दाङको बंगलाचुलीमा नमूना मतदान , ६४ मतमा ५ आंशिक बदर

बंगलाचुली, २४ बैशाख । बैशाख ३० गते हुने स्थानिय निर्बाचन लाइ लक्षित गर्दै दाङको बङगलाचुलिमा आज नमुना मतदान गरिएको छ ।

निर्बाचन आयेगले मतदाताहरुलाइ सचेत गराउने उदेश्य अनुरुप प्रदेश निर्बाचन कार्यालयल दाङले दाङको बिकट मानिने बङगलाचुलि गाउपालिकालाइ छनौट गरि नमुना मतदान गरिएको हो ।
बङगलाचुलि गाउँपालिकाको वार्ड नम्बर ५ मुर्कुटिमा भएको नमुना मतदानमा ५२ जना पुरुष र १२ जना महिला गरि ६४ जनाले मतदान गरेका छन । ६४ मतमध्ये ५ वटामत मात्र बदर भएको र त्यहि पनि आंसिक रुपमा मात्र बदर भएको लुम्बिनि प्रदेश निर्बाचन अधिकारि नारायण प्रसाद भण्डारिले बताउनु भयो ।

राजनितिक दलहरुलेनै आफुलाइ आउने मत बदर नहोस भनेर मतदाताहरुलाइ मतदाता शिक्षा दिइरहेकाले मतदाताहरु सचेत रहेको निर्बाचन अधिकारि भण्डारिले बताउनु भयो ।

त्यसैगरि मतदाताहरुले यसअघि पनि एकपटक स्थानिय निर्बाचनमा भाग लिइसकेको र दलहरुले पनी मतदाताहरुलाइ मतदाता शिक्षा दिइरहेकाले नमुना मतदानमा बदर कम देखिएको र यसपटकको पालिका चुनाबमा पनि बदरमत कम हुने बिश्वास गरिएको नीर्बाचन कार्यालय दाङका शाखा अधिकृत रेवत बहादुर बुढाथोकिले बताउनु भयो ।

निर्बाचन अधिकारि भण्डारिका अनुसार मतदातालाइ सचेत र निर्बाचन सम्बन्धि सुशोचित गराउन आयोगले पत्रपत्रीका एफ एम रेडियो टेलिभीजनको माध्यमबाट मतदाता शिक्षा सम्बन्धि सुचना जानकारी प्रसारण गरिरहेको र आगामि २८ र २९ गते प्रत्येक मतदान केन्द्रमा २ जना मतदाता शिक्षा स्यमसेबक प्रत्यक्ष मतदाता शिक्षाका लागि खटिने जानकारि दिनु भयो ।

नमुना मतदान कार्यक्रममा प्रदेश निर्बाचन कार्यालय दाङका प्रमुख नारायण प्रसाद भण्डारि, शाखा अधिकृत रेवत बहादुर बुढाथोकि, सुचना अधिकारि गेहेन्द्र कुँवर बङगलाचुलि गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद पाण्डे लगायतको सहभागिता रहेको थियो ।त्यसैगरि नमुना मतदान कार्यक्रममा बङगलाचुलि गाउँपालिका मा संयुत्त गठबन्धन का तर्फबाट अध्यक्ष पदका उम्मेद्धार तुलसिराम पुन मगर शुबास उपाध्यक्ष पदका उम्मेद्धार भत्त बहादुर जि सि ले समेत भाग लीनु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *