चेतना अनलाइन
घोराही, ९ फागुन । नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार शंकर पोखरेलले यसपटक समृद्ध दाङको आकांक्षा राख्नेहरूले आफूलाई मतदान गर्ने विश्वास गर्नुभएको छ ।
मतदाताहरूसँग भेटघाट गर्न महत समाजले घोराही, १३ मा आयोजना गरेको कार्यक्रम बोल्दै महासचिव पोखरेलले लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री हुँदा आफूले दाङको विकासको जग बसालेकाे स्पष्ट पार्नुभयाे । “दाङको समृद्धिका लागि राष्ट्रिय तहमै बजेट निर्माण गर्दा हस्तक्षेप गर्ने नेतृत्व चाहिन्छ,” उहाँले भन्नुभयाे, “हामीले दाङलाई समृद्ध बनाउछु, म सबै पार्टीलाई मिलाएर समग्र दाङको विकासको नेतृत्व गर्न चाहन्छु ।”
महासचिव पोखरेलले आफूले दाङको विकासका लागि खेलेको भूमिकालाई विना पूर्वाग्रह मूल्यांकन गर्न सबैलाई अपिल गर्नुभयो । “हामीले भोटको राजनीतिको नाममा दाङबासीलाई विभाजित गर्नुहुँदैन, हामीलाई दाङ बनाउछु, त्यसकालागि समग्र दाङबासी एकताबद्ध हुनुपर्छ,” महासचिव पोखरेलले भन्नुभयो, “मैले यसबीचमा धेरै मतलाई भेटेको छु, अघिल्लो पटक काङ्ग्रेस र तत्कालीन माओवादी बीच चुनावी गठबन्धन हुँदा दुई सय मतभन्दा कम अन्तरले विजयी हुन सकेन, धेरै मतदातालाई त्यतिबेला विजयी गराउन नसकेकोमा पछुतो छ ।”
यसपट अघिल्लो पटक मतदान नगरेकारहरूले पनि दाङको समृद्धिका लागि यसपटक मलाई मतदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महासचिव पोखरेलले आफूले निर्वाचन जितेमा मुलुककै नेतृत्व गर्न सक्ने विश्वास गर्नुभयो ।
