–डा. शुरामणि बेल्बासे
जननेता मदन भण्डारीको ७४ औं जन्म दिवश असार १४ गते परेको छ । २००९ साल अशार १४ गते जन्मिनु भएका जननेता मदन भण्डारी जम्मा जम्मी ४१ वर्ष मात्र बांच्न पाउनु भयो । २०५० जेष्ठ ३ गते चितवनको दासढुँगामा जीप दुर्घटना गराएर वहाँको हत्या गरियो । ४१ वर्ष मात्र बाँच्न पाउनु भएका जननेता मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनमा अद्धीतीय योगदान पु¥याउनु भएको छ ।
जननेता मदन भण्डारीको योगदानलाई नेपालको कम्युनिष्ट आन्दोलनबाट अलग गर्ने हो भने आजको नेपालको कम्युनिष्ट आन्दोलन उग्र दक्षिणपन्थी र उग्रबामपन्थी अतिवादको सिकार बनेर उहिल्यै नष्ट भैसक्थ्यो भन्दा अतिसयुक्ति हुँदैन । नेपालको कम्युनिष्ट आन्दोनमा जननेता मदन भण्डारीको योगदानलाई नेपाली कम्युनिष्टहरुले कहिल्यै भुल्न सक्दैनन् । जुन दिन मदन भण्डारीको योगदानको अवमूल्यन हुन्छ त्यहिँबाट नेपालको कम्युनिष्ट आन्दोलन समाप्तीको दिशमा लाग्नेछ । आज कम्युनिष्ट आन्दोलनमा लागेका नयाँ पिँडीले मदन भण्डारीको खास योगदानका बारेमा जान्न अत्यन्तै जरुरी छ । यस लेखमा उक्त आवश्यकतालाई पुर्ति गर्न खोजिएको छ ।
नेकपा (माले) को २०४६ भाद्रमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट मदन भण्डारी पार्टी महासचिव बन्नु भएको थियो । २०४५ सम्म संसारको आधा भूगोलमा कम्युनिष्ट पार्टीहरुको शासन सत्ता रहेको थियो । विश्वका मूख्य दुई ध्रुव मध्ये एउटा ध्ूवको नेतृत्व कम्युनिष्ट समाजवादी देश सोभियत संघले गरेको थियो । २०४६÷०४७ तिर आउँदा विश्व कम्युनिष्ट आन्दोलनमा निकै भयावह अवस्था सिर्जना भयो । सन् १९८९ नोवेम्वरमा पूर्वी जर्मनीमा रहेको कम्युनिष्ट शासन ढल्यो, त्यहाँ कम्युनिष्ट शासन मात्र ढलेन वर्लीनको पर्खाल नै ढालियो । पूर्वी युरोपका विभिन्न देशमा रहेका कम्युनिष्ट शासनहरु एक पछि अर्को गर्दै ढले । अन्त्यमा २६ डिसेम्वर १९९१ का दिन सोभियत समाजवादको विघटन संगै सोभियत संघ पनि विघटन गरियो ।
संसारको आधा भूगोलमा रहेको कम्युनिष्ट शासन एक पछि अर्को गर्दै ढले र आक्रमक अवस्थामा रहेको विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा आइपुग्यो ।
नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन हुँदा नेपालमा पञ्चायती कालरात्री थियो । राजनीतिक दलहरु माथि प्रतिबन्ध लगाइएको थियो । धेरै नेता कार्यकर्ताहरुको हत्या भएको थियो, सयौं नेता कार्यकर्ता जेलमा थिए । विभिन्न कम्युनिष्ट पार्टीहरु र नेपाली काँग्रेसले पञ्चायती व्यवस्थाका विरुद्ध आ आफ्नै तरिकाले आन्दोलन गरिरहेका थिए तर आन्दोलन प्रभावकारी हुन सकेको थिएन । यस्तो अवस्थामा मदन भण्डारीले चौथो महाधिवेशन मार्फत पञ्चायती व्यवस्थाका विरुद्ध सँयुक्त आन्दोलनको कार्यनीति अघि सार्नु भयो ।
नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन हुँदा नेपालमा पञ्चायती कालरात्री थियो । राजनीतिक दलहरु माथि प्रतिबन्ध लगाइएको थियो । धेरै नेता कार्यकर्ताहरुको हत्या भएको थियो, सयौं नेता कार्यकर्ता जेलमा थिए । विभिन्न कम्युनिष्ट पार्टीहरु र नेपाली काँग्रेसले पञ्चायती व्यवस्थाका विरुद्ध आ आफ्नै तरिकाले आन्दोलन गरिरहेका थिए तर आन्दोलन प्रभावकारी हुन सकेको थिएन । यस्तो अवस्थामा मदन भण्डारीले चौथो महाधिवेशन मार्फत पञ्चायती व्यवस्थाका विरुद्ध सँयुक्त आन्दोलनको कार्यनीति अघि सार्नु भयो ।
विभिन्न समुह बनाएर बसेका कम्युनिष्ट पार्टीहरुको सँयुक्त वाममोर्चा निर्माण एवम नेपाली काँग्रेससँग समेत छलफल गरि सँयुक्त आन्दोलनको योजना मदन भण्डारी कै नीति र नेतृत्वमा भएको थियो । यही नीतिका आधारमा पञ्चायती व्यवस्थाका विरुद्धको आन्दोलन प्रभावकारी बन्दै जाँदा २०४६ चैत्र २६ मा पञ्चायती व्यवस्थाको विघटन गरि बहुदलीय व्यवस्था स्थापना गरियो । बहुदलीय व्यवस्थालाई सँस्थागत गर्न सँबिधान निर्माणका लागी राजा, काँग्रेस र बाममोर्चाका प्रतिनिधि सम्लित सँबिधान मस्यौदा आयोग बनाइयो । मस्यौदा आयोगमा तीर्पक्षीय सँघर्ष भयो, आयोगले निकै मिहिनेतपूर्वक सँबिधानको मस्यौदा तयार ग¥यो । तर राजाले छुट्टै सँबिधानको मस्यौदा तयार गर्न लगाइ त्यसैलाई घोषणा गर्ने प्रयत्न गरे, यस कार्यका बिरुद्ध मदन भण्डारीले कडा आवाज उठाउनु भयो ।
राजालाई श्रीपेच खोलेर मैदानमा आउन चुनौति दिनु भयो, यस चुनौतिले दरबारीयाहरु केही पछि हटे र नेपालमा २०४७ कार्तिक २३ गते नयाँ सँबिधान जारी गरियो । यो सँबिधानमा नेकपा (माले) को तर्फबाट महासचिव मदन भण्डारीले २७ बुँदे असहमती राख्नु भयो जसमा जनतालाई पुर्णरुपमा सार्वभौम सत्ता सम्पन्न बनाउन राजाका अधिकार कटौिित गर्ने विषय मुख्य थिए । यो तथ्यबाट पुष्टि हुन्छ मदन भण्डारीको बिचार र नेतृत्वमा देशमा पञ्चायती व्यवस्था ढल्नुका साथै २०४७ को सँबिधान समेत निर्माण भएको थियो ।
मदन भण्डारीको नेतृत्व र पहलमा विभिन्न समुहमा रहेका कम्युनिष्ट पार्टीका बिचमा एकता गरि बलियो कम्युनिष्ट पार्टी नेकपा (एमाले) निर्माण गरियो । २०४७ पुस २२ गते नेकपा (माले) र नेकपा (माक्र्सवादी) का बिचमा पार्टी एकता गरि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को निर्माण गरियो । पार्टी एकताको तीन महिना पछि २०४८ बैसाखमा आम निर्वाचन भयो । निर्वाचनमा मदन भण्डारी नेपाली काँग्रेसका सभापति एवम प्रधानमन्त्री कृष्णप्रसाद भट्टाराईलाई पराजित गर्दै काठमाडौका दुइबटा निर्वाचन क्षेत्रबाट अत्याधिक मतले बिजयी हुनु भयो । नेकपा (एमाले) ले देशका २०५ मध्ये ६९ स्थानमा बिजय हाशिल ग¥यो । नेपाली काँग्रेसले ११४ स्थानमा बिजय हाशिल गरि गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा बहुमतको सरकार गठन ग¥यो ।
बहुदलीय व्यवस्था स्थापना पछि निर्वाचित गिरिजा सरकारले जनताको अपेक्षाअनुसार काम गर्न सकेन । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा आशा लाग्दा काम गर्नुको साटो विपक्षी नेता कार्यकर्तालाई झुटा मुद्धा लगाउने, दुख दिने, देशमा सँचालीत उद्योग कारखाना कौडीको भाउमा निजिकरण गर्ने र हाम्रो राष्ट्रियता माथि अशर पर्ने गरि भारतसँग टनकपुर सँझौता ग¥यो । यसका बिरुद्ध मदन भण्डारीको नेतृत्वमा नेकपा (एमाले) ले आन्दोलन ग¥यो । गोप्यरुपमा गरिएको टनकपुर सँझौताको पटाक्षप भयो । सडक र सदनको आन्दोलनले गिरिजा सरकारलाई झुकायो ।
जबजका प्रणेताका रुपमा जननेता मदन भण्डारी नेपालको कम्युनिष्ट आन्दोलनका प्रात स्मरणीय सिद्धान्तकार हुनुहुन्छ । माथि सुरुमा चर्चा गरियो, मदन भण्डारी नेकपा (माले)को महासचिव बन्दा विश्व कम्युनिष्ट आन्दोलको तस्विर भयावह अबस्थामा थियो । ७० वर्ष चलेको सोभियत मोडेलको समाजवादी व्यवस्था मात्र ढलेको थिएन कम्युनिष्ट पार्टीको नेतृत्वमा निर्मित सोभियत सँघ नै विघटन भएको थियो । संगसंगै पुर्वी युरोपका प्राय सबै देशका कम्युनिष्ट सरकारहरु एक पछि अर्को गर्दै ढलीरहेका थिए । वुर्जुवा थिँक ट्याङक मानिएका फुकुयामाहरुले एउटा इतिहाँसको अन्त्य भएको घोषणा गरिरहेका थिए । त्यस्तो कहाली लाग्दो अवस्थामा नेपालमा भर्खरै निरङ्कुश पञ्चायती व्यवस्था ढालेर बहुदलीय प्रजातन्त्रको स्थापना गरिएको थियो । नेपाली काँग्रेसको सरकार थियो । जसले कम्युनिष्ट कार्यकर्ता माथि व्यापक दमन गरिरहेको थियो । रेडीयो नेपालबाट प्रसारण हुने घटना र बिचार कार्यक्रममा संसारबाट कम्युनिष्ट शासन समाप्त भएको भनेर व्यापक प्रचार गरिन्थ्यो । नेपाली काँग्रेसका नेताहरुले कम्युनिष्ट पार्टी अब म्युजियममा सिमित हुन्छ भनेर प्रचार गरिरहेका हुन्थे ।
अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा रहेका कतिपय खरावीलाई निकै हाइलाइट गरेर कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्यो भने अन्याय, अत्याचार, शोषण, दमन र बिभेदहरु समाप्त हुन्छन्, जनवाद, समाजवाद आउँछ भनेर भर्खरै कम्युनिष्ट भएका कार्यकर्ताहरुका मन बेचैन बनाउने काम सरकारी संचार माध्यमले गरिरहेका थिए । अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन एक प्रकारले दिशाबीहिन अवस्थामा पुगेको थियो, थुप्रै देशका कम्युनिष्ट पार्टीले माक्र्सवादी दर्शन, सिद्धान्तमा नै खरावी रहेको भन्दै हसिया हथौडा अँकीत झण्डा च्यातेर आफूलाई बुर्जुवा पार्टीमा रुपान्तरण गरिरहेका थिए । उता वुर्जुवा पुँजीवादीहरुले खुसियाली मनाइरहेका थिए । यस्तो परिस्थितिमा नेकपा (एमाले) को पाचौ राष्ट्रिय महाधिवेशन २०४९ माघ १४ गते देखि २० गते सम्म काठमाडौमा आयोजना गरिएको थियो । महाधिवेशनबाट मदन भण्डारीद्धारा प्रस्तुत नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद अत्याधिक मतका साथ अनुमोदन गरियो ।
पाँचौ राष्ट्रिय महाधिवेशन नेपाली कम्युनिष्ट आन्दोलनको एउटा महत्वपूर्ण बैचारिक टर्निङ पोइन्ट हो । महाधिवेशनबाट अनुमोदित नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवादका माध्यमबाट अन्तराष्ट्रिय रुपमा रक्षात्मक अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई नेपालबाट नयाँ शन्देश प्रवाह गरिएको थियो । माक्र्सवाद असफल नभइ सोभियत मोडेलको समाजवाद असफल भएको र त्यसबाट कम्युनिष्ट आन्दोलनले नयाँ शिक्षा प्राप्त गरेको शन्देश प्रवाह गरिएको थियो । जबजले मुख्य रुपमा कम्युनिष्ट पार्टी, कम्युनिष्ट पार्टीद्धारा सँचालित आन्दोलन, कम्युनिष्ट पार्टीद्धारा सँचालित राज्य सत्ता र अर्थतन्त्रको लोकतान्त्रिकरणमा जोड दिएको छ ।
जबजले हरेक सामाजिक आन्दोलनको नेतृत्व गर्दै समाजमा अब्बल सावित भइ जनमतद्धारा अनुमोदित भइ राज्य सत्ता सँचालन गर्नु पर्नेमा जोड दिएको छ । जबज अनिर्वाचित सत्ताको विपक्षामा रहेको छ । जनमतबाट निर्वाचित भएर मात्र राज्यसत्ता सँचालन गर्ने, कार्यकर्ताबाट अनुमोदित भएर मात्र पार्टीको नेतृत्व गर्ने मान्यतामा जोड दिएको छ । जबजले शान्तिपूर्ण रुपमा क्रान्ति सम्पन्न गर्न सकिने बिचार अघि सारेको छ । हतियारबाट सुसज्जित लालशेनाले मात्र क्रान्ति गर्दछन् भन्ने मान्यता जबजले त्यागेको छ । जुन सुकै देशमा ९५ प्रतिसत श्रमजीवि जनता हुन्छन्, खुल्ला समाज भएको देशमा जनमतबाट आमूल परिवर्तन ल्याउन सकिन्छ भन्ने मान्यता जबजले अघि सारेको छ । यो मान्यता नेपालमा परिक्षणबाट सफल सिद्ध भएको छ ।
जबजले बहुलवादी खुल्ला समाजको पैरवी गरेको छ । आज पनि नेपालका अन्य कम्युनिष्ट पार्टीहरुले बहुलवादी खुल्ला समाजको बिरोध गर्दछन् । यो उनीहरुको सैद्धान्तिक जडता हो । हाम्रो देश बहु जाती, भाषा, धर्म मान्ने मानिसहरुको फूलवारी जस्तै हो । यहाँ सामाजिक बहुलता छ त्यसकारण कम्युनिष्ट पार्टीले समाजमा रहेको बहुलतालाई अस्वीकार गर्नु ऐतिहासिक द्धन्द्धात्मक भौतिकवाद बिरोधि मान्यता हुन्छ । सोभियत समाजवादको अवशानमा यो पनि प्रमुख कारण रहेको थियो । जबजले समाजमा बहुलता हुने भए पछि बिचारमा बहुलता हुन्छ, बहु बिचारहरुको प्रतिस्पर्धाबाट नै राम्रो बिचार जन्मन सक्छ भन्ने मान्यता राख्दछ ।
जबजले जनवादी व्यवस्थाको चरणबद्ध बिकासको मान्यता अघि सारेको छ, एउटा लामो चरण पार गरेर मात्र जनवादी व्यवस्थाबाट बैज्ञानिक समाजवादमा रुपान्तरण गर्न सकिने मान्यता जबजले अघि सारेको छ । यस सन्दर्भमा मदन भण्डारीले एउटा पाइला दह्रो सँग नटेकी अर्को पाइला चाल्नु हुन्न अर्थात जनवादी व्यवस्थाको सुदृढिकरण नगरि समाजवादमा सङ्क्रमण गर्ने हतारो गर्नु हुन्न भन्नु भएको छ । पुर्वी युरोपका कम्युनिष्ट सत्ताहरु ढल्नुमा यो प्रमुख कारण रहेको बताउनु भएको छ ।
नेपालमा नेकपा (एमाले) ले राजनीतिक क्रान्ति सम्पन्न भए पनि आर्थिक, सामाजिक र साँस्कृतिक परिवर्तन ल्याउन बाकी रहेको हुनाले एकल बहुमतको सरकार र दुइतीहायी बहुमतको सरकारका माध्यमबाट जनवादी व्यवस्थालाई सुदृढ गर्न सकिने मान्यता अघि सार्दै पार्टीलाई मुख्य राष्ट्रिय शक्ति निर्माणमा जोड दिएको देखिन्छ ।
समग्रमा भन्दा नेपालको कम्युनिष्ट आन्दोलनमा जननेता मदन भण्डारीको महत्वपूर्ण योगदान रहेको छ । छिन्न भिन्न अवस्थामा रहेको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाइ शान्तिपूर्ण क्रान्तिका माध्यमबाट राजतन्त्र फालेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न, कोठा चोटा र जंगलमा रहेको कम्युनिष्ट आन्दोलनलाई नेपालको राज्यसत्ताको नेतृत्व गर्ने तहमा पु¥याउन मदन भण्डारीद्धारा प्रतिपादित जबजको महत्वपूर्ण योगदान रहेको छ । जबजले कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउने, २०६२/०६३ को आन्दोलनको बैचारिक मार्गदर्शन गर्ने र सरकारका नीति कार्यक्रममा बैचारिक मार्गदर्शन गर्ने मात्र गरेको छैन आगामी दिनको समृद्ध नेपाल, सुखी नेपालीको आकाक्षा प्राप्तीका लागी बैचारिक मार्गदर्शन समेत गरेको छ ।
नेपाललाई जबजको मार्गदर्शनमा समून्नत देश बनाउन सकिन्छ यसका लागी एउटा सर्त छ देश र जनताको जीवन प्रति समर्पित अनुशासित र एकताबद्ध विशाल कम्युनिष्ट पार्टी जसका माध्यमबाट जबजले लक्षित गरेको जनवादी र बैज्ञानिक समाजवादी व्यवस्थामा पुग्न सकिन्छ । जबज आज देखा परेका हरेक समस्याको समाधान दिन सक्ने समृद्ध सिद्धान्त हो । यस्तो सिद्धान्तका प्रतिपादक जननेता मदन भण्डारीलाई ७४ औँ जन्म दिवशका सन्दर्भमा हार्दिक श्रद्धासुमन ।