घोराही ११ मा आधारभुत स्वास्थ्य केन्द्रको भवन उद्घाटन

चेतना अनलाइन

घोराही उपमहानगरपालिका वडा नंम्वर ११ मा एक कार्यक्रम गरी आधारभुत स्वास्थ्य केन्द्र शिवपुरको उद्घाटन गरिएको छ ।

वडा नंम्वर ११ का अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं नेपाल सरकारका पुर्व सहसचिव रमेशकुमार अधिकारी र स्वास्थ्य साखा प्रमुख नारायण घर्तिकोको विशिष्ठ आतिथ्यतामा एक कार्यक्रम गरी भवनको उद्घाटन गरिएको हो ।

बिन्देश्वरी मन्दिर परिसरभित्र नव निर्मित भवनको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले सुविधा युक्त स्वास्थ्य केन्द्रको भवनबाट वडाबासीलाई स्वास्थ्य सेवा लिन सहज हुने बताउनुभयो ।

नागरिकको उपचारलाई प्रभावकारी बनाउन दक्ष जनशक्ति, औषधी, यन्त्रका साथै भौतिक संरचनाले पनि महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । स्वास्थ्य स्वयम शेविका, विभिन्न टोलविकास संस्थाका पदाधिकारीलगातको सहभागितामा भवनको उद्घाटन गरिएको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *