नयाँ नेपाल निर्माणको आधार जनयुद्ध नै हो

विश्वराज आचार्य
सचिव
नेकपा (माओवादी केन्द्र), दाङ

आगामी फागुन १ गते नेकपा (माओवादी केन्द्र) ले २८ औं जनयुद्ध दिवस मनाउने तयारि गरेको छ । १० वर्षसम्म सञ्चालन भएको जनयुद्ध सकिएको पनि करीब १७ वर्ष भइसकेको छ ।
जनयुद्धले नेपालको राजनीतिक परिवर्तनमा आमूल परिवर्तन पनि ल्याएको छ । तर, अँझै पनि जनताको जीवनस्तरमा अपेक्षाकृति सुधार आउन सकेको छैन । माओवादीले अहिले आफ्नो वर्ग र धरातल छाडेको कतिपयले टिप्पणी गर्ने गरेका छन् ।
माओवादी जनयुद्ध, यसले नेपाली समाजमा पारेको प्रभाव, पार्टी भित्र देखिएका समस्या, आगामी योजना लगायतका विषयमा केन्द्रित रहेर माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यसँग चेतना अनलाइका सम्पादक पाण्डव शर्माले गरेकोको कुराकानिको सार :

२८ औं जनयुद्ध दिवसको तयारी कस्तो छ ?

जनयुद्ध दिवस आँफैमा एउटा ऐतिहासिक दिन हो । जनयुद्धलाई नेपाली राजनीतिक इतिहासमा युग परिवर्तनको रुपमा नेपाली जनताले बुझेका छन् । हामीले आउने पिढिलाई पनि बुझाउन जरुरी छ ।
हामीले औपचारिक कार्यक्रमहरुभन्दा पनि नेपालमा १० वर्षे महान जनयुद्धले पारेको प्रभाव, यसले नेपाली समाजमा ल्याएको युगान्तकारि परिवर्तनलाई स्थापित गर्ने दीर्घकालीन सोँचका साथ जनयुद्ध दिवसलाई हामीले लिएका छौं । औपचारिक ढंगले जनयुद्ध दिवसको कार्यक्रम शुभकामना आदानाप्रदान तथा रक्तदान गरेर जिल्लामा मनाउँदै छौं । प्रत्यक पालिकाहरुमा आँफै विशेषता अनुसारको मौलिक कार्यक्रम गरेर जनयुद्ध निवस मनाउने तयारिमा छौं ।

जनयुद्धले नेपालको राजनीतिमा आमुल परिवर्तन ल्यायो । प्राप्त उपलब्धिहरुले जनताको जीवनमा कस्तो प्रभाव पारेको छ ?

सदियौं देखि उपत्पीडतमा परिरहेको वर्ग र समुदायले उल्लेखनीय राजनीतिक उपलब्धि प्राप्त गरेका छौं । यसलाई जनताको दैनिक जीवनस्तरसँग आर्थिक क्रियाकलापसँग जोड्न आवश्यक छ । हाम्रो पार्टीको आगामी कार्ययोजना राजनीतिक परिवर्तनसँगै नेपाली जनताको आर्थिक प्रगति गर्ने छ ।
राष्ट्र समृद्ध हुन हरेक नेपाली समृद्ध हुनुपर्छ । हरेक नेपाली समृद्ध हुनका लागि नेपालीको प्रतिव्यक्ति आम्दानी बढ्न जरुरी छ । जनताको आम्दानी बढ्नका लागि किन्ने कुरा भन्दा बिक्री गर्ने कुरा धेरै हुन जरुरी छ । सारः मा मेरो भनाई उत्पादनको बृद्धि गर्न आवश्यक छ । अहिले हाम्रो पार्टी र सरकार यहीँ योजनामा अघि बढेको छ ।

जनताले राजनीतिक परिवर्तनको अनुभूति त पाए । तर, उनीहरुको जीवनस्तरमा कुनै सुधार आउन सकेको देखिदैन किन होला ?

हो यो कुरा सत्य हो । नेपाली जनताको जीवनस्तरमा अपेक्षाकृत सुधार आउन सकेको छैन । यसको मूल कारण परिवर्तनलाई आत्मसाथ गर्न नसक्नु नै हो । राजनीतिक परिवर्तनलाई प्रशासनीक, आर्थिक, सांस्कृतिक परिवर्तनमा जोड्न नसक्दा यो समस्या आएको हो ।
हिजो शोषणको एउटा रुप थियो । आज रुप बदलिएको छ तर, शोषण भने कायम नै छ । त्यो शोषणका बिरुद्धमा राष्ट्रिय समृद्धिको अभियान सञ्चालन गरेर जनताको जीवनस्तर सुधार गर्न सकिन्छ ।

कुनै बेलाको मुलुकको सबैभन्दा ठूलो राजनीतिक शक्ति माओवादी क्रमशः कमजोर बन्दै गएको छ । कतिपयले यसलाई पार्टी विघटनको दिशातर्फ जान लाग्यो भनेर टिप्पणी पनि गरिरहेका छन् । अवस्था त्यस्तै हो ?

वर्ग संघर्षको बदलिएको रुपलाई बुझ्ने कुरामा नेतृत्वमा देखिएको बिचलनताको कारण हाम्रो पार्टीमा टुटफुट र विभाजन भयो । जसको कारण हामी कमजोर भएको कुरा सत्य हो । र, यो कुरा पनि सत्य हो कि वर्ग संघर्षको बदलिएको स्वरुपलाई सबै माओवादी पार्टीहरुले ठिक ढंगले बुझ्दै एकताको पक्रियामा जोडिदै आएका छौं ।
आगामी दिनमा छिटै हाम्रो पार्टी आफ्नो ऐतिहासिक विरासत कायम गर्दै गणितीयरुपमा पनि मुख्य पार्टीको रुपमा स्थापित हुने छ ।

अहिलेको परिवर्तन माओवादीको १० वर्षे जनयुद्धबाट सम्भव भएको हो । तर, केही शक्तिहरुले त्यो युद्धलाई जनविद्रोह भन्दा पनि हिंसात्मक द्धन्द्ध भनेर अपराधिकरण गर्न खोजेको देखिन्छ । यस विषयमा माओवादीले कसरी सोचेको छ ?

यो महत्वपूर्ण प्रश्न हो । मासु खान खोज्ने तर, खसी काटेको विरोध गरे जस्तै हो । एउटा बन्दुको बलमा स्थापित सामन्ति एकात्मक राजतन्त्रको ढाल्नको लागि अर्को बन्दुक उठाउनु अनिवार्य थियो ।, २०३६ सालमा भएको आन्दोलन, २०४६ सालमा भएको आन्दोलनबाट भएका उपलब्धिहरु पुनः गुमेको इतिहास साँचि छ । त्यसैले नेपालमा वर्तमान राजनीतिक परिवर्तन स्थापित गर्नको निम्ति जनयुद्ध एउटा अनिवार्य र अपरिहार्य अध्याय थियो ।
जनयुद्धमा हिंसात्मक विद्रोही भन्दा राज्य पक्ष नै देखिएको थियो । हामीले प्रत्यक घटनाको विश्लेषण गर्दा पनि त्यो कुरा प्रष्ट देख्न सक्छौं । हामीले त वर्गीय राजनीतिक मुद्दा उठाएर राजनीतिक आन्दोलन गरेका थियौं । तत्कालिन शाही सरकारले शरिबाट टाउको छुट्टाएर ल्याउनेलाई लाखौंको पुरस्कार दिने घोषणा गर्र्दै सबै नेपाली जनतालाई हिंसक र हत्यारा बनाउन लागेको थियो । त्यसैले हामीले हिंसा गरेको होइन, हिंसाको प्रतिरोध मात्र गरेको हो ।

माओवादीका नेताहरुले आफ्नो वर्ग र धरातल छाडेका छन् भन्ने आरोप लाग्छ नि ?

रुपमा हेर्दा आरोप सत्य जस्तो देखिन्छ । जनताको जीवनस्तरमा उल्लेख्य सुधार नहुने तर, हामी केही नेता कार्यकर्ताको जीवनस्तर अलि अस्वभाविक देखिदा त्यो आरोप लाग्नु स्वभाविक नै हो ।
भर्खरै सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनले यी विषयमा गम्भिर समिक्षा गरेको छ । गल्तिहरुलाई सच्याउँदै अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरेको छ । समाजवादमा जानको लागि जनतासँगै अगाडी बढ्न आवश्यक छ । यसमा देखिएका कमजोरीहरु सुधार गरेर जाने प्रक्रियामा हाम्रो पार्टी अगाडी बढिसकेको छ ।

पार्टी कमिटीहरु ठूला र भद्दा भएका छन् । यसले परिचालनमा समस्या देखिएको छ । पार्टीलाई तपाईहरुले चुस्त र लोकतान्त्रिक बनाउन किन नसक्नुभएको हो ?

वर्गसंघर्षको महत्वपूर्ण रुप ‘युद्ध’ मा आवश्यक सांगठनिक संरचनाहरुलाई समाजवाद प्राप्तीको संवैधानिक र शान्तिपूर्ण आन्दोलनमा रुपान्तरण गर्न नसक्नु हाम्रो कमजारी रहेको हो । यसैका कारण सांगठनिक रुपमा अन्यौलता, अराजकता र अव्यवस्थित देखिएको कुरा साँचो हो । यस विषयलाई पनि आठौं राष्ट्रिय महाधिवेशनले हल गरेको छ ।
लोकतन्त्रको वास्तविक अभ्यास व्यापक छलफल, बहश र मताधिकारको समेत प्रयोग गरेर चुस्त र लोकतान्त्रिक संगठन निर्माण गर्ने हाम्रो महाधिवेशनबाट पारित विधानले संकल्प गरेको छ ।

माओवादीले मुलुकलाई समृद्ध बनाउनका लागि कस्तो योजना बनाएको छ ?

आजसम्म राज्य कर उठाएर बाँचिरहेको छ । मान्छे जन्मिदा जन्म दर्तामा कर, विद्यालय भर्ना हुँदा त्यहाँ शुल्क, विवाह दर्ता गर्दा शुल्क, व्यवसाय कर, हामीले दैनिक उपभोग्य गर्नै सबै बस्तु तथा खाद्यन्नमा कर लागिरेहको छ ।
राज्यको ध्यान नै कहाँ कर लगाउँदा आफ्नो आम्दानी बढ्छ भन्ने कुरामा केन्द्रित भएको देखिन्छ । हामीले यसलाई उल्टाउन चाहन्छौं । नेपालमा उत्पादन हुने वस्तुहरुको आयात रोक्ने र आयातभन्दा निर्यात बृद्धि गर्ने हाम्रो योजना छ । ‘नेपााल धनि हुन म धनि हुनुपर्छ, म धनि हुन मैले उत्पादन गर्नुपछर्’ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *