फिजिसियन डा. सरोजा बस्याल
गर्मी मौसम शुरु भएसँगै भाइरल ज्वरोका विरामीहरु बढ्न थालेका छन् । मौसम परिवर्तन हुँदा भाइरल ज्वरोको प्रकोप बढ्ने गर्दछ । गर्मी मौसमबाट चिसो मौसम शुरु हुँदा होस् या चिसो मौसमबाट गर्मी मौसम शुरु हुँदा । अस्पतालहरुमा ज्वरोका विरामीहरुको भीड नै हुने गर्छ ।
हाम्रो वातावरणमा भाइरलहरु सधै भइरहन्छन् । तर, ती भाइरलहरु मौसम परिवर्तन हुने बेला धेरै सक्रिय हुन्छन् । हामीलाई त्यति बेला नै बढी संक्रमण गर्ने खतरा हुन्छ । भाइरलले सबैलाई असर गरेर पनि मुख्य गरी बालबालिका, बृद्ध तथा रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई बढी संक्रमण हुने सम्भावना हुन्छ ।
अहिले कतिपयले भाइरल ज्वरो आउँदा बित्तिकै हतारिए एन्टिवाइटिक औषधी चलाइरहनुभएको हुन्छ । जथामावी एन्टिवाइटिक औषधी चलाउँदा हाम्रो स्वास्थ्यलाई भविष्यमा गम्भीर असर गर्न सक्छ । भाइरल ज्वरो आएको खण्डमा हामीले सामान्य ज्वरो कम गर्ने औषधी सेवन गरे पुग्छ । भाइरल ज्वरो पाँच देखि सात दिन भित्र आँफै निको भएर जान्छ । यति गर्दा पनि निकाे भएन भने चिकित्सककाे सल्ला लिनुपर्दछ ।
भाइरल ज्वरो आउँदा हाम्रो स्वास्थ्यमा अन्य कुनै समस्या छ भने हामी निकै सचेत हुन जरुरी छ । यस्तो अवस्थामा हामीले तत्काल चिकित्सको सल्लाह लिनुपर्दछ ।
भाइरल ज्वरोका लक्षणहरु
भाइरल ज्वरोमा उमेर अनुसार विभिन्न लक्षणहरु देखिन सक्छ । हामीले यस्तो बेलामा एन्टिवाइटिक औषधी प्रयोग नगरे लक्षण अनुसारको औषधी प्रयोग गर्नुपर्दछ ।
१) बच्चालाई पखाला लाग्ने
२) रुघाखोकी लाग्ने
३) जिउ दुख्ने
४) मांसपेशीहरु दुख्ने
५) कडा ज्वरो आउने
बच्ने उपाय
१) धुलो र धुवाँबाट बच्ने
२) पानीमा नभिज्ने
३) सावुन पानिले नियमित हात धुने
४) बासी खाने कुरा नखाने
५) झोलीलो खाने कुरा खाने
६) अनिवार्य मास्क प्रयोग गर्ने
७) नियमित स्वस्थ फलफूल खाने
८) घर वरिपरी सरसफाइ गर्ने
(डा. बस्याल दाङको घोराही स्थित मितेरी अस्पतालमा कार्यरत हुनुहुन्छ ।)