युनिक मिड वेस्टर्न एकेडेमीमा सरस्वती पूजा सम्पन्न

कमल ओली
दाङ, माघ ९ । घोराही १० नारायणपुर दाङमा रहेको युनिक मिड वेस्टर्न एकेडेमीले विभिन्न कार्यक्रम गरी सरस्वती पूजा भव्य रूपमा सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर सेजुवालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा विद्यार्थी शिक्षक तथा अभिभावकहरूको सहभागितामा पूजा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा सरस्वती माताको पूजा आराधना गरिनुका साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो विद्यार्थीले कलम किताब र कापी पूजामा राखेर विद्याप्राप्तिको कामना गरेका थिए। सोही अवसरमा अक्षरारम्भ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ सरस्वती माताको पूजा आराधनापछि साना बालबालिकाहरूलाई कापी र कलम दिएर क ख लेख्न लगाइएको थियो।

यस अवसरमा अभिभावकहरू निकै उत्साहित देखिन्थे। विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर रावतले अक्षारम्भ बालबालिकाको शैक्षिक जीवनको सुरुवात भएको भन्दै सबैलाई नियमित पढाइमा ध्यान दिन आग्रह गर्नुभएको थियो। विद्यालयका सहायक प्रधानाध्यापक भीमबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक अशोक कुमार चौधरीले गर्नुभएको थियो।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *