सविन प्रियासन
नेपालको आर्थिक विकासका लागि साना र लघु उद्योगहरूको योगदान अतुलनीय छ । यी उद्योगहरूले गाउँघरमा रोजगारी सिर्जना गर्ने, आयआर्जनको अवसर प्रदान गर्ने, आत्मनिर्भरता बढाउने र ग्रामीण जनताको जीवनस्तर उकास्ने काम गर्दछन् । घोराही उपमहानगरपालिका वडा नं. १५ मा रहेको प्रभु उद्योग यस्तै उदाहरण हो । यहाँबाट उत्पादन भएका नुहाउने साबुन, लुगाधुने साबुन, मुख धुने साबुन, हात धुने साबुन, सर्फ, टायल क्लिनर, मार्बल क्लिनर, फिनायल, तारपिन तेल, हार्पिक, गाडी टल्काउने वाक्सजस्ता सामानहरूले स्थानीय मागमात्र होइन, दाङदेखि काठमाडौंसम्मका बजारलाई सेवा पु¥याइरहेका छन् । उद्योगबाट उत्पादित सामान बिक्रीका लागि बाहिरका केही जिल्लामा अर्डर अनुसार सामान बिक्री गरिरहेको भएपनि घोराहीमा बिक्री गर्नका लागि निश्चित पसलहरुलाई आफ्नो उत्पादन नदिएको गौतमको भनाइँ छ । ग्राहकहरु उद्योगमै सामान किन्न आइरहेको र केही पसलेहरु पनि उद्योगमै आएर आफ्नो सामान खरिद गरेर बिक्री गरिरहेको गौतमले जानकारी दिनुभयो । गौतमले उत्पादन गरेको सामानको विषयमा दिग्गज व्यक्तिहरुले सामाजिक सञ्जालमा गौतमले उत्पादन गरेको उत्पादनहरु नियमितरुपमा प्रयोग गरिरहेको र अन्यलाई पनि प्रयोग गर्न सुझाब दिएको पढ्न सकिन्छ ।
सयौ व्यक्तिलाई रोजागरी दिइ सक्नु भएका गौतममा रत्तिभर अहंकार छैन । मनको सन्तुष्टि र समाजका लागि केही योगदान दिनका लागि उद्यम गरेको उहाँको भनाइँ छ । गौतमजस्ता उद्यमीको नवीन सोच र कठिन परिश्रमले मात्रै यस्तो उद्योग सम्भव भएको हो । उनले आफ्नै प्रयासले कतिपय उपकरण जुगाड गरेर निर्माण गरेका छन् भने निःशुल्क सिप सिकाउने काम पनि गरिरहेका छन् । यसरी यी उद्योगहरूले न केवल रोजगारी दिन्छन्, बरु सीपसम्पन्न जनशक्ति उत्पादन गरेर भविष्यका लागि सक्षम बनाउँछन् । यसरी लघु उद्योगहरू मुलुकको समृद्धिको मेरुदण्डका रूपमा स्थापित हुन्छन् ।
लघु उद्योग विकासका चुनौतीहरू
साना उद्योगको विकास सहज हुँदैन । यसमा विभिन्न चुनौतीहरू आउँछन्, जसमा मुख्यतः निम्न समावेश हुन्छन् ः
१) वित्तीय समस्या ः साना उद्यमीहरूले कहिल्यैजसो पुँजीको अभाव महसुस गर्छन् । बैंक तथा वित्तीय संस्थाबाट सस्तो ब्याजदरमा ऋण नपाउने, धितो राख्न नसक्ने जस्ता समस्या प्रमुख हुन्छन् । यसैले आफ्नो बचत र सानो ऋणकै भरमा उद्योग संचालन गर्नुपर्छ ।
२) प्रविधि र सीपको अभाव ः कसरी गुणस्तरीय उत्पादन गर्ने, बजारको मागअनुसार उत्पादनलाई परिमार्जन गर्ने भन्ने कुरा सबैलाई सहज हुँदैन । सरकारी तथा गैरसरकारी निकायबाट सीपमूलक तालिम र प्रविधिको पहुँचको कमीले पनि उद्योगीहरूलाई चुनौती थप्छ ।
३) बजारको समस्या ः उत्पादित वस्तुहरूको बिक्री निश्चित नभए उद्योग चलाउन गाह्रो हुन्छ । ठूला व्यवसायी र आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन हुने भएकाले, बजार विस्तार र दिगो बिक्री सुनिश्चित गर्ने विषयमा अप्ठ्यारो हुन्छ ।
४) सरकारी नीति र सहजीकरण ः कहिलेकाहीँ सरकारी नीति लचिलो नहुनाले उद्योग सञ्चालनमा थप कठिनाइ हुन्छ । जटिल कानुनी प्रक्रिया, करका झन्झट, अनुमतिपत्र पाउन लामो समय लाग्ने समस्या पनि साना उद्योगीले भोग्नुपर्छ ।
५) जनशक्ति व्यवस्थापन ः सीपयुक्त र अनुभवी जनशक्ति पाउन गाह्रो हुन्छ । साथै, साना उद्योगले तलबभत्ता र अन्य सुविधा दिन नसक्ने भएकाले कर्मचारी व्यवस्थापनमा समस्या आउँछ ।
सरोकारवालाहरूको भूमिका ः
–यसरी, साना उद्योगको महत्वलाई आत्मसात गर्दै यसको विकास र समृद्धिका लागि विभिन्न सरोकारवालाहरूले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।
१) उद्योगी स्वयंको भूमिका ः नवीन सोच र सिर्जनशीलता ः राजीव गौतमजस्तै उद्यमीहरूले सधैं नयाँ सोच ल्याउनुपर्छ । बजारको माग पहिचान गरेर नयाँ उत्पादन र सेवाको खोजी गर्नुपर्छ ।
गुणस्तरमा ध्यान ः प्रतिस्पर्धामा टिक्न उत्पादनको गुणस्तर उच्च हुनुपर्छ । उपभोक्ताको विश्वास जित्न सधैं गुणस्तर सुधार गर्नुपर्छ ।
प्रविधिमा लगानी ः आधुनिक प्रविधि अपनाएर लागत घटाउने र उत्पादन क्षमता बढाउनेतर्फ उद्योगीको ध्यान जानुपर्छ ।
कर्मचारी सशक्तीकरण ः तालिम, प्रेरणा र अवसर दिएर कर्मचारीलाई निपुण बनाउनुपर्ने जिम्मेवारी पनि उद्योगीको हो ।
२) स्थानीय तह (पालिका÷वडा) को भूमिका ः
नीतिगत सहजीकरण ः उद्योग दर्ता, नवीकरणजस्ता कार्यमा सहजता दिनुपर्छ । प्रशासनिक काम छिटो छरितो बनाउन एकद्वार प्रणाली स्थापना गर्नुपर्छ ।
राज्यको तर्फबाट प्रोत्साहन ः स्थानीय बजारमा लघु उद्योगको उत्पादनको प्राथमिकता दिनु र बजार मेलामा सहभागी गराउने जस्ता कार्यक्रम ल्याउनुपर्छ ।
प्रशिक्षण र सीप विकास ः पालिकाले सीपमूलक तालिम सञ्चालन गर्न र उद्यमीको क्षमता अभिवृद्धि गर्न पहल गर्नुपर्छ ।
अनुदान र सहुलियतपूर्ण ऋण ः उद्योग स्थापना र विस्तारका लागि सहुलियतपूर्ण ऋण तथा अनुदान उपलब्ध गराउन सकिन्छ ।
३) प्रदेश र संघीय सरकारको भूमिका ः
–नीति निर्माण र संशोधन ः साना उद्योगमैत्री नीति बनाउने, लगानीमैत्री वातावरण तयार गर्ने र करको बोझ घटाउने ।
–आर्थिक सहजीकरण ः सहुलियतपूर्ण ऋण योजना ल्याएर वित्तीय पहुँच बढाउने । साना उद्योग विकास कोष स्थापना गरी लगानीको स्रोत उपलब्ध गराउने ।
–बजार विस्तार ः राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा नेपाली लघु उद्योगका उत्पादनको प्रवद्र्धन गर्न नीति ल्याउने । विदेशी लगानी र प्रविधि हस्तान्तरणका लागि सहजीकरण गर्ने ।
–गुणस्तर प्रमाणपत्र ः घरेलु उद्योगको उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आवश्यक गुणस्तर प्रमाणीकरण प्रक्रिया सहज बनाउने ।
४) सहकारी संस्था र निजी क्षेत्रको भूमिका ः
–साझेदारी र सहकार्य ः सहकारीहरूले सदस्यहरूलाई साना उद्योग सञ्चालनका लागि सस्तो ब्याजदरमा ऋण दिन सक्छन् । निजी क्षेत्रसँगको सहकार्यबाट प्रविधि र बजार विस्तारमा सहयोग पुग्छ ।
–बजार सञ्जाल विस्तार ः सहकारी र निजी क्षेत्रले उद्योगको उत्पादनलाई बजारसम्म पु¥याउन सञ्जाल निर्माण गर्न सक्छन् ।
५) गैरसरकारी संस्था (ल्न्इ÷क्ष्ल्न्इ)