अघिल्लो पटक भन्दा यसपटक जनताबाट धेरै माया पाएको छु : शंकर पोखरेल

चेतना अनलाइन

घोराही । नेकपा (एमाले)का महासचिव एवं दाङका उम्मेदवार शंकर पोखरेलले अघिल्लोपटकको निर्वाचनभन्दा यसपटक मतदाताहरूबाट आफूले धेरै माया पाएको बताउनुभएको छ ।

अघिल्लो पटक कांग्रेस र तत्कालीन माओवादीबीच अघिल्लोपटक दुईसय मतभन्दा कम मतान्तरले विजयी हुन नसकेको उल्लेख गर्दै उहाँले यसपटक एक्लाएक्लै प्रतिस्पर्धा गर्दा आफूफे फराकिलो मतान्तरले निर्वाचन चित्ने विश्वास व्यक्त गर्नुभयो । “म यसबीचमा धेरै गाउँमा गए, धेरै मतदातासँग भेट भए, यसपटक आम दाङबासीको तर्फबाट मलाई समर्थन छ,” पोखरेलले भन्नुभयो, “सबै मतदाताले अघिल्लो पटक विजयी नभएकोमा दुखेसो व्यक्त गर्दै यसपटक जिताउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।”

केही तत्त्वहरूले दाङबासीलाई विभाजित गर्ने प्रयास गरे पनि जनताले त्यसलाई अस्वीकृत गर्ने उल्लेख गर्दै महासचिव पोखरेलले यसपटक दाङबासीले विकास र समृद्धिको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो । ” हाम्रो विजयात्राबाट आत्तिएकाहरू समाजमा द्वन्द र विभाजनको रेखा कोर्न लागिपरेका छन्,” उहाँले भन्नुभयो, ” दाङ बासीहरू सचेत छन्, हल्ला गर्ने र निराशा बाँड्नेहरूको पक्षमा होइन समृद्धिको खाका कोर्नेहरूको पक्षमा लाग्नेछन् ।”

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *