम्रा विद्यार्थीहरुलाई जीवनउपयोगी शिक्षा प्रदान गर्नुपर्छ। कमसेकम विश्वविद्यालयको प्रमाणपत्र प्राप्त गरेको देखि देखि रोजगारीमा या उद्यममा जोडिने वातावरण निर्माण गर्नुपर्छ। त्यसका लागि सवैभन्दा पहिले राज्यले कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हो भनेर अध्ययन गर्नुपर्दछ। त्यस अनुसार जनशक्ति उत्पादनमा राज्यले ध्यान दिनुपर्छ ।

यस क्याम्पसको थप विकासका लागि कसले के गर्नुपर्ला ?

हाम्रो क्याम्पस समुदायकै पहलमा स्थापना भएको सामुदायिक क्याम्पस हो। हामी पनि यही समुदायको सम्पत्ति हो । समुदायको सहयोग विना हामीले मात्र केही गर्न सक्दैनौं । अहिलेसम्म हामीलाई यस क्षेत्रका सबै राजनीतिक दल, नागरिसक समाज, शिक्षाप्रेमी, उद्योगी व्यवसायी, चन्दादाता, अन्य सरोकारवाला निकाय र आम जनताको ठूलो सहयोग रहेको छ ।

हामीले यो क्याम्पसलाई यस क्षेत्रकै नमुना क्याम्पसको रुपमा स्थापित गर्न खोजेका छौं। सबैको सहयोग बिना यो सम्भव हुने कुरा होइन । हामीले भौतिक पूर्वाधार विकासका लागि थप पहल गरिरहेका छौं । त्यसैगरी नयाँ कार्यक्रमहरु थप गर्ने लक्ष्य रहेको छ। यी सबै कामका लागि सम्पूर्ण महानुभावहरुले सहयोग गर्नुहुने छ भन्ने अपेक्षा लिएका छौं ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *