जीवित मान्छेमा पहिलो पटक सुँगुरको मिर्गौला प्रत्यारोपण

वाशिङटन डीसी । अमेरिकामा बोस्टनका डाक्टरहरूले एक बिरामीमा जिन संशोधन गरिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका छन् । ती बिरामी म्यासाचुसेट्समा बस्ने ६३ वर्षका रिचर्ड रिक स्लेम्यान भएको बताइएको छ । गएको शनिबार ती बिरामीको शल्यक्रिया गरेर सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उनी बिस्तारै तङ्ग्रिरहेका छन् । अस्पतालबाट छिट्टै डिस्चार्ज हुने आशा गरिएको छ । जीवित व्यक्तिमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको यो पहिलो पटक भएको म्यासाचुसेट्स जनरल अस्पतालले बिहीबार एउटा विज्ञप्ति जारी गर्दै बताएको छ । सुँगुरको मिर्गौलाले कम्तीमा २ वर्षसम्म काम गर्ने आशा गरिएको छ ।

यसले काम गरेन भने स्लेम्यानको पुनः डाइलेसिस गर्नु पर्ने बताइएको छ । उनको शरीरमा सन् २०१८ मा मानव मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर गएको वर्ष उनमा फेलियरको संकेतहरू देखिन थालेपछि उनी फेरि डाइलेसिसमै फर्किए ।

यस्तो स्थितिमा डाक्टरहरूले उनको शरीरमा सुँगुरको मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका थिए । यसअघि दुई पुरुषमा सुँगुरको निज संशोधन गरिएको मुटु प्रत्यारोपण गरिएको थियो । तर ती दुवैको केही महिनाभित्रै मृत्यु भयो । मानव अङ्गको विकल्पको रूपमा वैज्ञानिकहरूले जनावरको अङ्ग मान्छेमा प्रत्यारोपण गर्न विविध प्रयोग गरिरहेका छन् ।

 

एजेन्सीहरूको सहयोगमा

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *