३८ औं बिपि स्मृति दिवस अबुधाबिमा सप्पन्न

जि.के. दङ्गाली

युएइ। नेपाली जनसम्पर्क समिति युएईको अबुधाबी क्षेत्रीय समितिको सम्योजनमा कार्यक्रम सम्पन्न गरिएको छ । क्षेत्रीय सभापति दुर्योधन कार्कीको सभापतित्व तथा केन्द्रिय समितिका कार्यवाहक सभापति एवम् महाधिवेशन प्रतिनिधि चन्द्र सारु मगरको प्रमुख आतिथ्यमा कार्यक्रम सप्पन्न भएको हो।

कार्यक्रममा बिशिस्ट अतिथिहरु एनअरएन युएइका कार्यवाहक महासचिव केशव नेपाल, अबुधाबी क्षेत्रीय अध्यक्ष बिश्वदेव शाह त्यसैगरी जनसम्पर्क समितिका सल्लाहकार कृष्ण गौतम, केन्द्रिय सदस्य मनोज सैजु र अतिथिहरुमा समाजसेविहरु महेश श्रेष्ठ, शंकर घिमिरे र शिव गिरी हुनुहुन्थ्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी चन्द्र सारु मगरले बिपि को बिचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए। राजनीतिको साथ साथै साहित्यमा पनि उत्तिकै कलम चलाउने बिपि जस्ता महान सपुतको जति चर्चा गरेपनी कम हुने सारुको भनाइ थियो।

प्रेस युनियनका अध्यक्ष राम कुमार परियारले संचालन गरेको कार्यक्रममा महिला नेतृ पर्मिला पाण्डेले उपस्थितलाई मन्तव्य स्वागत  गर्नुभएको थियो।  स्मृति समारोहमा बोल्ने सबै बक्ताहरुले बिपि र बिपिले पुर्याएको योगदानको मुक्त कण्ठले प्रसंसा गर्दै चर्चा गरेका थिए। बिपिको मार्गमा हिड्न सकेमात्रै देश र जनताको भलो हुने बताएका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *