सामुदायिक विद्यालय सुधार गर्न सरकार, शिक्षक र अभिभावकबिच सहकार्य आवश्यक : मावि सौडियारका विव्यस अध्यक्ष भट्टराई

निशानदाजु भट्टराई
अध्यक्ष
मावि सौडियार दाङ

 

तपाईंलाई स्वागत छ ?

धन्यवाद । मलाई यो अवसर दिनु भएकोमा तपाई लगायत अनलाइन र पत्रिका परिवारलाई धन्यवाद दिन चाहन्छु ।

आजभोलि तपाई के गर्दै हुनुहुन्छ ?

आजभोलि पत्रकारितासँगै सामाजिक कार्यमा संलग्न छु । भर्खरै मात्रै तत्कालीन सौडियार गाविस हाल घोराही ७ सौडियारको पुरानो र जेठो सामुदायिक उच्च माध्यमिक विद्यालयको मावि सौडियारको अध्यक्षको जिम्मेवारी सम्हालेको छु । पत्रकारिताको नियमित कर्म त छ दै छ । त्यससँगै सामाजिक कार्यमा नै अलि बढि व्यस्त नै छु । विभिन्न सामाजिक अभियानहरूमा सकृयताका साथ लागि परेको छु ।

तपाई पढेको विद्यालय पनि भएका नाताले सामुदायिक विद्यालयमा तपाई जिम्मेवारी लिएर प्रवेश गर्दा केरकस्ता चुनौति देख्नु भएको छ ?

तपाईंले भने जस्तै मावि सौडियारवाट मैले कक्षा १ देखी १० सम्मको अध्ययन त्यहाँ गरेको हुँ । मैले सोही विद्यालयबाट २०६५ सालमा एसएलसी पास गरे । हामिले पढ्दा खेरि त्यहाँ १२ देखी १५ सय विद्यार्थीहरू अध्ययन गर्नुहुन्थ्यो । आज विभिन्न कालखण्ड पार गर्दै गर्दा हामिले पढ्ने विद्यालयमा एकदमै सङ्कटमा गुज्रिरहेको छ । अहिले उक्त स्कुल शैक्षिक गुणस्तर धान्नै पर्ने जोखिममा छ । किनकि समुदायले सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण नै फरक छ । सामुदायिक विद्यालयमा बढि राजनीति हुन्छ, त्यहाँ पढाई हुँदैन भन्ने समाजका अगुवाहरुमा छाप बसेको छ । केही गरीब, निमुखा अभिभावकहरू, जो बोर्डिङ स्कुलमा पढाउन सक्दैनन्, त्यस्ता निम्न आयस्तर भएका अभिभावक वाध्य भएर सामुदायिक विद्यालयमा भर्ना गरिरहेका छन् । ति विद्यार्थीहरूको सिकाइस्तर पनि त्यति धेरै राम्रो छैन । किनभने अशिक्षित, गरीब, निमुखा अभिभावकहरू आफ्ना बालबालिकाको पढाईप्रति सचेत छैनन् । चासो र चिन्ता पनि राख्दैनन् ।

विद्यालयमा कार्यरत स्थायी प्रकृतिका शिक्षकहरू आफ्ना छोराछोरी आफूले पढाउने विद्यालयमा भर्ना गर्नुहुँदैन । उहाँहरूका छोराछोरी ठुल्ठुला निजी बोर्डिङमा हाल्नुहुन्छ । अनि शैक्षिक कुरा गर्दा समुदायका सचेत मानिसहरू स्थायी शिक्षकहरूका कुरा त्यति धेरै विश्वास मान्नुहुँदैन । किनभने जो शिक्षकले आफ्ना वाल बच्चा पढाउनु हुँदैन, त्यहाँलाई नैतिकरूपले बोल्ने साहस त हुँदैन । अझ त्यसमा पनि समाजका गन्यमान्य सचेत ब्यक्तिहरूका छोराछोरी पनि धेरैजसोले सामुदायिक विद्यालयमा पढ्दैनन् । सचेत मानिसहरू आफ्ना वाल बच्चाप्रति चिन्तित हुनु स्वाभाविक हो । त्यसैले समाजका सबैजसो समुदायका सचेत ब्यक्तिहरू सामुदायिक विद्यालय सुधार्न चासोसाथ नलाग्दासम्म विद्यालयको अवस्था त्यति तपाई हामिले सोचेजस्तो सन्तोषजनक हुँदैन ।

विद्यालयमा पढाउने शिक्षक पढाउने भन्दा ज्यादा राजनीति गर्ने, त्यसमा पनि कक्षामा नपढाउने, जागिरे मानसिकताका कारण आज सामुदायिक विद्यालयहरू एकदमै कठिन अवस्थाको सामना गरिरहेका छन् । स्थायी शिक्षकहरू आज नेताहरूलाई वोकेर आफ्नो पढाउने काममा भन्दा पार्टीका गतिविधिमा बढि सकृय देखिन्छन् । शिक्षामा राजनितिकरण नगरेर त्यसबाट टाढा राखेमा हामिले सोचअनुसार सामुदायिक विद्यालयमा शैक्षिक सुधार गर्न सक्छौ । उमेर पार गरेका शिक्षकहरुमा नयाँ जोस जागर नहुदाँ पनि समस्या देखिएको छ । चलेकै छ, किन नयाँ विधि अवलम्बन गर्ने भन्ने खालका उहाँहरूबाट अभिव्यक्त हुन्छन् ।

स्वाभाविकरुपमा नेपालि मिडियमवाट पढाइ रहेका शिक्षकहरुको विगतमा र अहिले शैक्षिक क्षेत्रमा दिइरहेको योगदान अतुलनिय नै छ । तर, पनि उहाँहरुले आफुहरु नसक्ने अवस्थामा पनि जागिर धकेल्नका लागि मात्रै भएपनी र समय विताउन अध्यापन पेशामा रहदा पनि समस्या बलि बढेको छ । अहिले नयाँ आधुनिक प्रविधि शैक्षिक क्षेत्रमा भित्रिरहेको वेला पुराना शिक्षकहरुमा त्यसलाई स्विकार गरेर जाने भन्दा पनि कामचलाउ प्रबृत्तिको भावना मात्रै विकास हुँदा समस्या समाधान हुन सकिरहेका छैनन् । सामुदायिक विद्यालयमा चलिरहेको नेपालि मिडियमा त्यति धेरै शसक्त देखीदैनन् । प्रावि तहमा दरवन्ति पर्याप्त भएपनि त्यो अनुसारको नतिजा छैन् ।

अग्रेजि मिडियम भर्खरै सुरु गर्नु भएको छ, कस्तो चलिरहेको छ ?

हामि नेतृत्वमा आएपछि प्ले गु्रपदेखी नै कक्षा ५ सम्म अग्रेजि मिडियम चलाउन खोजेका छौ । खासगरी नेपालि मिडियममा पनि विद्यार्थि सख्या दिनप्रतिदिन घट्दै गएपछि यही परीस्थिती कायम रहे तल्लो तह प्रावि तहमा विद्यार्थि शुन्य हुने अवस्था आउन सक्ने देखीयो । नेपालि मिडियममा अभिभावकहरुको चाहना भएपनि त्यति धेरै गतिलो नदेखीएपछि अन्तराष्ट्रिय वोलचालको भाषा अग्रेजि मिडियममा अभिभावकहरुको अलि बढि नै मोह देखीरहेको छ । सामुदायिक विद्यालयमा पनि अहिले नयाँ युवा पुस्ताहरु छिरेका कारण केही हदसम्म नयाँ पुस्तामा इच्छाशक्ति जाग्यो भने सामुदायिक विद्यालयमा सुधार हुन्छ कि भन्ने झीनो आशा छ ।

आज शैक्षिक क्षेत्रमा तपाइहरु देखी रहनु भएको छ । कि सुगममा लामो समय गुजारेर शिक्षक त्यहीवाट रिटायर्ड हुन चाहन्छ । दुर्गममा कोही जान चाहदैनन् । सबैभन्दा प्रकृया पुर्याउनुपर्ने, झन्झटिलो सरुवा नै शिक्षकको छ । तर, सरुवा भएर आएपछि र संघ, संगठनको नेता भएपछि न पढाउनु पर्छ शिक्षकलाइ । ज्यादा नेतामुखी शिक्षकहरू हुँदा र उनिहरुले कुनै न कुनैरुपमा संरक्षण गर्दा आज सामुदायिक विद्यालयहरुमा विद्यार्थि विहिन हुदैछन् । शिक्षकको काम पढाउने हो, शिक्षक त्यसमा रमाउन चाहीरहेको छैन । आज आफैले पढाएको विद्यार्थि फेल हुँदा पनि उसमा देखावटि मात्र चिन्ता छ । भित्रैदेखी चासो नै छैन् । तल्लो तहमा भर्ना हुनका लागि विद्यार्थीहरू सामुदायिक विद्यालयमा आकर्षण नै देखीदैन् ।

आफैले पेपर बनाउने, चेक गर्दा पनि विद्यार्थि धेरै भन्दा धेरै फेल भइरहेका छन,यसमा खै त चिन्ता । कसैलाई छैन् । शिक्षकका संघ संगठन, पार्टि न पक्रने हो भने आज दुर्गममा बसेको शिक्षक नितिका कारणले म सुगममा आउन पाउछु भन्ने कल्पना गर्न सक्दैन् । अनि हामिले शैक्षिक सुधार गर्ने वहस कोरा कागज मात्रै हो । निजामति कर्मचारीहरु सरुवा भएपछि एक ठाँउवाट अर्को ठाँउ जानुहुन्छ । तर, शिक्षकको सरुवा चलाउदा यहाँ मुद्धा मामिला हुन्छ । शिक्षक त जहाँ गएपनि उसको कर्म त पढाउने नै हो । नयाँ–नयाँ सिर्जना खोज्ने पढाउने भन्ने छैन । नेताको झोला वोक्ने, अनि दुर्गमवाट सुगममा सरुवा बनाएर बस्ने एउटा शिक्षकको चाहना यति छ ।

जव तपाई आफैले पढाएको शिक्षाप्रति विश्वास नलागेर सामुदायिक विद्यालयमा नहालि बोर्डिङमा आफ्ना वालवच्चा हाल्नुहुन्छ भने त्यो सिकाई उपलब्धि गतिलो हुन्छ भन्ने कुरामा समुदायलाई कसरी विश्वासमा लिन सक्नुहुन्छ । आज सामुदायिक विद्यालयमा विश्वास जगाउने नै ठुलो चुनौति छ । एउटा विचार बनाएर जनता बसेका छन् । त्यो विचार परीवर्तन गराएर सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्ने निति नल्याएसम्म विद्यालय वन्दैनन् । मलाई लाग्दैनन कि भवनकै अभावले सामुदाकि विद्यालय बनेन, हामि भन्दा कमजोर पुर्वाधारमा आज वोर्डिङले शैक्षिक नतिजा हासिल गरिरहेका छन् ।

जवसम्म स्थायी शिक्षकहरू आत्म समिक्षा गरेर समुदायलाई फेरी पनि विश्वासमा लिएर जान नसक्दासम्म हामिले सोचेजस्तो शैक्षिक सुधार हुन सक्दैन् । गफले मात्रै सुधार हुने भए आजसम्म भइसक्थ्यो । हामिले अग्रेजि मिडीयम सुरु गरेपछि अभिावकहरु निकै उत्साहीत हुनुहुन्छ । उहाँहरु खुसि हुँदै बच्चा पनि विद्यालयमा भर्ना गरीरहनु भएको छ । सामुदायिक विद्यालयको ब्यवस्थापन समितिको अध्यक्ष भएको नाताले म पनि केही दिन भर्नाको घरदैलोमा हिडे । केही सकारात्मक कुरा आए पनि सुधार गर्नुपर्ने धेरै सल्लाह, सुझावहरु आए । स्वाभाविकरुपमा आफूले पढाउने वाल वच्चाको शैक्षिक सुधार हुने गरी चासो प्रकटलाई जायज नै मानेको छु मैले । आज सामुदायिक विद्यालयमा पढ्ने वालवालिकाका एकावित उमेर वढ्दै गएको छ, अर्कोतिर उमेर बढे अनुसार हासिल गर्नुपनेै शिक्षण सिकाई शुन्यजस्तै छ । अनि त्यो अभिभावकलाई छोरो ठुलो भैगो तर, एविसिडि आउदैन भने उसले वच्चाको चिन्ता गर्दै राम्रो पढाई हुने विद्यालयमा खाई नखाई दुख गरेर भर्ना किन नगर्ने ।

कसैको जागिर जोगाइ दिनका लागि मात्रै किन अभिभावकले बच्चा हाल्दीनु पर्ने, अनि, त्यो अवस्थामा तपाई हामिलाई राखेर हेर्नु त । त्यो अभिभावकको अपेक्षालाई सुधार गर्न तर्फ भन्दा पनि विभिन्न वहाना बनाएर टार्न खोज्ने प्रबृत्तिले सामुदायिक विद्यालय र त्यहाँ कार्यरत शिक्षकहरुले विद्यार्थि सख्या कम हुँदै जाने समस्या झेलेका छन् । अहिले मान्नुस एकाध स्थायी शिक्षक वाहेक जनस्तरवाट उहाहरुले त्यति समर्थन पाएको देखीदैन । घरदैलोमा धेरैजसो शिक्षकहरुले भन्नु पनि भयो ‘हामी पुराना शिक्षकलाई अग्रेजि मिडियममा विश्वास गर्नुहुँदैन नयाँ शिक्षकलाई अघि लैजानुपर्छ । ’ यस प्रकारको शन्देशले के दिन्छ भने हामि सच्चीन जरुरी छ। एउटा अभिभावक वरु आफु दुख गर्न तयार छ, राम्रो शिक्षा आफ्नो वाल वच्चालाई दिनका लागि । अव ढाटेपाटे कुराले चल्नेवाला छैन । हामिले आफ्ना वाल वच्चाले जसरी तहगत अनुसार शिक्ष हासिल गरोस भन्ने चाहन्छौ, ठिक त्यसैगरी नै सामुदायिक विद्यालयको शैक्षिक सिकाईस्तर सुधार्नै पर्छ । यो नेतृत्व गर्नेले बुझ्न जरुरी छ । वालवच्चाको शैक्षिक भविष्यमाथि कसैले पनि खेलवाड गर्नु हुदैन ।

पुराना शिक्षकवाट अग्रेजि मिडियम त्यति सजिलो छैन, कसरी सञ्चालन गर्नु भएको छ ?

हामिले नयाँ शिक्षक नै राखेर अग्रेजि मिडियम सुरु गरेका छौ । खासगरी अभिभावकहरू बोर्डिङमा अलि आकर्षित नै भएकाले हामिले पनि शिक्षक राख्दा पुरै बोर्डिङ आधार भएकालाई नै लिखित गराएर नै छानेर राखेका छौ ।

अहिले नजिककमा बोर्डिङमा अग्रेजि पढ्नलाई लालायित हुनु पर्दैन । बोर्डिङ जस्तै मावि सौडियारमा अग्रेजि मिडियम शिक्षा दिन हामि सक्षम छौ । हामिले राखेका शिक्षकहरू त्यो वोर्डिङकै बरावरकै शिक्षा दिन तयार छन् । हामिले शिक्षक छान्दा मुल विषय अग्रेजि, विज्ञान र गणित भएकोलाई छानेका छौ । त्यसैले हामि ढुक्कका साथ भन्न सक्छौ । अव अग्रेजि मिडीयमका लागि बोर्डिङमा भौतारीन जरुरी छैन । आज जति ठुला सामुदायिक विद्यालय बनेका छन् । सबै निजि, करारका नयाँ शिक्षकले नै मेहनत गरेर बनेका छन् ।

केही सामुदायिक विद्यालयले समयमै गति पकड्दा बने । अन्य पनि ढिलोचाडो त्यो प्रकृयामा जानै पर्छ । तर, पुराना शिक्षकहरुको पनि त्यत्तिकै योगदान छ । नयाँ ५ जना शिक्षक, त्यसमा पनि मन्टेश्वरी तालिम प्राप्त शिक्षकहरू हामिसंग उपलब्ध छन् । विना संकोच अभिभावकले विद्यार्थि दिनुहोस, तपाईका वच्चावच्चीको शैक्षिक अवस्था सुधार भएन भने त्यही नै भर्ना गरी राख्नुहोस म भन्दैन् । तर, शैक्षिक सुधार गर्न चासो र चिन्ता छ कि छैन भन्ने कुरा हामि सबैले मनन गर्नुपर्छ ।

तपाई नेतृत्वमा आएपछि केरकस्ता सुधारका प्रयासहरु भएका छन् ?

निश्चितरुपमा हामि नेतृत्वमा आएपछि केही सुधारका प्रयासहरु भएका छन् । हामि आउना साथ एकमतले अग्रेजि मिडियम चालु गर्यौ । त्यतिमात्रै होइन, कक्षा ६ देखी ९ सम्म अन्य निजी र सामुदायीक विद्यालयबाट भर्ना हुन आउने विद्यार्थिलाई प्रवेश परीक्षा लिने पनि निर्णय गरेका छौ ।

विद्यालयको शैक्षिक सुधारका निमित्त अर्को काम विद्युतिय हाजिर मेसिन पनि राखेका छौ । एकैचोटि सबै सुधार्छौ भन्दैनौ । तर, विगतमा भन्दा हामि नेतृत्वमा आएपछि फरक महसुस गराउछौ । यो हाम्रो प्रतिवद्ता हो । भौतिक पुर्वाधारका निमित्त राज्यले सहयोग गरे हामिले गुनासो गर्ने ठाँउ दिन्नौ । शैक्षिक सुधारकै निमित्त हामि विद्यालयमा प्रवेश गरेका हौ । शैक्षिक सुधारको महा अभियानमा विद्यालयका शिक्षक, कर्मचारी, समाजका अगुवा, अभिभावक सबैको सहयोग चाहीन्छ ।

यसमा सहयोग गर्नुहुनेछ भन्ने पनि विश्वास लिएका छौ । हाम्रो काममा अडिग छौ । शैक्षिक सुधारका वारेमा सबैसंग सल्लाह गरेर अघि बढ्छौ । आर्थिक स्रोत पनि जुटाएर विद्यालयलाई अघि बढाउने कुरामा हामि प्रण गर्न चाहन्छौ ।

अन्त्यमा भन्नु केही छ कि ?

हाम्रा कुरा राख्न दिनु भएकोमा अनलाइन र पत्रिका परिवारलाई धन्यवाद दिन चाहन्छु । पत्रकारीता क्षेत्रले पनि सामुदायिक विद्यालय सुधार्नका सल्लाह, सुझावसहीत खवरदारी गर्न जरुरी छ । यो अभियानमा सबैसंगै मिलेर जाऔँ । यही छ हाम्रो शुभेच्छा ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *