प्राविधिक कलेजले सीपयुक्त जनशक्ति उत्पादन गर्नुपर्छ : काफ्ले

प्राविधिक कलेजले सीपयुक्त जनशक्ति उत्पादन गर्नुपर्छ : काफ्न

चेतना अनलाइन

घाेराही, ६ माघ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का सदस्य सचिव जीवनारायण काफ्लेले प्राविधिक कलेजहरूले सीपयुक्त जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएकाे छ ।

दाङकाे घाेराही स्थित लुम्बिनी प्रदेशकै नमुना शिक्षालय सहिद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयकाे निरीक्षण गर्दै उहाँले प्राविधिक कलेजहरूले सैद्धान्तिक ज्ञान मात्र नभएर व्यवहारीकरूपमै सीपयुक्त जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएकाे हाे ।

उहाँले कृष्ण सेनलाई सरकारले नमुना शिक्षालय घाेषणा गरिसकेपछि निकै राम्राे काम गरेकाे बताउनुभयाे । उहाँले शिक्षालयकाे थप भाैतिक तथा जनशक्ति व्यवस्थापनका लागि आफूले सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रममा सिटिइभिटीका पाेली टेक्निक डाइरेक्टर यमप्रसाद भुर्तेलले शिक्षालयकाे शैक्षिक तथा समग्र सुधारका लागि आफूहरूले सक्दाे सहयाेग गर्ने बताउनुभयाे ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन गाैतमले दाङलाई प्राविधिक शिक्षाकाे हब बनाउने आफूहरूकाे याेजना भएकाे बताउनुभयाे । उहाँले शिक्षालय स्थापनाका लागि यहाँका राजनीति दलहरू, जनप्रतिनिधि, शिक्षाप्रेमी तथा सिटिइभिटीले राम्राे सहयाेग गरेकाे बताउनुभयाे ।

शिक्षालयका प्रमुख अच्युतराज दाहालले शिक्षालयकाे समग्र विकासका लागि दीर्घकालीन गुरूयाेजनाकाे तयारी भइरहेकाे बताउनुभयाे ।

दाङ साविक राप्ती क्षेत्रकाे शैक्षिक केन्द्र भएकाे उल्लेख गर्दै दाहालले कृष्ण सेन शिक्षालयले यहाँ प्राविधिक जनशक्ति उत्पादनमा थप याेगदान दिने धारणा व्यक्त गर्नुभयाे ।

कार्यक्रमकाे सञ्चालन शिक्षालयका उपप्रमुख केशरमान बुढाथाेकीले गर्नुभएकाे थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *