एमालेको राष्ट्रिय महाधिवेशन,राजनीतिक परिवेश र जन अपेक्षा

                                                                डा.शुरामणि बेल्बासे
नेपाल यतिबेला पुन जटिल सङ्क्रमण कालीन मोडमा उभिएको छ । २०७२ आस्विन ३ गते सार्वभौम जनताबाट निर्वाचित संबिधान सभाले नयाँ संबिधान जारी गरे पश्च्यात देशमा अब सङक्रमणकाल समाप्त भयो, देश अब राजनीतिक स्थिरताको बाटोमा अघि बड्छ भन्ने ठानिएको थियो । नयाँ संबिधान जारी भए पश्च्यात २०७४ मा सबै तहका निर्वाचन सम्पन्न गरेर संघीयताको अभ्यास शुरु गरिएको थियो । नेपालमा २०७४ देखि २०८२ सम्म आउँदा तुलनात्मक रुपमा बिकासका हिसाबले यो आठ वर्षको समय निकै महत्वपूर्ण मानिन्छ । भौतिक बिकासका दृष्टिले यो आठ वर्षमा हजारौँ किलोमिटर सडक निर्माण गरिएको छ । नेपालका सबै जिल्ला र पालिकामा सडक सँजाल निर्माण भएका छन् । निकै राम्रा सडकहरु पनि निर्माण भएका छन् । स्वास्थ्य क्षेत्रमा पनि यो आठ वर्षमा सबै प्रदेशमा प्राणघातक रोगको उपचार हुन सक्ने राम्रा अत्याधुनिक सुबिधा सहितका प्रदेश अस्पताल, जिल्ला अस्पताल, पालिका स्तरमा आधुनिक स्वास्थ्य चौकीहरुको स्थापना गरिएको छ । आज करीब सबै पालिकाका अस्पतालमा दरबन्दी सहित डाक्टरहरुको सुबिधा उपलब्ध भएको छ ।
 नेपालीहरुको औसत आयु दक्षिण एसियाका देशहरु मध्ये मध्यम स्तरमा पुगेको छ । नेपालीहरुको प्रति व्यक्ति आम्दानी पछिल्लो यो आठ वर्षमा बडेर हाल करीब १५०० डलर पुगेको छ, गरीवीको रेखा मूनिको सँख्या घटिरहेको छ । अन्य देशसंगको व्यापार बिस्तारै संतुलनको दिशामा जाँदै थियो, पहिला भन्दा व्यापार घाटा कम हुँदै गएको थियो । नेपाल यो आठ वर्षमा बिद्युतमा आत्मनिर्भर भएको छ र आज नेपालले भारत र बंगलादेशलाई बिद्युत बेचिरहेको छ । करीब ९८ प्रतिसत नेपाली आज बिजुली बत्ती बाल्न सक्ने भएका छन् । पिउने पानीको व्यवस्था पनि राम्रो हुँदै गएको छ, ९८ प्रतिसत जनताको घरमा आज सफा पिउने पानी पुगेको छ । नेपालीहरुको शाक्षरता प्रतिसत पनि बढीरहेको छ, दक्षिण एसियाको मध्यम शिक्षित देशका रुपमा नेपाल पुगेको छ ।
नेपाल यतिबेला सुरुङ मार्ग युगमा प्रवेश गरेको छ, काठमाण्डौ­नौविशे लगायत देशका झण्डै आधा दर्जन ठाँउमा सुरुङ मार्ग बनिरहेका छन् । नेपालले आनै देशमा रहेका खानी उत्खनन गरेर पेट्रोल, ग्यास, तेल, फलाम जस्ता बस्तुहरुबाट आत्म निर्भर बन्न खोजिरहेको छ । दैलेखको जलजलेमा निकै ठूलो ग्यास भण्डार पत्ता लगाएर त्यहाँ उत्खननको काम भैरहेको छ । त्यस्तै देशका बिभिन्न ठाँउमा रहेका धातु खानी उत्खननका योजना बनाइ कार्यान्वयनको चरणमा रहेका थिए । देशको राजधानी काठमाडौ लगायत बिभिन्न शहरमा ठूला ठूला स्टेडीयमहरु निर्माण गरिएको छ । यो आठ वर्षमा नेपालले व्यवसायीक क्षेत्रमा पनि उल्लेख्य बिकास गरेको छ । साना देखि मझौला र ठूला उद्योगहरु स्थापना गरिएका छन् । पर्यटन क्षेत्रमा पनि उल्लेख्य बिकास भएको छ । देशका सबै शहरहरुमा ठूला सुबिधा सम्पन्न होटलहरु सँचालन गरिएका छन् । यही समयमा पोखरा र भैरहवामा अन्तराष्ट्रिय एयरपोर्ट निर्माण गरिएको छ । यही समयमा नेपाल अत्यन्तै कम बिकसित देशहरुको सूचीबाट बिकासउन्मुख देशको सूचीमा रुपमान्तरण हुन लागेको छ । यही समयमा नेपाल संसारका दश दु्रत बिकास भैरहेका देशमा दर्ज भएको थियो । समग्रमा भन्दा यो आठ वर्षमा नेपालले इतिहासका कुनै पनि युगका आठ वर्षमा गर्न नसक्ने काम गरेको छ जुन तथ्यबाट पुष्टि हुन्छ ।
संघीयता कार्यान्वयनको यो आठ वर्षमा नेपालले बिकासमा फड्को नै मारेको छ । यो समयमा भएका सम्पुर्ण बिकास निर्माणका कामको मुख्य नेतृत्व केपी शर्मा ओलीले गर्नु भएको छ । करीब साडे चार वर्ष सरकारको नेतृत्व गर्दा देश बिकासको नेतृत्व वहाँले गर्नु भएको हो । केपी शर्मा ओली प्रधानमन्त्री बनेर नेपालको राष्ट्रिय अखण्डताको पक्षमा पनि महत्वपूर्ण काम गर्नु भएको छ । भारतद्धारा लगाइएको नाकाबन्दीको अन्त्य गर्दै चीनसंग पारबहन संधी गरि नेपाललाई ल्याण्ड लक्ड कन्ट्रीबाट ल्याण्ड लिंक्ड कन्ट्रीमा रुपान्तरण गरिएको छ । भारतद्धारा अतिक्रमित कालापानी, लिकुलेक र लिम्पिया धुरालाई समेटेर जारि गरिएको सार्वभौम नेपालको नक्शालाई संयुक्तराष्ट्र संघमा दर्ता गरिएको छ । संघीयता अभ्यासमा आएको यो आठ वर्ष हरेक दृष्टिले नेपालको स्वर्णिम समय भएको तथ्यद्धारा पुष्टि भएको छ । तर हालै नेपालमा जेन्जी आन्दोलनका नाममा केपी शर्मा ओली नेतृत्वको सरकार ढालिएको मात्र छैन त्यो आन्दोलनका नाममा नेपालको सिँह दरवार, सर्वोच्च अदालत, राष्ट्रपति भवन लगायत नेपाल राष्ट्रका पुरातात्विक महत्वका सँरचना ध्वस्त पारिएको छ । भर्खरै बामे सर्दै गरेको व्यवसायीक क्षेत्रलाई पनि ध्वस्त पारिएको छ । खरवौंको क्षती गरिएको छ र यो आन्दोलनका बलमा नेपालको संबिधानले नचिन्ने पुर्व प्रधानन्यायधिस शुसिला कार्कीलाई नेपालको प्रधानमन्त्री बनाइएको छ । जनता द्धारा निर्वाचित संसद विघटन गरिएको छ । जेन्जी आन्दोलनका मागहरु शुसाशन र सामाजिक संजालको निर्वाध प्रयोग मात्र थिए तर काठमाडौंका कलेजहरुमा अध्यनरत बिद्यार्थीहरुलाई स्कुल ड्रेस मै आन्दोलनमा बोलाएर सरकारद्धारा पहिले देखि नै निषेधित क्षेत्र संसद भवनमा तोडफोड र आगजनी गर्न लगाउने र उक्त आन्दोलनमा घुसपैठ गरि गोली चलाई अबोध बालबालीकाको जघन्य हत्या समेत गर्ने कार्य त्यो आन्दोलनका आर्कीटेक्टहरुद्धारा गरिएको तथ्य बाहिर आएको छ । भाद्र २३ र २४ गते आन्दोलनका नाममा देशै भरि जुन ताण्डव गरियो त्यसले नेपालको सार्वभौम सत्तालाई समेत गंभिर चुनौति दिएको छ ।
यो आन्दोलनबाट नेपालको इतिहासमा नभएको क्षती भएको छ तर जनताले प्राप्त गरेका उपलब्धी पनि गुम्ने खतरा रहेको छ । आन्दोलनलाई सिरानी बनाएर पश्चिमा अन्तराष्ट्रिय शक्तिले नेपालमा अस्थिरता उत्पन्न गरि आनो शैन्य अड्डा स्थापना गर्ने र छिमेकी चीनलाई नजिकबाट अव्‌जर्व गर्न खोजिरहेको छ । साथै नेपालमा रहेका विभिन्न महत्वपूर्ण खानीहरुमा पनि आँखा लगाएको सहजै अनुमान गर्न सकिन्छ । त्यस्तै दक्षिणको छिमेकीले पनि नेपालले गरेको प्रगति प्रति क्षुब्दता प्रकट गरेको छ । खासगरि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको हेपाह प्रवृत्तिका बिरुद्ध लिएको अडानबाट तर्सिएर नेपालमा अस्थिरता उत्पन्न गर्नका लागी भारत पनि पहिले देखि नै लागिरहेको थियो । यता देश भित्र केपी शर्मा ओली नेतृत्वको सरकारका बिरुद्ध एकथरी कम्युनिष्ट शक्ति, प्रियतावादी शक्ति र पुनरउत्थानवादी शक्ति लागे कै थिए । ती सबैको परिणाम आज देशमा चरम अराजकता र संसयको राजनीतक अवस्था उत्पन्न भएको छ । यी सबै शक्तिले एमालेलाई प्रहार गरिरहेका छन्, एमालेको मुख्य नेतृत्वलाई स्थानहद गर्ने, कार्यक्रम गर्न नदिने र कार्यक्रम गरिहाले आक्रमण गर्ने सम्मका काम गरिरहेका छन् । सामाजिक संजालहरुमा फेक आइडीका माध्यमबाट अत्यन्तै अस्लील गाली गर्ने, धम्की दिने र गंभिर आरोपहरु लगाइ एमालेको शक्तिलाई कम्जोर बनाउने अभियान नै चलाइएको छ । विरोधिहरुले एमालेलाई राजनीतिक मंचबाट उठ्नै नसक्ने गरि थला पार्न खोजिरहेका छन् । राष्ट्र र जनताको पक्षमा सबै भन्दा राम्रो काम गरिरहेको एमालेका विरुद्ध चोतर्फी आक्रमण हुनुको सिधा अर्थ हो राष्ट्रको हीत नचाहने शक्तिले आनो अस्तित्व बचाउन एमालेलाई कम्जोर बनाउन खोजिरहेका छन् । एमाले कम्जोर हुनु भनेको देशमा राजनीतिक अस्थिरता उत्पन्न हुनु हो, जनता अधिकारबीहिन हुनु हो, देशलाई समृद्धिको बाटोमा हिंडन नदिनु हो र देशलाई थप संकटमा फसाउनु हो ।
यस्तो समयमा नेकपा (एमाले) ले यही २०८२ मंसिर २७ देखि २९ सम्म काठमाडौमा अर्ली महाधिवेशनको आयोजना गरेको छ । एमाले बिरोधी शक्तिहरुले यो महाधिवेशनबाट एमालेमा बिग्रह उत्पन्न होस भन्ने कामना गरिरहेका छन् र बिग्रह ल्याउनका लागी प्रयास पनि गरिरहेका छन् तर जनताले एमाले थप बलीयो बनोस्, एकताबद्ध बनोस् र राष्ट्रलाई सहि निकास देओस् भन्ने कामना गरिरहेका छन् । यो महाधिवेशनले राष्ट्रलाई अनिश्चय र संसयको भूमरीबाट निकास दिन सक्नु पर्दछ, पार्टीलाई बैचारीक साँगठानिक रुपमा थप शसक्त बनाउनु पर्दछ । जेन्जी आन्दोलनको आवरणमा भएको प्रतिगमनलाई परास्त गरी देशलाई संबिधानको लीगमा ल्याउन, राष्ट्रिय सहमतीको जन म्यान्डेट सहितको सरकार निर्माण गरि संबिधानको आवश्यक संसोदन सहित देशमा राजनीतिक स्थिरतालाई शुनिश्चित गर्दै अगाडि बड्नु पर्दछ । आजको एमालेका मख्ुख कार्यभार पनि यीनै हुन् । त्यसकारण देशलाई संकटबाट मुक्त गरी समृद्धिको बाटोमा अगाडि बडाउन र जनताको भाग्य निर्माण गर्न स्पष्ट नीति, योजना, कार्यक्रम र नेतृत्व सहित अगाडि बड्नु आजको मुख्य आवश्यकता हो । महाधिविेशनको प्रक्रियामा रहेको एमालेले भोली मंसिर १३ गते देश र प्रवासमा एकै दिन प्रतिनिधि छनोट गर्दै छ, पार्टीलाई थप एकताबद्ध र शसक्त बनाउन संभव भए सम्म सर्वसम्मत र सर्वसम्मत हुन नसके पार्टीको मार्गदर्शक सिद्धान्त जबजले पार्टी भित्र र बाहिरको प्रतिस्पर्धामा अब्बल हुनु पर्ने मान्यता स्थापित गरेको छ त्यसको समेत अभ्यास गर्दै असल र क्रान्तिकारी स्पिड बोकेका प्रतिनिधि छनोट हुन सकुन् बिरोधीहरुको बिग्रहको कामनालाई निस्तेज पार्दै सबैलाई समेटेर सर्वसम्मत नेतृत्व समेत निर्वाचित हुन सकोस् महाधिवेशन सफलताको हार्दिक शुभकामना ।
[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *