समान शिक्षा सबैकाे पहुँचमा पुग्नुपर्छ : अखिल (क्रान्तिकारी) दाङ संयाेजक महरा

 

गिरबहादुर महरा
संयाेजक
अखिल (क्रान्तिकारी) दाङ

अखिल क्रान्तिकारी दाङकाे संयाेजकमा चयन हुनुभएकाे छ ? दाङमा अखिल क्रान्तिकारीलाई प्रभावकारी बनाउन तपाईंसँग के याेजना छ ?

सर्बप्रथम हजुरलाई धन्यवाद । यहि मिति २०७९/०४/१४ गते घोराहीमा भएको विशेष भेलाले अखिल (क्रान्तिकारी) केन्द्रीय कमिटी, प्रदेश कमिटी, नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले र अखिल (क्रान्तिकारी) दाङले मलाई संयोजकको जिम्मेवारी दिएको छ ।

एउटा लामो र गर्बिलो ईतिहास बोकेको संगठनको जिल्ला तहको नेतृत्व पाउँदै गर्दा मेरो सामु केही चुनौतीहरु रहेका छन् । पछिल्लो समयमा शिक्षा क्षेत्रमा ब्याप्त रुपमा ब्यापारीकरण मौलाएको छ । यसका बिरुद्द हाम्रो संगठनले आवाज उठाउदैँ आएको छ । मुख्यत म संगठनको नेतृत्वमा आए पछि संस्थागत बिद्यालयहरुमा १०% छात्रवृत्ति दिने राज्यले दिएको अधिकार कार्यान्वयन भएको छ कि छैन भन्ने विषयलाई उठान गरेको छु ।

सांगठनिक, राजनीतिरुपमा हामी प्रत्येक विद्यालयमा सबै जनताका छोराछोरी अखिल (क्रान्तिकारी) योजना सहित पुग्दैछौ । भर्खरै मात्र बसेको हाम्रो कार्यालय बैठकबाट दाङका १० वटै पालिका र मुख्य मुख्य क्याम्पसमा जिल्ला तहबाट कमान्डरहरु खटाइ संगठन बिस्तार, समाजप्रति उत्तरदायी रहंदै सामाजिक कार्य गर्ने योजना लिएका छौ ।

तपाईलाई थाहा छ, कोरोनको समयमा जति बेला मान्छे मान्छेसंग त्रसित थ्यो त्यो समयमा रक्तदान देखि बिभिन्न सामाजिक क्रीयाकलाप हामिले गरेका थियौ ।

सृजनात्मक, रचनात्मक कार्यक्रमहरुलाई पनि प्राथमिकता दिदैँ जनजिविकाको सवालका बिषय बस्तु हरुलाई उठान गर्दै सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने छौ ।
अहिले बिद्यालय कलेज, क्याम्पसहरु बेरोजगार शैक्षिक जनशक्ति उत्पादन गर्ने केन्द्र बनेका छन । अखिल (क्रान्तिकारी)ले पहिले देखि नै ब्याबसायिक एबम् ब्यबहारिक शिक्षामा जोड दिएको छ । उक्त नारालाईस सशक्त रुपमा उठान गर्ने योजना पनि हामिले अगाडि सारेका छौ ।

 

संगठनले विद्यार्थीसँग अखिल क्रान्तिकारी अभियान शुरू गरेकाे छ । याे अभियमान के हाे ?

अहिले अखिल (क्रान्तिकारी)को केन्द्रिय कार्यक्रम विद्यार्थी सँग अखिल (क्रान्तिकारी) ३ महिने विद्यार्थी जगरण अभियान सुरु भएको छ । त्यसको सुरुवात हामिले दाङमा गरिसकेका छौ ।
जिल्ला कार्यालय बाट खटिनु भएका पालिका कमान्डरहरु र प्रदेश कमिटी बाट खटिनु भएका पालिका इन्चार्ज हरुले फिल्ड बाट कार्यक्रम सुरु गरि सक्नु भएको छ ।
यो अभियान भनेको बिधार्थि सग अखिल क्रान्तिकारी लाई जाेड्ने अभियान हाे । नेकपा एमाले र माओबादी केन्द्र बिचको एकीकरणपछि बनेको अनेरास्ववियू र त्यस लगत्तै पार्टी बिभाजन अनि काेराेना ले २-३ बर्ष बिधार्थि र अखिल क्रान्तिकारी बिचको दुरि बढाएको थियो , हामी बिद्यार्थी माझ जान सकेका थियनौ ।

त्यो दुरि मेटाउने , संगठन निर्माण र सुदृढीकरण काे कार्यक्रम नै अहिलेको अभियान हो ।

दाङमा पछिल्लो समय अखिल क्रान्तिकारीका गतिविधिहरू निकै सुस्ताएकाे जस्ताे देखिएकाे थियाे । तपाईं संयाेजक भएपछि अब कसरी गति प्रदान गर्ने याेजना बनाउनुभएकाे छ ?

तपाइले भने जस्तै दाङमा पछिल्लो समय अखिल क्रान्तिकारीका गतिविधिहरू केही सुस्ताएको होकि भन्ने लाग्ने कुरा स्वभाविकौ हो तर हाम्रो गतिबिधी पहिले भन्दा कत्ती पनि सुस्ताएको छैन ।

कोरोनाको तेस्रो लहरका कारण हामी विद्यार्थी माझमा पुग्न सकेनौ । कोरोना महामारी घट्दै गएपछी स्थानिय तहको निर्बाचन सम्पन्न भयो । हाम्रो संगठनका जिम्मेवार कमरेडहरु सबै आ आफ्नो पालिका वडामा केन्द्रित हुनु भयो । त्यस कारण केही सुस्ताएको हो कि भन्ने परेको हो ।

म संयोजक भैसके पछि संगठनको केन्द्रीय , प्रदेश सर्कुलर हरुलाई पनि आफ्नो योजनामा समेट्दै जिल्लाको तर्फ बाट हामी विभिन्न योजनाहरु बनाइ त्यसलाई कार्यान्वयनको दिशा तर्फ अग्रसर भएका छौ ।

तपाईले अहिले मिडियामा पनि देख्नु भएको छ, प्रत्येक दिन हाम्रा दश वटै पालिकामा संगठन बिस्तार , सुदृढीकरण एबम रचनात्मक तथा सृजनात्मक काम हरु अगाडि बढिरहेका छन ।संगठन लाई एउटा लयम अगाडि बढाइएको छ । जसले संगठन एउटा गति प्रदान गरेको छ।

अहिले विद्यार्थीले आन्दाेलन कमजाेर जस्ताे देखिएकाे छ । तपाईंहरू भुत्ते हुनुभयाे भन्ने आराेप छ नि ?

विद्यार्थी संगठन भुत्ते भएका छैनन । त्यसमा पनि विद्यार्थीको सवालमा , आम जनजिबिकाको सवालमा अखिल (क्रान्तिकारी) ले बिगत देखि नै नेतृत्वदायी भुमिका खेल्दै आएको छ ।

दाङको सन्दर्भमा भन्नू हुन्छ भने अखिल (क्रान्तिकारी) जहिले पनि शैक्षिक तथा सामाजिक विकृतिको विरुद्धमा अग्रपंक्तिमा रहि आवाज उठाउदै आएको छ ।

कोभिडको समयमा हामी जति बेला विद्यार्थी समस्यामा परेका थिए । त्यति बेला हामी समस्यामा परेका विद्यार्थीका कोठा कोठा रासन पुर्‍याउन पुगेका थियौ । विद्यार्थी लाईघर सम्म पुर्‍याउनका लागि महत्वपूर्ण भुमिका निर्बाह गरेका थियौअ ।

साथै दाङमा हामी नेबि संघ , अनेरास्ववियु , अखिल (क्रान्तिकारी) संग समसामयिक विषय र सत्ताको बिरुद्दमा प्रतिपक्षी भुमिकामा रहि आफ्ना आन्दोलनका कार्यक्रमहरुलाई अगाडि बढाएका छौ र त्यसको नेतृत्व अखिल (क्रान्तिकारी) ले नै गरेको छ ।

तोडफोड आगजनी चन्दा आतँक लाई मात्र विद्यार्थी आन्दोलन नभइ रचनात्मक , सृजनात्मक र जनजिबिकाको सवालमा आवाज पनि विद्यार्थी आन्दोलनका स्वरुप हुब भन्ने कुरा अबको पुस्ताले बुझ्न आबस्यक छ ।

 

केही वर्ष पहिलेसम्म तपाईंहरू शिक्षा क्षेत्रमा भइरहेकाे निजीकरणका बिरूद्घ संघर्ष गर्नुहुन्थ्यो । आजभाेली त विद्यार्थी संघर्ष हराए जस्ताे छ त ?

हाम्रो संगठन अखिल (क्रान्तिकारी) शिक्षा क्षेत्रमा भैरहेको निजीकरण , ब्यापारीकरणका बिरुद्दमा स्थापना काल देखि नै छ । हाम्रो निजीकरणका बिरुद्द संघर्ष हराएको छैन । हामी नितिगत सुधारका लागि राज्य पक्ष सँग लडिरहेका छौ ।

समस्या निजि शैक्षिक संस्थामा भन्दा पनि नीति निर्माण हुने राज्यको तहमा छ त्यस कारण हाम्रो संघर्ष त्यता तर्फ केन्द्रीत भएको छ । राज्यले उचित नीति निर्माण गरी शिक्षा क्षेत्रमा देखिएको ब्याप्त निजीकरण , ब्यापारिकरण र माफियाकरण तुरुन्त रोक्नु पर्छ । अन्यथा हामी राज्यका बिरुद्द, आम विद्यार्थीको हकहितमा लागि जस्तो सुकै मूल्य चुकाउन सक्छौ ।

राज्यले उचित सम्बोधन गरेन भने ब्यापारिकण र माफियाकरणका बिरुद्द हाम्रो संगठन फेरि एउटा अन्दोलनको आधिँबेरि लिएर आउँछ ।

दाङको परिवेशमा विशेष गरी निजी शैक्षिक क्षेत्रमा मौलाउदै गएको व्यापारीकरण एवं सामुदायिक विद्यालयमा गुणस्तरीयता खस्कदै गएको छ । यसतर्फ स्वयं विद्यार्थी संगठनमा बसिरहंदा हामीले प्रभावकारी भूमिका निर्वाह गर्न सकिरहेका छैनौ ।

अझ भनौ भने दाङका सम्पूर्ण विद्यार्थी संगठनहरु एकजुट भएर शैक्षिक क्षेत्रमा निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्न सकेका छैनौ। जसले गर्दा खोक्रो आश्वासनमा विभिन्न बहानामा शिक्षा क्षेत्रमा व्यापारीकरण मौलाउदै गएको छ । वास्तवमा भन्नु पर्दा शिक्षा क्षेत्रमा युगान्तकारी परिवर्तन गर्ने जिम्मा हामी विद्यार्थी संगठनहरुको काधमा आएको छ ।

आवश्यकरुपमा राज्यलाई स्पष्ट नीति बनाउन दबाब दिदै शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न सक्ने सामर्थ्य पनि हामी विद्यार्थी संगठनहरुले नै दिन आबस्यक छ ।

 

नेपालकाे शिक्षाप्रणालीकाे सन्दर्भमा विभिन्न दृष्टिकोणहरू आउने गर्छन् । तपाईंहरूले चाहेकाे शिक्षा प्रणाली कस्ताे हाे ?

नेपालको सन्दर्भमा सबै खाले व्यवस्थाका विरुद्ध विद्यार्थीहरू अग्रमोर्चामा रहे पनि राज्यको शिक्षा नीति नै व्यवहारिक बन्न नसक्दा फेरि पनि लाखौ विद्यार्थीहरूको भविष्य अन्यौलग्रस्त छ।

भोलिका कर्णयार मानिएका राज्यको मुख्य वागडोर सम्हाल्ने युवा विद्यार्थीहरू नै निराशा र कुण्ठाका भूमरिमा आफ्नो जीवन व्यतित् गर्न बाध्य बनिरहेका छन्। त्यति मात्र नभएर प्रमाणपत्र, स्नातक तथा स्नाकोत्तर अध्ययन पूरा गरेको युवा विद्यार्थीहरू यो मुलुकमा रोजगार प्राप्त गर्न नसकी विदेशका गल्लीहरूमा जीवन व्यतित गर्न बाध्य छन्। त्यसकारण शैक्षिक बेरोजगारहरू उत्पादन गर्ने निजी तथा सरकारी शिक्षण संस्थाहरूले व्यवहारिक शिक्षा प्रदान गर्नुपर्दछ जुन कुरा अखिल (क्रान्तिकारी) ले लामो समय देखि नै उठाउंदै आएको छ ।

हामिले चाले शिक्षा भनेको ब्यबहारिक, ब्यावसायिक र प्राबिधिक हो साथै अहिले सम्म राज्यले अंगीकार गर्दै आइरहेको द्धैध खाले असमान शिक्षा नीति बन्द गरी हुँदा खाने र हुने खाने दुवैलाई समान हुने खालको शिक्षा नीति लागु गर्नुपर्दछ।

 

वर्तमान सन्दर्भमा नेपालकाे शिक्षा क्षेत्रका समस्याहरू के हुन् ?

संविधानले आधारभूत तहसम्मको शिक्षा निःशूल्क र अनिवार्य हुने तथा माध्यमिक तहसम्मको शिक्षा निःशूल्क हुने व्यवस्था गरेको छ । तर, कार्यान्वयन भएको छैन ।

विभिन्न बाहानमा विद्यार्थीसंग शूल्क असुल्ने काम चलिरहेको छ । हरेक देशको शिक्षा निश्चित दर्शन, मूल्य मान्यता तथा मौलिक सिद्धान्तबाट निर्देशित हुनपर्छ । तर नेपालको परिवेशमा हेर्ने हो भने शिक्षा क्षेत्र अस्तव्यस्त अवस्थामा पुगेको छ ।

सामुदायिक विद्यालयहरु एक आपसमा गाभिने क्रममा छ । अझ भनौ भने सामुदायिक तर्फ विद्यार्थीको आकर्षण र संख्या पनि घट्दो क्रममा छ । । सरकारले सामुदायिक विद्यालयमा गरेको लगानी बालुवामा पानी हाले जस्तै भएको छ ।

दाङको परिवेशमा हेर्ने हो भने निजी शिक्षण संस्थाहरू सन्चालन गर्ने लहर बढेको छ । दुर्गम क्षेत्र जहाँ २/३ घण्ट हिडेर मात्र विद्यालय पुग्न सकिन्छ त्यस्ता ठाउहरुमा सामुदायिक विद्यालयहरु विद्यार्थी संख्या कम भयो भन्ने नाममा आपसमा गाभिने क्रममा छन् भने निजी विद्यालयहरु खुल्ने क्रम जारी रहेको छ ।

स्थानीय स्रोत, साधन, स्थापित मूल्य मान्यता तथा मौलिक परम्परालाई आवश्यकताको आधारमा लागू गर्न नसक्नु नै नेपालको शिक्षाको प्रमुख समस्या हो ।

साथै शिक्षा क्षेत्रको हालको प्रमुख समस्या भनेका समयानुकूल राज्यको नितिको अभाब ,दुरदृष्टिको अभाब , फितलो अनुगमन पद्धति ,चरम राजनीति हस्तक्षेप , कमजोर परीक्षा प्रणाली एबम समयानुकूल उचित पाठ्यक्रमको अभाब हुन ।

यतिवेला शिक्षाका नाममा देखापरिरहेका, तमाम खाले अनियमितता, भ्रष्टचार एवं सम्पूर्ण खाले विकृति र विसंगतिहरूको अन्त्य गरिनुपर्दछ।

शिक्षा क्षेत्रमा यी सबै खाले समस्याको समाधान गर्न अल्पकालिन र दीघकालिन गरी स्थानिय तह तथा राज्यको केन्द्रिय तहबाट निम्न अनुसार शैक्षिक सुधारका कार्यक्रमहरू अगाडि ल्याउनुपर्दछ।

र, अन्त्यमा आम विद्यार्थीहरूलाई के भन्न चाहनुहुन्छ ?

मलाई आफ्नो बिचार र समग्र संगठनको बिषयमा बोल्ने समय दिनु भएकोमा हजुरलाई हृदत देखि नै धन्यबाद ।

म सम्पुर्ण सम्पुर्ण विद्यार्थी साथिहरुलाई अखिल (क्रान्तिकारी) मा गोलबन्द हुनका लागि हार्दिक अपिल गर्दछु । किनकी विद्यार्थीको सुख र दुखको साथी अखिल्न(क्रान्तिकारी) हो । जहाँ समस्या त्यहा अखिल (क्रान्तिकारी) नै अग्रमोर्चामा रहेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *