नेपालमा कति तहकाे सरकार आवश्यक छ ?

पाण्डव शर्मा

संविधानत: नेपालमा संघीय, प्रदेश र स्थानीय गरेर तीन ओटा तहका सरकार रहेका छन् ।

करीब साढे दुईसय वर्ष एकात्मक तथा केन्द्रिकृत राज्य व्यवस्था रहेकाे नेपालमा संघीयता कार्यान्वयन चुनाैतिपूर्ण थियाे नै । संविधान जारी भएकाे आठ वर्ष पुग्न लाग्दा नेपालमा स्थानीय सरकारहरूले आफ्नाे ओैचित्य सावित गरिरहेका छन् ।

सानाे कामले केन्द्र धाउनुपर्ने जनताको वाध्यतालाई स्थानीय सरकारले निकै सहज बनाएकाे छ । विकास निर्माणकाे याेजना निर्माण र कार्यान्वयनमा जन सहभागिता बढेकाे छ । तर, नेपालका प्रदेश सरकारहरू याे आठ वर्षकाे बीचमा निकम्मा सावित भएका छन् । प्रदेश सरकारकाे काम हरेक पार्टीका नेताहरूकाे व्यवस्थापन गर्ने उचित थलाे भने बनेका छन् ।

नेपालमा प्रदेश तह खारेज गराैं भनेर कसैले भन्दा बित्तिकै केही अल्पज्ञानिहरूले संघीयता बिराेधीकाे ट्याग लगाउन थालिहाल्छन् । नेपाल जस्ताे सानाे भुगाेल र थाेरै जनसंख्या भएकाे मुलुकमा तीन तहकाे सरकार धान्न सक्ने अवस्था छैन ।
बरू स्थानीय तहका सरकारहरूकाे संस्थागत विकासमा जाेड दिओैं तर, खर्चिलाे र निकम्मा प्रदेश तह खारेज गराैं ।

प्रदेश संरचना नभएरै संसारका विकसित देशहरूले संघीयता कार्यान्वयन गरिरहेका छन् । उनीहरूकाे विकास पनि तीब्र गतिमा भइरहेको छ । अमेरिका, चीन र रूस संघीयताको माेडेलहरू अपनाउने देशहरू मध्ये पर्ने छन्। तर यी देशहरूको संघीयताको माेडेलहरू एकअर्कासँग फरक छन्। यी देशहरूमा कति तहका सरकारहरू रहेका छन् भन्ने विषयमा निम्न जानकारी प्राप्त गर्न सकिन्छ:

अमेरिका: अमेरिका एक संघीय गणतन्त्र हो। यसले १७८७ मा संघीय व्यवस्था अपनाएको थियो। यसमा दुई तहका सरकारहरू रहेका छन्: केन्द्रीय सरकार र राज्य सरकार। यसमा ५० वटा राज्यहरू र एक वटा राजधानी क्षेत्र रहेको छ।

चीन: चीन एक संघीय जनवादी गणतन्त्र हो। यसले १९४९ मा संघीय व्यवस्था अपनाएको थियो। यसमा दुई तहका सरकारहरू रहेका छन्: केन्द्रीय सरकार र स्थानीय सरकार। यसमा २२ वटा प्रान्तहरू, पाँच वटा आत्मसंयोजक अञ्चलहरू, चार वटा शहरी शासित क्षेत्रहरू र दुई वटा विशेष प्रशासनिक क्षेत्रहरू रहेका छन्।

रूस: रूस एक संघीय गणतन्त्र हो। यसले १९९३ मा संघीय व्यवस्था अपनाएको थियो। यसमा दुई तहका सरकारहरू रहेका छन्: केन्द्रीय सरकार र राज्य सरकार। यसमा २२ वटा संघीय विषयहरू, ४६ वटा प्रान्तहरू, नौ वटा क्रायहरू, चार वटा आत्मसंयोजक अञ्चलहरू, दुई वटा शहरी शासित क्षेत्रहरू र एक वटा आत्मसंयोजक शहर रहेको छ।

.

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *