
घोराही, १८ श्रावण
दाङ जिल्ला बंगलाचुली गाउँपालिका ४ निवासी युवा हिमाल महराले आफ्नो जन्मदिनको अवसरमा रक्तदान गर्नुभएको छ ।
जन्म दिनमा रचनात्मक काम गर्ने उद्देश्य अनुसार रक्तदान गरिएको उहाँले जानकारी दिनुभयो । महराले रक्तसञ्चार सेवा केन्द्र घोराही पुगेर रक्तदान गर्नुभएको हो ।
महरा बंगलाचुली क्रिकेट समन्वय समितिका संयोजक एवं स्टार युवा क्लबका कोषाध्यक्ष हुनुहुन्छ ।