दीपशिखा आवासीय माविमा रक्तदान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

कमल ओली

दाङ । घोराही उपमहानगरपालिका–१५ स्थित दीपशिखा आवासीय माध्यमिक विद्यालयमा आज रक्तदान तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद शर्माको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाइ समिति दाङका प्रमुख देवमणि चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका संस्थापक सदस्यहरू हरिप्रसाद गौतम, माधव न्यौपाने, पुरुषोत्तम खनाल, राम थापा तथा अभिभावक एवं पत्रकार कमल ओली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

रक्तदान कार्यक्रममा सन्तोषकुमार शर्मा रेग्मी, अमृत शर्मा, उत्तम ज्ञवाली, बेदु अधिकारी, बसन्त शर्मा, ऋषिराज चौधरी, रामबहादुर खत्री, कविराज चौधरी, सुशील चौधरी, टेकबहादुर शाही, किरण विक्रम पौडेल, दिव्या गौतम, प्रमोद चौधरी, सोनु विश्वकर्मा, सन्तोष चौधरी, अशोक भुसाल, बिमला थापा, मोहनप्रकाश अधिकारी, सुनिता भुसाल, अमृत श्रेष्ठ, मिलन चौधरी, नारायण भण्डारी, महेश सुवेदी, हरि गोविन्द श्रेष्ठ, सुजित शर्मा लगायत गरी जम्मा २६ जनाले रक्तदान गर्नुभएको थियो।

रक्तदान कार्यक्रमपश्चात प्रमुख अतिथि देवमणि चौधरीले ब्यानर वाचन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने ४०० भन्दा बढी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि चौधरीले पुरस्कृत विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै विद्यालयले सञ्चालन गर्दै आएका शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूको प्रशंसा गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद शर्माले आगामी ११ गते हुने विद्यालयको ३३औँ वार्षिक उत्सव समारोहमा सम्पूर्णलाई सहभागी हुन आग्रह गर्नुभयो। साथै उहाँले कार्यक्रम सफल बनाउन योगदान गर्ने शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, प्रमुख तथा विशिष्ट अतिथि, पत्रकार तथा रक्तदान गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

कार्यक्रम विद्यालयका शिक्षक तथा पूर्व प्रधानाध्यापक धनबहादुर बिसीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षिका रिता शर्माले गर्नुभएको थियो।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *