डिल्लीराज आचार्य
जुनसुकै देश तथा राष्ट्रले आफ्ना जनतालाई स्वस्थ राख्नका लागि योजना बनाएको हुन्छ । विरामी दर घटाउन, मृत्यु दर घटाउन, अस्वस्थताबाट न्यून गर्न, शिक्षा स्वास्थ्यमा तथा व्यक्तिका लागि लगानी गरेको हुन्छ ।
सरकारले गर्भ शुरु भए देखि मुत्यु नहुँदासम्म हरेक तहबाट स्वस्थ नागरिक उत्पादनका लागि लगानी गरेको हुन्छ । त्यसका लागि विभिन्न रणनीति तयार गरेको हुन्छ । त्यस्तै घरमा आफ्ना सन्तानका लागि अभिभावकले पनि स्वस्थ बनाउने चाहना राखेका हुन्छन् । उनीहरुले आफ्ना सन्तानको शिक्षा र स्वास्थ्यका लागि धेरै लगानी गरेका हुन्छन् । अधिकांश अभिभावको अन्तिम लक्ष्य आफ्ना सन्तान शिक्षित र स्वस्थ रहुन् भन्ने नै हुन्छ ।
राज्यले आफ्ना नागरिकको आयु बढाउनका लागि विभिन्न सूचकहरु नै तयार पारेर काम गरिरहेको हुन्छ । राज्यले शिक्षा तथा स्वास्थ्यमा लगानी गर्न निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिरहेको हुन्छ । तर, हाम्रो संस्कार र संस्कृतिले हाम्रा सन्ततिहरुको भविष्य अन्धकार बनाउने चुनौति देखिएको छ । ती संस्कार स्वदेशि नभएर आयाति हुन् ।
नेपालमा आजभन्दा तीस वर्षभन्दा पहिले मद्यपान तथा लागुऔषधको प्रयोग निकै कम रहेको थियो । बढ्दो प्रविधिको विकास, विदेशी समाजसँगको सम्पर्क लगायतका कारण ले गर्दा हाम्रा सन्ततिहरु कुलतमा फसेको पाइन्छ । मौलाउदो उपभोक्तावादी संस्कृतिले हाम्रा सन्ततिहरुको भविष्य दुर्घटनातर्फ लैजादै छ ।
राज्यले मदिरालाई नियन्त्रण गर्नुपर्ने ठाउँमा अहिले प्रोत्साहन गरेको देखिन्छ । नेपालमा बहुदलीय प्रजातन्त्र स्थापनासँगै खुला बजार अर्थतन्त्र अवलम्वन गरिएको छ । अहिलेको विश्व बजारसँग प्रतिस्पर्धा गर्नका लागि यो खुला समाजमा खुला बजार अर्थतन्त्र अपरिहार्य हो । तर, खुला बजार अर्थतन्त्रको नाममा मदिरालाई निजी क्षेत्रको मुख्य व्यवसाय बनाउने र राज्यले त्यहीँबाट धेरै कर असुल गर्ने लक्ष्य लिनु भने राम्रो कुरा होइन ।
नेपालमा दुध बिक्री गर्न गाह्रो छ तर, मदिरा घरघरमा बिक्री भइरहेको हुन्छ । राज्यले आम नागरिकको ज्यान बचाउने औषधी पसल खोल्नका लागि निकै प्रक्रिया पु¥याउनुपर्ने व्यवस्था गरेको छ । राज्यका नियामक निकायहरुले औषधी पसलहरुको नियमित अनुगमन पनि गरिरहेका छन् । तर, मदिराको बिक्री अहिले घरघरमा भइरहेको छ ।
यसले हाम्रो मानसिक, सामाजिक तथा सांस्कृतिक जीवनमा निकै आघात पु¥याइरहेको छ । कुनै पनि औषधी पसलबाट किनेको औषधी खाएर मान्छेको निधन भयो भने राज्यले छानविनको दायरामा ल्याउँछ । तर, मदिरा खाएर वर्षेनी कैयौं नागरिकहरुको ज्यान जाँदा समेत राज्यले कुनै चासो नदिएर मुखदर्शक भइरहेको देखिन्छ ।
सरकारी तथ्याङ्कको अध्ययन गर्ने हो भने नेपालमा अहिले करिब ८० प्रतिशत नागरिको नसर्ने रोगबाट ज्यान गइरहेको छ । अहिले विद्यालय तह देखि नै हाम्रा सन्तानहरु लागुपदार्थ सवको सिकार भइरहेका छन् । यसले उनीहरुको शारिरीक तथा मानसिक स्वास्थ्यमा गम्भिर असर गरिरहेको छ । यहीँ दिशामा समाज अघि बढ्ने हो भने अबको केही दशक पछि मुलुकका स्वास्थ नागरिक भेट्न गाह्रो नै हुन्छ ।
विशेष गरेर पछिल्लो समय साना बालिकाहरु समेत लहैलहैमा लागेर लागुपदार्थ सेवनको शिकार भइरहेका छन् । यसले गर्दा बालबालिकाहरुमा कलेजो, मुटु, मृगौला लगायतका दीर्घरोगहरु देखा परेको छ । त्यसैगरी बालबालिकाहरु डिप्रेशनका सिकार भइरहेका छन् । अहिले १४ देखि २१ वर्ष उमेर समुका बालबालिकामा आत्म हत्याको दर बढेको छ ।
यो सबै लागुपदार्थ सेवको कारणले गर्दा हो । त्यसैगरी २० वर्ष देखि ५० वर्ष उमेर समुहका नागरिकहरुको लागुपदार्थ सेवनकै कारणले अकालमा मृत्यु भइरहेको छ ।
मदिरा (लागुपदार्थ) सेवन गरेर सवारी चलाएकै कारणले गर्दा दैनिक सडक दुर्घटना भइरहेका खबरहरु आइरहेका छन् । एउटा व्यक्तिको गल्तिले सयौं नागरिकको ज्यान जाने अवस्था सृजना भएको छ ।
जसले गर्दा सरकारले स्वास्थ्य, शिक्षा र नागरिकमा गरेको लगानी त्यतिकै खेर गइरहेको छ । लागु पदार्थ सेवनको सिकार नीति निर्माण गर्ने तहमा पुगेकाहरुमा पनि प्रभाव परेको देखिन्छ । त्यसैगरी उच्च ओहोदामा पुगेका व्यक्तिमा समेत लागुुपदार्थको लत बसिसकेको छ । यस्तै परिस्थिति चलिराख्ने हो भने अवको एक दशक पछि लागु पदार्थको दुव्र्यसनिमा देश चुर्लुम्म डुब्ने खतरा छ । विश्वले नेपाललाई लागु पदार्थ सेवनको देश भनेर चिन्ने खतरा छ ।
राज्यले लागु पदार्थ दुव्र्यसनी रोक्नका लागि ती ओटै तहमा सचेतना मुलुक कार्यक्रम सञ्चालन गर्नुपर्छ । अब समुदाय तहमा नै पुगेर लागुपदार्थ दुव्र्यसनीका असरहरुका वारेमा सचेत बनाउन जरुरी छ । राज्यले बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि पनि चालक तथा सह चालकमा सचेतना मुलुक कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ ।
लागु पदार्थ दुव्र्यसनी सम्बन्धी हाम्रो विद्यमान कानुनलाई समेत सुधार गर्न जरुरी छ । लागु पदार्थ सेवनले गर्दा आम मानिस मानसिक रुपमा बिचलन हुने भएकाले राज्यले त्यसतर्फ ध्यान दिन जरुरी छ । आगामी निर्वाचनमा राजनैतिक दलहरुले दुव्र्यसनी रोक्नक लागि ठोस योजना ल्याउन जरुरी छ । चुनाव आफूले जित्नका लागि मात्र नभएर आम नागरिको जीवन सुधारका लागि केन्द्रित हुनुपर्छ ।
(आचार्य दाङको घोराही उपमहानगरपालिका स्थित नारायणपुर स्वास्थ्य प्रवद्र्धन केन्द्रको प्रमुख हुनुुहुन्छ ।)