रुकुमपूर्वमा लम्पी स्किन रोगबाट प्रभावित पशुहरुकाे विवरण सार्वजनिक

निराजन सिर्पाली

रुकुमपूर्व । रुकुमपूर्वमा लम्पी स्किन राेगबाट प्रभावित पशुहरुकाे विवरण सार्बजनिक गरिएको छ ।

एकीकृत कृषि तथा पशुपंन्छी विकास कार्यालय रुकुमपूर्वले रुकुम पूर्वमा लम्पी स्किन राेगबाट प्रभावित पशुहरुकाे विवरण सर्बजनिक गरेकाे हाे ।

जसमा सिस्ने गाउँपालिकामा २ सय २० पशु चौपायाहरु मरेका छन भने १ हजार ८ सय ७५ पशु चौपायाहरुकाे उपचार भएको मा ३ हजार ४ सय ४८ पशु चौपायाहरु संक्रमित भएकाे पाइएको छ ।

भुमे गाउँपालिकामा ६८ पशु चौपायाहरु मरेका छन भने ३ हजार ६ सय ४८ पशु चौपायाहरुकाे उपचार भएकोमा ३ हजार ७ सय १६ पशु चौपायाहरु संक्रमित भएको कार्यालयकाे विवरणमा उल्लेख गरिएको छ ।

त्यस्तै पुथा उत्तरगंगा गाउँ पालिकामा ४ सय ७ पशु चौपायाहरु मरेका छन भने २ हजार ४ सय २३ पशु चौपायाहरुलाई उपचार गरिएको मा ५ हजार ७० पशु चौपायाहरु लम्पी स्किन राेगबाट संक्रमित भएका हुन् ।

जसमा जिल्ला भर ६ सय ९५ पशुहरु मरेका छन भने ७ हजार ९ सय ४६ पशु चौपायाहरुलाई उपचार गरिएको देखिएको छ भने १२ हजार २ सय ७१ पशु चौपायाहरु लम्पी स्किन राेगबाट प्रभावित भएका छन् ।

असारदेखि नेपालको पूर्वी जिल्लाबाट सुरु भई गाईभैंसीमा नयाँ किसिमको रोगको महामारी फैलिएकोे हाे। ‘लम्पी स्किन’ भनिने यस नयाँ रोग लागेका गाईभैंसीमा उच्च ज्वरो आउने र शरीरभरि साना–ठूला गिर्खा देखिने लक्षण देखिएको छ। उच्च ज्वरो (१०४ फरेनहाइट वा माथि) आउने र शरीरभरि साना–ठूला गिर्खा देखिने लक्षण गाईमा देखिएको र शरीरका विभिन्न ठाउँहरु विशेषगरी घाँटी, पछाडिको भाग, पेट र थुनवरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खा देखिने गरेकाे एकीकृत कृर्षी तथा पशुपंन्छी विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पिताम्बर बस्नेतले बताउनुभएको छ ।

यसका साथै कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिँज धेरै निकाल्ने, ‘लिम्फ नोड’हरू सुनिने, घाँटी तल पानी भरिने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र पछि बाँझोपन देखिने जस्ता लक्षण यस रोगमा देखिने बताइएको छ ।

यो रोग सर्वप्रथम सन् १९२९ मा अफ्रिका महादेशको जाम्बियामा देखिएको थियो। त्यसयता लामो समय अफ्रिकाको रैथाने रोगको रूपमा रहेको यस रोग सन् १९८९ मा इजरायलमा देखिएको थियो। विशेषगरी सन् २०१२ पछि धेरै देशमा यो रोग महामारीका रूपमा फैलिन थालेको हो। मध्यपूर्व, दक्षिणपूर्वी युरोप, रसिया, कजाकिस्तान, चीन हुँदै भारत र बंगलादेशमा गत वर्ष यो रोग भित्रिएको प्रमाणित भइसकेको छ। यस रोग मुख्यगरी लामखुट्टे, झिँगा, किर्ना आदिका टोकाइका माध्यमबाट सर्ने गर्छ।

पछिल्लो समय उक्त राेग देशैभरी महामारीको रुपमै फैलिदै गएको पाइएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *