विश्वराज आचार्य
२१ ओटा क्याम्पमा ७ डिभिजन जनमुक्ति सेना तैनाथ थिए । पार्टीकाे भित्र र बाहिरबाट घेराबन्दी गर्दै जाँदा नेतृत्व अकर्मन्यतामा परेको जस्तो देखिन्थ्यो। म सामान्य जिल्ला स्तरको कार्यकर्ता तर नेताहरूसँग चिनजान र सम्पर्क भने थियो ।
नेताहरूसँगको भेटघाट र संवादले माओवादी आन्दोलनमा समस्या रहेको प्रस्ट हुन्थ्यो। क. विप्लवसँग नजानिदो लगाव थियो मेरो । म रविभवन स्थित उहाँको कोठामा करिब १ घण्टा आवेग आक्रोश मात्र हैन योजना सहित शान्तिप्रक्रियालाई क्रान्ति अनुकुल बनाउन पहल थालौं भनेको थिए । जनसेना लाई मात्र अध्यक्ष ले जे भन्यो त्यही मान्ने यन्त्र हैन यसलाई अलिकति चलायमान बनाम ।अध्यक्ष ले जे सोचे पनि प्रचण्डलाई सेनाले मान्दैन भन्ने तर्क दिन बाध्य पारौँ ।
सहिद बेपत्ता, घाइते योद्धा, सेना समायोजन, अन्तरिम संविधान निर्माण, कर्मचारी समायोजन लगायत धेरै विषयमा सशक्त आवाज उठाउँदै जनमुक्ति सेनालाई सांकेतिक विरोधमा उतारौ भनेको थिए । खै राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति के थियो कुन्नी मैले बुझेन जवाफ के दिनु भयको थियो कुनैदिन उहाँ सँगै सोध्ने समय जुर्ने छ।
संविधान सभाको चुनाब भयो। पार्टीको योजना, नेताको कार्यशैली, पटक्कै मन परेको थिएन । संविधान निर्माण नै आजको प्रमुख कार्यभार हो भन्ने मेरो जोड थियो। बिकास निर्माण मा जनतालाई जोड्ने नेता कार्यकर्ता प्रत्यक्ष श्रम मा जोडिने, जन सम्बन्ध बलियो बनाउने संगठन र जनता ले सडक बाट सरकार र संसद्ले सदन बाट जनपक्षीय संविधान निर्माण गर्ने र कार्यन्वयन मा जादा दलाल पुँजीपति प्रत्यक्ष टकराउन आँउछन् । अनि विद्रोह सृजना हुन्छ भन्ने हाम्रो एक सूत्रीय धारणा थियो। धेरै पटक यो बिषया विप्लव लगायतका नेतासँग छलफल गरियो परिस्थिति के थियो काठमाडौँ छोड्न किन सक्नु भएन समय आय सोधौँला।
सेना समायोजन या जे भनौँ सकियो तर सान्ती प्रकृया पुरा भएको थिएन, संविधान बनेकै थिएन पार्टी फुट्यो। पार्टी नफोडौ चीनमा माओले महान सर्वहारा सांस्कृतिक क्रान्ति गर्नु भयको थियो नेपाली विशेषताको त्यस्तै क्रान्ति यहाँ चलाम भनेर अन्तिम सम्म लडेको हु । म फुटेर जानेहरू ले क्रान्ति गर्न सक्दैनन् भन्ने जानेरै नगएको हुँ। प्रचण्डको साना साना १०० चोट भन्दा तपाईंहरू को पार्टी फुटाउने निर्णय १००० गुणा घातक र पीडादायक छ भनेको हुँ।
कल्पना गरौँ पार्टी नफुटेर एकजुट भएर संविधान निर्माण मा केन्द्रित भयको भय कस्तो संविधान बन्दो हो ?
सबै का सबै क्रान्ति देखियो, प्रचण्डले गल्ती आत्मसाथ गरेर टुटेको क्रान्ति जोड्दै हुनुहुन्छ। यदि सच्चा क्रान्तिकारी हो भने सबैले बाटो बिराएको मा आत्म समीक्षा गरौँ। प्रचण्डले क्रान्तिको रथ सोझाउदै हुनुहुन्छ सबै मिलेर उहाँलाई सहयोग गरौँ । नेता को बन्ने भन्ने मा मैले लिएको नीति भनिहाले अध्यक्ष आज महावीरको सन्दर्भमा गरेको अभ्यास मैले सेना समायोजन कै बेला अपनाम भनेको हुँ।
बिप्लब जि मा जनदवाव ले नेतृत्व र नीति परिवर्तन मा सकारात्मक चेन्ज ल्याउन सकिन्छ भन्ने अहिले आयको सोच मैले संविधान निर्माण कै बेला प्रस्ताव गरेको हुँ। त्यसैले नयाँ आन्दोलनको नेतृत्व गर्ने मैले हो त्यसपछि को झन नयाँ आन्दोलन को कुशल नेतृत्व गर्ने तपाईं युवा ले हो। युवा ले म गर्छु गर्न सक्छु भनेर अगाडि नबढे सम्म देश बन्दैन । धन्यबाद।