समाजमा आर्किटेक्टको महत्व

आ.ई. दिलिप राना

आर्किटेक्ट र सिभील इन्जिनियर एउटै हैनर ? यो प्रश्नबाट अक्सर गुजेको छु म । कहिले अभिभाबक कहिले बिधार्थी त कहिले समाजका बिशिस्ट व्यक्तिहरुबाट । बास्तबमा यो प्रश्नको उत्तर दिन तेती सहज छैन र यो प्रश्नको उत्तर एक लाइनमा पनि आउन्न अनि यो प्रश्नको उत्तर सबैले बुझ्न पनि सम्भब छैन । सामान्य सतही रुपमा हेर्दा दुई धारको तालमेल देखिन सक्छ तर गहिराहिमा पुग्दा यी दुई धार नितान्त फरक हो ।

सामाजिक, राजनीतिक र आर्थिक रुपान्तरणमा पनि निर्भर भएको आर्किटेक्चर इन्जिनियरिंग को बिकास पनि यो संगै रहने भन्न सकिन्छ । पश्चिम तथा यूरोपेली देशहरुमा यसको बिकासले नया आयाम लिइसकेको छ भने नेपालमा यो अझै सुरुवाती अवस्थामै छ भन्न सकिन्छ । समाजको रुपान्तरण र बिकासले जति छिटो फड्को मार्छ तेती नै छिटो आर्किटेक्चर इन्जिनियरिंगले नि मार्नेछ वा यसको उल्टोबाट पनि तेही नै अर्थ हुनेगरी बुझ्न सकिन्छ । अब यतीको भूमिका बाधीसकेसी आर्किटेक्चर भनेको बास्तबमा के हो त ?

आर्किटेक्चर शब्द बास्तबमा ग्रीक सभ्यता देखि आएको देखिन्छ, ग्रीक सभ्यतामा आर्किटेक्टन भन्ने शब्द प्रयोग गरिन्थ्यो जसको अर्थ मास्टर बिल्डर भन्ने हुन्छ अर्थात मुख्य निर्माता भनेर बुझौ पछि क्रमिक बिकास हुदै समय कालखण्ड परिवर्तित हुदै अहिले आर्किटेक्चर भन्ने गरिन्छ | मानव सभ्यताको बिकास संगै ढुंगे युगमा बास बस्न बनाइएका ढुंगा, पात, छहरा आदिका छाप्रा देखि एक्काईसौं शताब्दीका गगन चुम्बी इमारत, स्टील र कंक्रीटका आलिसान बंगला, स्टेडीयम, पार्क, पूल आदि संरचनाहरु आर्किटेक्चर क्षेत्रको बिकासको परिणाम भन्न सकिन्छ र जो समाज बिकासको / मानव सभ्यताको बिकासको सूचक पनि हो ।

आर्किटेक्चर भनेको कुनै पनि संरचनाको प्रमुख र प्रथम योजनाकार हो, तेस्पछि अन्य विधाहरु यसै संग संगै मिश्रित हुदै आउछन । यसको मतलब यो हैन कि अन्य विधाको महत्व कम छ | सबैको आफ्नो ठाउमा उत्तिकै महत्व छ र हुनुपर्छ पनि ।

तर, नेपालमा बिडम्बना मानिसले प्राय: आर्किटेक्ट र सिभील इन्जिनियरलाई उस्तै सोच्दिने गर्छन । अझ सिभील इन्जिनियरको इतिहास नेपालमा आर्किटेक्टभन्दा अलि हाबी भएको कारणले आर्किटेक्टको काम नि सिभील इन्जिनियरले लिएको पाइन्छ सामान्य तया नक्शा कोर्न जान्नु र नक्शा कोर्नुको बिज्ञता हासिल गर्नु धेरै फरक कुरा हो, तर नेपालमा अझै आर्किटेक्टलाई प्राथमिकतामा राख्ने कुनै सरकारी संयन्त्र देखिन्न ।

चाहे त्यो लोकसेवा आयोगको प्राबधान होस् या योजना, नक्सा सम्बन्धिको ऐन, कानुन नजिकै रहेको छिमेकि मुलुक भारतमा आर्किटेक्टहरुलाई योजना, डिजाइन सम्बन्धि दिने ग्राहेता र नेपालमा दिने ग्राहेता आकाश जमिनको फरक छ । तेसैले यसै बाट हाम्रो सामाजिक रुपान्तरण हुन धेरै बाकि छ भनेर पनि पुस्टि हुन्छ जबकी अहिले हामि चरम पुजिबाद अवस्थामा छौ जसमा हामीले गुणस्तर भन्दा पैसालाई माथि राख्छौ तेस्को अर्थ यो होकी हामीले सम्बन्धित काम को सम्बन्धित बिज्ञभन्दा पर गएर सबै काम आफै हडप्न खोज्छौ र यस्तै यस्तै कारणले आर्किटेक्चर विधा तेती फस्टाउन 3 पाएको छैन, जुन गति र जुन स्थितिमा अहिलेसम्म हुनुपर्थ्यो

अत: आर्किटेक्ट को महत्व समाजमा स्थापित हुनलाई पहिले समाजपनि बिकसित चिन्तनमा परिबर्तित भएको हुनुपर्छ| हामीले पैसा भन्दा गुणस्तरलाई मापनको रुपमा लिने स्थिति नआउदासम्म र माथि केन्द्रीय सरकारको ददृष्टिकोणमा आर्किटेक्टको बास्तविक पहिचान हुन नसकेसम्म देशमा रहेका आर्किटेक्टहरुले घरमा फुलबुट्टा भर्ने मान्छे र 3D बनाउने बेला काम लाग्ने मान्छे मात्रको संध्या नपाउला भन्न सकिन्न ।

बास्तबमा, आर्किटेक्ट समाज रुपान्तरणको एक प्रमुख हिस्सा हो भन्ने कुरा सर्बविदित र सर्बचिन्तन हुन जरुरी छ ।

 

(लेखल अनेरास्ववियू(क्रान्तिकारी) लुम्बिनी प्रदेश कमिटी सदस्य हुनुहुन्छ)

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published.