घोराहीमै स्वास्थ्य वीमाबाट उपचार हुन्छ

सविन प्रियासन

स्वास्थ्य वीमामा देखा परेको पछिल्लो रिफर वाला समस्या नेपाल भरिकै हो । यसमा कसैलाई दोष दिएर आफु उम्कनु भन्दा निकास कसरी निकाल्न सकिन्छ भन्ने हो । सरकारले ७५३ वटै पालिकामा पालिकास्तरीय व्यवस्थित अस्पताल बनाउने योजना ल्याएको छ । तर विभिन्न कारणले त्यस्तो अस्पताल सबै पालिकामा निर्माण हुन सकेका छैनन् ।

घोराहीमा भएको सरकारी अस्पताललाई एमबिबिएससम्मको पढाई र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छकि भनेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइयो । प्रतिष्ठानमा डाक्टर पढाई भैरहेको छ, विशषेज्ञ सेवा पनि दिएकै छ । राप्तीका र अन्य जिल्लाबाट पनि मानिसहरु उपचारका लागि आउने संख्या सयौ गुणाले बढेको छ । जसले गर्दा बिरामीको चाँप यति हुन्छकि सामान्य रुघा लागेको देखि अप्रेशनसम्म गर्ने बिरामी प्रतिष्ठानमा हुन्छन् । स्वास्थ्य विमाबाट औषधी खाइरहेकाहरु पनि भिडभडाकाका कारण दिनभरि लायनमा बस्नुपर्ने अवस्था छ । तसर्थ वीमा बोर्डले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य विमाको दोस्रो बिन्दु अर्थात रिफर सेन्टरकारुपमा लिस्टेड गरेको छ ।

राप्तीलाई मात्र होइन देशभरी यस प्रकारको निर्णय भएको छ । तर कतिपय जिल्लामा नगरकै सरकारी अस्पताल नभएका कारण स्वास्थ्य विमा सम्बन्धी प्रस्थान बिन्दुको समस्या देखा परेको छ । घोराहीमा पनि हाल सरकारी अस्पताल छैन । घोराही–४ भकारेमा भव्य संरचना नगर अस्पतालको निर्माण भैरहेको छ । यो निर्माण भएर अस्पतालकैरुपमा सञ्चालन हुन सम्भव त, एक वर्ष लाग्छ । तसर्थ यतिबेला घोराहीबासीका लागि वीमा बोर्डले तोकिदिएको सरकारी अस्पताल नभएका कारण स्वास्थ्य विमा प्राप्त गर्न केही समस्या सिर्जना हुन्छकि, बंगलाचुली, तुलसीपुरमा स्वास्थ्य वीमाबाट उपचार गराउन जानुपर्छकि भन्ने चिन्ता घोराहीमा व्यापक छ । यसलाई कतिपयले गलत तवरले प्रचार गरेको पनि देखिएको छ ।

म घोराहीबासीलाई अनुरोध गर्न चाहन्छु, स्वास्थ्य वीमा उपचारमा देखा परेको समस्या सरल तवरले समाधान हुनेछ । आत्तिनु पर्दैन, वीमा बोर्ड केन्द्रसँग हाम्रा गहन ढंगबाट यस विषयमा कुराकानी भएको छ । नयाँ विकल्प नहुँदासम्म जतिपनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रथम बिन्दुर मानेर स्वास्थ्य वीमामा आबद्ध हुनुभएको छ, केही समयका लागि राप्तीमै यो सेवा लिन पाउने गराउनेकि प्रतिष्ठानमा बढेको भीडभडाकालाई कम गर्न र भोलिका दिनमा आधारभुत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि घोराही–४ भकारेमा निर्माण भैरहेको नगर अस्पताल नबन्दा सम्म अर्को कुनै अस्थायीरुपमा भएपनि आधारभुत अस्पताल बनाएर स्वास्थ्य विमाको प्रथम बिन्दु तोक्ने भनेर घोराही उपमहानगरपालिकामा उपप्रमुख हुमा डिसी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, प्रवक्ता राममणि पाण्डेय, स्वास्थ्य शाखा सहित हामीले प्रभावकारी कार्ययोजना बनाउन जुटेका छौ । तसर्थ स्वास्थ्य वीमामा आबद्ध हुनुभएका सबैजनालाई स्वास्थ्य वीमा मार्फत उपचार प्राप्त गर्न अन्य ठाउँमा जानु पर्दैन । सबैको जय होस् । धन्यवाद ।

सविन प्रियासन (संयोजक, घोराही बनाऔं अभियान)

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *