चर्चा पायो रिताको बेसार पानीले

केएम निष्ठुरी
देशमा कोरोना भाइरसको महामारीले आक्रान्त बनाएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार पानी खाए कोरोना भाइरस नलाग्ने प्रतिक्रिया दिए संगै बेसारपानीको परिचर्चा पनि ब्यापक रुपमा फैलियो ।

बेसार पानीको चर्चा चलेपछि विभिन्न कलाकारहरुले बेसार पानीको परिचर्चा गर्दै गीत बनाउन तथा प्रहसन गर्न तल्लिन भए ।
यसैबेला तीज पनि नजिकिदै गर्दा चर्चित तथा लोकप्रिय लोकदोहोरी गायिका रिता केसीले पनि आफ्नो तीज कोसेली ूबेसार पानी खाउू सार्वजनिक गरिन ।

हिन्दु नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा गायिका रिता केसीले लिएको तीज कोसेली ूबेसार पानी खाउ’ले पनि उतिकै चर्चा बटुल्यो जति कोरोना को औषधी बेसार पानी हो भनेर प्रधानमन्त्रीले बोल्दा चलेको थियो ।

देश भित्र र बाहिर विभिन्न मेला पर्वमा ब्यस्त हुने गायीका केसीले समय सान्दर्भिक तीज गीत निकाल्ने क्रममा आएको ‘बेसार पानी खाउ’ ले यतिबेला नेपाली सांगीतिक क्षेत्रमा चर्चा बटुलेको छ ।

लोकदोहोरी मात्र नभएर प्रायजसो सबै प्रकारको गीत गाउने गायिका केसीले २०७७ तीजको अवसर पारेर लिएको बेसार पानी अहिले सबैको मोबाइलमा बज्ने गीत हो भने सामाजिक संजाल टिकटकमा पनि यो गीतको चर्चा उतिकै छ ।

म्युजक मस्ती प्रालिले निकालेको बेसारपानी खाउमा ललित केसीको शब्द रलय, ललित केसी र रिता केसीको स्वर रहेको छ भने संगीत संयोजन बिनोद पराजुलीले गरेका छन् । छोटो समयमा नै चर्चा बटुल्न सफल गीत बेसारपानी खाउ मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो ।

यसै बर्ष रिताका तीन वटा तीज गीत
लोक दोहोरी क्षेत्रमा मात्र नभएर आफुलाई आधुनिक तथा फिल्मी गाना गाएर भ्रस्टायल गायीकामा स्थापित गर्न सफल गायीका केसीले यस बर्ष मात्र तीन वटा तीज गीत सार्वजनिक गरेकी छिन ।

तीज आउदा होस् वा अन्य कुनै समय होस् सधैं गायन क्षेत्रमै ब्यस्त रहने गायीका केसीले यस वर्ष मात्र उधारो, छड्के नजर र बेसार पानी खाउ नामक तीज गीत निकालेकी छिन । सालिन गायीका केसीका प्राय सबै जसो गीतहरुले नै चर्चा पाउने गरेकाछन ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *