कला लम्सालको तीज गीत चरी भररले ततायो तीजको माहोल

हिन्दु नारीहरुको महान पर्व हरितालीका तीजलाई मध्यनजर गर्दै विभिन्न राष्ट्रिय कलाकारहरु तीज गीत लिएर बजारमा आउने गर्दछन । तीजको मौसममा दर्जनौं कलाकारहरुले तीज गीत लिएर बजारमा आएपनि बजार तताउने गरि तीज गीत लिएर आउने कलाकारहरु औंलामा गन्न लायक मात्र हुन्छन ।
दर्जनौं कलाकारहरुको भिडमा आफ्ना गीति कोसेलीहरुलाई वर्षेनी सुपरहिट बनाएर नेपाली लोक गित क्षेत्रमा छुट्टै पहिचान राख्न सफल गायिका हुन् कला लम्साल । यिनै सुपरहिट गायिका लम्सालले यतिबेला आफ्नो तीज गीत ‘चरी भरर’ लिएर बजारमा आएकिछिन ।
सुपरहिट तीज गीत पातालीका बिभिन्न संस्करणहरु दर्शकहरुका बीच अत्यन्तै लोकप्रिय भएपछी बजारमा आएको लम्सालको तीज गित ‘चरी भरर’ पनि छोटो समयमै अत्यन्तै रुचाइएको छ ।
खासा गरि नेपाली ग्रामिण भेगका नारीहरुको दिनचार्य, उनीहरुको जीवन भोगाई र चाडपर्वको वास्तविकता समेटेर नेपाली समाजको यथार्थता चित्रण गरिएको गीत ‘चरी भरर’ सबै उमेर समुहका नेपाली हिन्दु नारीहरुको बीच लोकप्रिय बनेको छ ।

आफैमा नेपाली टिपिकल पोशाकमा देखापर्ने लोकप्रिय गायिका लम्सालको पछिल्लो समय सार्वजनिक भएको तीज गीतमा प्रकाश पराजुलीको शव्द संगीत रहेको छ भने नृत्य नारायणी खत्री, जुनु एसडी र कला लम्सालको रहेको छ । अभिनय भने ओभि रायमाझी र कला लम्सालको रहेको छ । त्यस्तै निर्देशन भने काजीस श्रेष्ठले गरेका छन् ।
पछिल्लो समय तीज गीतमा आइरहेको भड्किलो प्रस्तुतीलाई ओझेल पर्दै बर्षेनी टिपिकल शब्दमा गीत प्रस्तुत गर्ने लम्सालको नयाँ गीत चरी भरर पनि दर्शक श्रोता सामु अत्यन्तै रुचाइने गायिका लम्सालको विश्वास रहेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *