डा.भानुभक्त धिताल
मानव स्वास्थ्यमा प्रतिरक्षा प्रणालीको सन्तुलन अत्यन्त महत्त्वपूर्ण हुन्छ र सामान्यतया बाह्य रोगजनकहरूबाट सुरक्षा प्रदान गर्नको लागि कार्यरत हुन्छ। आधुनिक चिकित्सा अनुसार अटोइम्युन रोगहरू त्यस्ता अवस्थाहरू हुन् जसमा शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै अङ्गहरूलाई हानी पुर्याउँछ।
आज हामी अटोइम्युन रोग (Autoimmune Disease) को बारेमा कुरा गरौँ।
•RA भनेको के हो?
-यो रगतमा पाइने एउटा एन्टिबडी हो।
•अब एन्टिबडी भनेको के हो त?
-एन्टिबडी भनेको शरीरको इम्युन सिस्टमले बनाएको विशेष खालको प्रोटिन हो जसले शरीरलाई रोगसँग लड्ने क्षमताको विकास गर्छ वा शरीरलाई रोगबाट जोगाउँछ।
•यो पोजिटिभ आयो भने के हुन्छ?
-यो यदि ल्याबमा रगतको परीक्षण गर्दा पोजिटिभ आयो भने शरीरमा Auto immune disease हुन सक्ने सङ्केत दिन्छ।
•Auto Immune disease भनेको के हो त?
-सामान्यतया इम्युन सिस्टम भन्नाले शरीरको रोगसँग लड्ने क्षमता भन्ने बुझिन्छ तर Auto Immune Disease चाहिँ cells,tissue,organs हरूलाई enemy सम्झेर अट्याक गर्छन्।
•किन र के कारणले गर्दा Auto Immune Disease हुन्छ?
-जेनेटिक (Family history)को कारणले गर्दा,
-इन्फेक्सन(सङ्क्रमणले गर्दा),
-(Hormonal factors)को कारण,
-(Environmental factors)को कारण
शरीरमा धेरै किसिमका Autoimmune disease हुन सक्छन् र तिनीहरूले शरीरको नर्भस सिस्टम, डाइजेस्टिभ सिस्टम, इन्डोक्राइन सिस्टम, जोर्नीहरू, मांसपेशी र छालाको रोग उत्पन्न गर्छन् ।
Normal value (0-20IU/ml)
यदि 20 भन्दा माथि आयो भने RA पोजेटिभ मानिन्छ ।
विशेषगरी यो चाहिँ Rheumatoid Arthritis संग सम्बन्धित रहेको छ।
तर यो पोजेटिभ नै आयो भने पनि (Rheumatoid Arthritis)हुन्छ भन्ने चाहिँ हुँदैन । अन्य अवस्थामा पनि (RA Positive)आउन सक्छ।
के के मा पोजेटिभ आउन सक्छ त?
-Chronic Infection
-Liver disease
-Old Age मा कहिले काहिॅं
-Autoimmune disease मा पनि।
•Auto Immune Disease लाई कसरी व्यवस्थापन/कन्ट्रोल गर्ने ?
-एन्टी इन्फ्लामेटोरी मेडिसिन प्रयोग गर्ने, -लाइफस्टाइल(जिवनशैली)
-डाइट(Diet)
-एक्सर्साइज(Exercise)
अब आयुर्वेदमा Rheumatoid Arthritis लाई जोडेर हेर्दा यसलाई “आमवात”भनेर बुझ्न सकिन्छ।
“आम” भन्नाले पाचन नभएको खाना वा शरीरमा जम्मा भएको बिष अथवा Toxin भन्ने वुझिन्छ।
“वात” भन्नाले शरीरको गति, मुभमेन्ट भन्ने वुझिन्छ।
यो रोग आम + वात दोषको विकृतिबाट उत्पन्न हुन्छ।
शरीरमा आमवातको उत्पन्न भएमा (जम्मा भएमा) जोर्निहरूमा सुजन(Inflammation), pain आदि हुन्छ।
•आमवातको लक्षणहरू:
-शरीरको जोर्नीहरू दुख्ने, (especially)बिहानको टाइममा
-Morning stiffness
-सुन्निने(swelling)
-हल्का रातोपन
-शरीर थाकेको जस्तो महसुस हुने
-दुवै हात खुट्टाको जोर्नीहरूमा असर देखिनु।
•आमवातको कारणहरू:
-पाचन प्रणालीमा असर पर्ने खानेकुरा खानाले
-हेभी, ओइली, कोल्ड, जङ्क फुडको निरन्तर प्रयोगले।
-एकदमै अल्छिपना, व्यायाम, कसरत आदिको कमिले
-धेरै चिन्ता(Stress)लिनाले
-अनियमित दिनचर्या
•आयुर्वेदमा यसको उपचार उचित आहार बिहार र औषधिको सहायताले गर्न सकिन्छ।
१.आहार, (Diet)कस्तो खाने ?
-तातो र हल्का खाना (जस्तै:-दालको सुप तरकारी)
-सागसब्जी(लौका करेला फर्सी)
-पुरानो चामल, जौ,गहुँको रोटी
-अदुवा वेसार,लसुनको प्रयोग (किनकि यसमा anti-inflammatory गुण हुन्छ)।
•के नखाने ?
-चिसो खाने कुरा(फ्रिजको)
-दही(रातिमा)
-तारेको,भुटेको,अत्याधिक चिल्लो खानेकुरा
-धेरै मसालेदार,जङ्क फुड,चिनी
२. बिहार(lifestyle)बानी व्यवहार:के गर्ने?
-बिहान छिटो उठ्ने
-दैनिक योग प्राणायाम(अनुलोम-विलोम)
-हल्का एक्साइज(walking,stretching )
-jointsमा आयुर्वेदिक जडीबुटीबाट बनेका तेलले मालिस गर्ने
के नगर्ने?
-धेरै चिसो हावा पानीमा बस्ने
-राति ढिलो सुत्ने
-धेरै स्ट्रेस(stress)लिने
औषधि :
आयुर्वेदिक औषधि सेवन गर्दा जहिले पनि आयुर्वेदिक चिकित्सकको सल्लाह अनुसार गर्ने।
सामान्य प्रयोग गर्न सकिने जडीबुटीहरू : -अश्वगन्धा चूर्ण(शरीरलाई बलियो बनाउँछ)
-गुग्गुलु(Guggulu):-joint pain र swelling घटाउन मद्दत गर्छ
-पुनर्नवा चूर्ण(Inflammation कम गर्न मद्दत गर्छ)
आमवातमा पञ्चकर्मको प्रयोग पनि गर्न सकिन्छ।
जस्तै:-
-वस्ति(medicated enema)
-अभ्यङ्ग(oil massage)
-स्वेदन(steam therapy)
सारांश :
-५०%सही आहारले
-३०%सही लाइफस्टाइलले
-२०%औषधीले आमवातलाई व्यवस्थापन गर्न सकिन्छ।
डा.भानुभक्त धिताल अहिले काठमाडौँको धुम्बाराईमा रहेको आयुष हेल्थ केयर सेन्टरमा कार्यरत हुनुहुन्छ।

