घोराही दाङ,
घोराही उपमहानगरपालिका भित्र संचालनमा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको भेलाले माध्यमिक विद्यालय हापुर रतनपुरका प्रधानाध्यापक श्रीमण न्यौपानेको अध्यक्षतामा १३ सदस्सिय घोराही सामुदायिक विद्यालय स्तरीय परीक्षा समिति गठन गरेको छ ।
घोराही उपमहानगरपालिकाका शिक्षा समिति सदस्य एवं बालबिकास माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमबहादुर बुढाको सक्रियतामा दोश्रो पटक बसेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको भेलाले परीक्षा गठन गरेको हो । पालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक उपलब्धि मूल्याङ्कन प्रणालीमा एकरुपताका साथै शैक्षिक गुणस्तारलाई बृद्धि गर्ने उद्देश्य सहित पालिका स्तरीय परीक्षा समिति गठन गरिएको जानकरी घोराही नगर शिक्षा समितिका सदस्य खिमबहादुर बुढाले जानकारी दिनु भयो ।
परीक्षा समतिको विवरण यस प्रकार रहेको छः श्रीमण न्यौपाने (अध्यक्ष) मा.वि. हापुर रतनपुर, रमेशकुमार पाण्डे (सचिव) आधाुभूत विद्यालय बाहुनडाँडा, ऋषिराम अधिकारी (कोषाध्यक्ष) मा.वि.झिङ्नी सदस्यहरुमा पुस्कर अधिकारी जनता मा.वि. बुका, राजेन्द्र घिमिरे मा.वि. डाँडागाउँ, खडक बहादुर वली प्रथमिक विद्यालय क्वाडी, अर्जुन न्यौपाने हापुर मा.वि. निघुवार, विजय अधिकारी आधारभूत विद्यालय सुनपुर, तिलप्रसाद घर्ती मा.वि. जजरागाउँ, गिरीराज शर्मा प्रथमिक विद्यालय पालुथान, झग्गुप्रसाद पौडेल बालविकास मा.वि. नयाँबजार, सुशिला पौडेल रात्री प्रा.वि. शुक्रवार र प्रभा वली आधारभूत विद्यालय सवारीकोट रहनु भएको छ ।
परीक्षा समितीको कार्यालयका लागि घोराही १४मा अवस्थित बालविकास माध्यमिक विद्यालयलाई कोठा उपलब्ध गराउनुका लागि अुनरोध गर्ने निर्णय समेत गरिएको छ ।
