चेतमान घर्ती मगर
प्रिन्सिपल
सभ्यता पाठशाला घोराही, दाङ
सभ्यता पाठशाला कस्तो शैक्षिक संस्था हो ?
सभ्यता पाठशाला नयाँ शैक्षिक अवधारणाका साथ स्थापना भएको शैक्षिक संस्था हो । नेपालको शिक्षा क्षेत्रमा नयाँ खालको बहश सृजना भएको छ । हामीले नेपाली माटो सुहाउँदो अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्छ भन्ने मान्यता स्थापित गरेका छौं ।
अहिले सम्म हाम्रा शैक्षिक संस्थाहरुले परम्परागतरुमा शिक्षा प्रदान गरिरहेको अवस्था छ । हामीले हाम्रा बालबालिकाहरुको शैक्षिक विकास मात्र नभएर उनीहरुको संस्कार, सभ्यता, नैतिकता, नेपाली पन र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्छ । यहीँ लक्ष्य पुरा गर्न सभ्यता पाठशाला स्थापना भएको हो ।
हामीले हाम्रा सन्तानहरुलाई शिक्षाको साथसाथै भविष्यमा मुलुकलाई माया गर्ने राष्ट्रप्रेमी बनाउनुपर्छ । उनीहरुलाई किताबमा सीमित कुरा सिकाएर मात्र हुँदैन उनीहरुलाई बहुप्रतिभाशाली बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
तपाईहरुले कुन शिक्षण विधिबाट विद्यार्थीहरुलाई पढाई रहनुभएको छ ?
हामीले तालिम प्राप्त दक्ष र योग्य शिक्षकहरुबाट मन्टेश्वरी विधि अनुरुप अध्यापन गराईरहेका छौं । बालबालिका भनेका कुमालेको काँचो माटो जस्तै हुन् । जसलाई जस्तो बनायो उस्तै निर्माण सकिन्छ । त्यसैगरी हामीले बालबालिकाहरु अहिले जस्तो संस्कार र सभ्यता सिकायौं भविष्यमा उनीहरु त्यस्तै बन्छन् ।
हामीले बालबालिकाहरुलाई किताबि किरो मात्र बनाएर हुँदैन । उनीहरुको उमेर भनेकै उत्सुकता र कौतुहलताले भरिएको हुन्छ । तसर्थ उनीहरुलाई व्यवहारीक रुपमा आँफैले अनुभव गरेर सिक्ने प्रणालीको प्रयोग गरेका छौं । हामीले उनीहरुलाई राष्ट्रिय अन्र्तराष्ट्रिय र स्थानीय पाठ्यक्रमलाई समायोजन गरेर अध्यापन गराईरहेका छौं ।
हामीले अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नुका साथै आफ्नो माटो सुहाउँदो सीप मुलक जनशक्ति उत्पादनलाई जोड दिएका छौं । हामीले हाम्रा बच्चालाई किताबको ज्ञान मात्र नभएर समग्र जीवन पद्धतिलाई कसरी राम्रो र सभ्यतायुक्त बनाउने भनेर सिकाइरहेका छौं ।
विद्यार्थीहरुलाई अध्यापन गराउने जनशक्तिको क्षमता विकासमा के गर्नुभएको छ ?
हामीसँग रहनुभएका शिक्षकहरु पूर्णतः योग्य शिक्षक हुनुहुन्छ । उहाँहरुले आफ्नो विषयमा निकै राम्रो दख्ल राख्नुहुन्छ । हामीले उहाँहरुको शिक्षणकलालाई निखार ल्याउन र विकास गर्न विभिन्न तालिमहरुको व्यवस्था गर्दै आएका छौं ।
हामीले बीचबीचमा गेष्ट टिचरहरु ल्याएरु अनुभव आदानप्रदान गर्ने काम गरिरहेका छौं । हाम्रा सबै विषयगत शिक्षकहरु पूर्ण रुपमा योग्य र क्षमतावान हुनुहुन्छ ।
शुल्कको व्यवस्था कस्तो छ ?
हामीले जुन खालको शैक्षिक वातावरणमा शिक्षा प्रदान गरिरहेका छौं त्यस अनुरुप शुल्क निकै सस्तो छ ।
हाम्रो जस्तै स्तर या हामी भन्दा कम सुविधा दिइरहेका विद्यालयहरुले पनि हाम्रो भन्दा बढी शुल्क लिइरहेको अवस्था छ । तर, हामीले जति सक्दो अभिभावकहरुलाई सहज हुने गरी सञ्चालन खर्चमा सहज हुने गरी शुल्क निर्धाराण गरेका छौं ।
हामी हाम्रो विद्यालयमा आफ्नो सन्तानहरुलाई भर्ना गर्न चाहने अभिभावकहरुलाई एक पटक विद्यालयमा आएर हामीले प्रदान गर्ने सेवा सुविधा र शुल्कको बारेमा बुझ्न आग्रह गर्दछौं । उहाँहले विद्यालयमा आएर सम्पूर्ण विवरण बुझ्नुभयो भने अवष्य पनि हामीले लिइरहेको शुल्क उहाँहरुलाई कम लाग्ने छ ।
तपाईहरुले व्यवहारीक शिक्षाको कुरा त खुबै गर्नुहुन्छ । तपाईहरुले विद्यार्थीहरुलाई प्रयोगात्मक कुरा सिकाउन के व्यवस्था गर्नुभएको छ ?
हामीले किताबको कुरालाई मात्र नभएर प्रयोगात्मक पक्षलाई निकै ध्यान दिएका छौं । त्यसका लागि आवश्यक सुविधा सम्पन्न ल्यावको व्यवस्था रहेको छ ।
साथै हाम्रा विद्यार्थीहरुलाई आवश्यकता अनुसार फिल्ड भिजिट, प्रोजेक्ट वर्क जस्ता कार्यहरु समयसमयमा गराइरहेका छौं । त्यसैगरी समय समयमा आफ्नो परम्परा, संस्कार, चार्डपर्व, रितिरिवाजहरुको बारेमा जानकारी दिन त्यससँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै आएका छौं ।
र, अन्त्यमा आम अभिभावकहरुलाई तपाई के भन्न चाहनुहुन्छ ?
आजका हाम्रा बालबालिका भोलीका कर्णधार हुन् । भविष्यमा हाम्रो जीवन कस्तो भन्ने भन्ने कुरा हाम्रा बालबालिकाले कस्तो शिक्षा र संस्कार सिक्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
जो कोही पनि आफ्नो सन्तानको भविष्य उज्ज्वल होस् भन्ने चाहन्छ । तर, सन्तानलाई कसरी सहि मार्गमा लगाउँदै समय सुहाउँदो गुणस्तरीय र संस्कारयुक्त शिक्षा दिने भनेर अलमल परिरहेको अवस्था छ । यस्तो अवस्थामा सभ्यता पाठशाले पश्चिम नेपालमै नमुना विद्यालयको रुपमा काम गर्न खोजेको छ ।
आफ्ना सन्तानहरुको सुनौलो भविष्यका लागि एक पटक गम्भिर भएर सोच्न म सबै अभिभावकज्यूहरुलाई हार्दिक अनुरोध गर्दछु । साथै एक पटक सभ्यता पाठशालामा आएर हामीले विद्यालयमा बालबालिकाहरुलाई प्रदान गरिरहेको शिक्षा, शिक्षण विधि, शैक्षिक वातावरण, खेलकुद, संस्कार, सभ्यता लगायतका विषयमा बुझिदिनिुहुन अनुरोध गर्न चाहन्छु ।