प्राबिधिक शिक्षा,नेपाल र हाम्रो पुस्ता

गाेविन्द मल्ल

सामान्य अर्थमा जन्मदेखी मृत्युसम्मको बीचको अबधिमा अवस्यक पर्ने सम्पुर्ण ज्ञानहरुको सङ्कलन नै शिक्षा हो।यसले असल खराव छुट्टाउन सक्ने विवेक प्रदान गर्छ।मानवता नैतिकताका कुरा सिकाउछ।कुनै पनि कुराको निर्णय लिन सक्ने आधार निर्माण गर्छ,ईच्छाअनुसारको प्रतिभा विकासमा सहयोग गर्ने हुँदा शिक्षालाई प्रतिभारुपी विउको उर्बर भुमिको रुपमा लिईन्छ।शिक्षाका विभिन्न स्रोत र क्षेत्रहरु छन ।

ती स्रोत र क्षेत्रहरुमध्ये बाट विज्ञान र प्रविधिलाई प्रयोगमा ल्याई उत्पादन र उत्पादकत्वमा वृद्धि गरेर मानव जीवनमा अवस्यक पर्ने भौतिक तथा सामाजिक आवश्यकता/सुविधाहरु परिपुर्ति गर्ने शिक्षालाई प्राविधिक शिक्षा भनिन्छ।नेपालको ईतिहासमा २०३७ सालमा कर्णाली प्राविधिक शिक्षालय जुम्लाबाट यसको सुरुवात भएको मानिन्छ।

यसले २०४५सालदेखि आफुले स्वायत्तता प्राप्त गर्दै सस्थाको रुपमा स्थापना भइ विभिन्न काम गर्दै आई रहेको छ।यसले पढेर सर्टिफिकेट लिनको लागि भन्दा पनि केही ब्यबहारिक ज्ञान सीप सिकेर कम्तीमा पनि आफू स्वरोजगार हुने उदेश्य राख्दछ।
विश्व मान चित्रमा नेपाल एउटा कृषिप्रधान, भु- परिवेष्टिक,विकासोन्मुख र सम्भावना बोकेको राष्ट्र हो।हामी नेपालीहरुको ईच्छा चाहाना धेरै ठुलो छैन।खान लगाउन पुगोस् ,छोराछोरीले निशुल्क पढ्न लेख्न पाउन् ,स्वास्थको जिम्मा राज्यले लिओस,स-परिवार सङसङै बस्न पाईयोस।
यी र यस्तै मानव जीवनका सामान्य आधारभुत आबस्यकताहरु पनि हामीले उपभोग गर्न हम्मे हम्मे छ। साच्चिकै राज्यले हाम्रो देशमा भएका प्राकृतिक स्रोत साधन को सहि सदुपयोग गरेको खण्डमा मात्र पनि हामिले हाम्रा आधारभुत आबश्कताहरु पुर्ती गर्न सक्छौ।यसको लागि हामिले देश भित्र दक्ष प्राबिधिक जनशक्ति उत्पादनमा जोड दिनु पर्छ,राज्यले शिक्षा र स्वास्थमा लगानी गर्नुपर्छ।

ती दक्ष जनशक्तिलाई परिचालन गरेर उत्पादनमा जोडनु पर्छ।जस्तो उदाहरणका लागि:अहिले गाउँ गाउँमा सि.एम.ए /अनमी पढाई हुने शिक्षालयहरु छ्न त्यहाबाट ब्याबहारिक ज्ञान सीप आर्जन गरेर समाजमै योगदान गरेको कारण अहिले नबजात शिशु मृत्युदर/मातृमृत्यु दर घटेको छ।विभिन्न सरुवा रोग,सामान्य विरामी चेकजाचको सुविधा हामिले वडा कार्यालय बाटै लिन पाइरहेका छौ।त्यसैगरी भौतिक निर्माणका कामहरु(सडक,पुलपुलेसा,जलविद्युत,भवन) प्राबिधिक दक्ष जनशक्तिसङ परामर्श गरेर गर्दा विभिन्न प्राकृति प्रकोपहरु(बाढी पहिरो,भुकम्प )बाट हुने क्षतीलाई न्यूनीकरण गर्न सकिन्छ ।

अर्को उदाहरणको रूपमा हामीले लोडसेडिङ्को समय तालिका हेर्नुपर्ने अवस्था अन्त्य भएको कुरालाई लिन सक्छौ।त्यी विराकल अध्यारा दिनहरुबाट अहिलेको यो झिलिमिली संसारमा रुपान्तरण गर्नको लागि थुप्रै प्राविधिक जनशक्तिले योगदान गरेका छ्न।
यसैकारण माथी उल्लेख गरिएका दुई उदाहरणले के कुराको संकेत गर्छन भने हाम्रो देशको अहिलेको आधारभुत आवश्यकता शिक्षा र स्वास्थ हो।यसमा राज्यले लगानी गरेर दक्ष जनशक्ति उत्पादन -परिचालन गरि आत्मनिर्भर राष्ट्र निर्माण गर्नु हो।
यसलाई हामीले हाम्रो देशको परिस्थिति अनुकुल उपयोग गर्न सक्नु पर्छ।यसका पनि सकारात्मक नकारात्मक दुबै पक्ष छ्न।हामिले अधिकतम मात्रामा सकारात्मक पक्षको सदुपयोग गरेर समाजलाई केही न केही सेवा सुबिधा प्रवाह गर्न सक्नु पर्छ।अनि मात्र हाम्रो पुस्ताको औचित्य रहन्छ।हामीसङ प्रशस्त मात्रमा विद्युतिय उपकरणहरु(मोबाइल, ल्यापटप, टि.भि….आदि)उपलब्ध छन। यनिहरुबाट चल्ने विभिन्न सामाजिक सञ्जालहरु (फेसबुक,ट्विटर,युट्युब)छन।यी सबै बिज्ञान,प्रविधि र प्राबिधिक शिक्षा सङ सम्बन्धित रहेका छ्न।
हामीसङ कृषि,पर्यटन र जलविद्युतको सम्भावना प्रचुर मात्रामा छ।कुन ठाँउमा के उत्पादन हुन्छ त्यहाको हावापानी,माटोको अवस्था के छ भनेर निष्कर्ष निकाली परिणाममुखी बनाउनको निम्ति प्राविधिक शिक्षा अति नै आवश्यक छ।पर्यटनलाई सु- ब्यबस्थित गरेर बिदेशी मुद्रा आर्जन गर्न,बगिरहेका खोलाको पानीबाट विधुत उत्पादन गरेर ठुला ठुला उद्योग कारखाना सन्चालन गरि रोजगारिको सृजना गरेर विदेश विधुत निर्यात गर्न सक्यौ भने हाम्रो घाटामा रहेको अर्थतन्त्रलाई धेरै नै सहयोग पुग्छ।त्यसकारण माथी उल्लेख गरिएका विबिध विषयका कुराहरुलाई सन्चालान परिचालन र परिणाममुखी बनाउनको लागि राज्यले समयानुकूल निति निर्माण गरेर लगानी गर्नु पर्छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *