गढवामा १५ शैयाकाे स्वास्थचाैकी, गाउँपालिका अध्यक्षद्वारा निर्माणाधीन भवन निरीक्षण

आलोक भावुक

गढवा, २६ साउन । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवामा निर्माणाधिन १५ सैयाको गढवा स्वास्थ्य चौकीको स्थलगत अवलोकन गर्नु भएको छ ।

अहिले पुरानो संरचना भत्काएर १५ सैयाको नयाँ भवन निर्माण भैरहेको छ । भवन-निर्माण कार्य सुरु भए देखी स्वास्थ्य चौकीले दिदै आएका सम्पूर्ण आकस्मिक सेवाहरु बन्द भएक छन् । अहिले एउटै भवनको बिभिन्न कोठामा सिमित रही आकस्मिक सेवा बाहेक अन्य सबै सेवाहरु प्रदान गर्दै आएको छ।

भवन निर्माण सम्पन्न नहुदासम्म स्थानियहरूले ठूलो सास्ती भोग्नु परेको छ । आकस्मिक सेवाका लागी सर्वसाधारणहरू लमही अस्पताल लगाएको ठाउँमा जान बाध्य भएका छन् ।

भवन निर्माणमा ढिलाई नहोस् भनेर द्रुतगतिमा काम भइरहेकाे गाउँपालिकाले जनाएकाे छ । सम्झौताअनुसार नै निर्माण कार्य सम्पन्न गरी समय मै आकस्मिक सेवा सहितको सबै सेवा सुचारु गर्न लागि परेको गढवा गाउँपालिका प्रमुख यमनरायण शर्मा पोख्रेलले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा अध्यक्ष शर्माले स्वास्थ्य चौकी गढवाका डाक्टर लगायतको टिमसँग छलफल गर्नुभएको छ । स्वास्थ्य चौकी गढवामा देखिएको समस्याको बारेमा छलफल गरिएको र तत्काल समाधान निकाल्ने अश्वासन दिनुभएको स्वास्थ्य चौकी गढवाले बताएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *