प्रेस चौतारी दाङको बैठक, एक वडा ‘एक चौतारी’

दाङ २३ माघ । प्रेस चौतारी दाङले ‘एक वडा एक चौतारी सदस्य’ अभियान सञ्चालन गर्ने भएको छ । चौतारी दाङको आइतवार बसेको बैठकले अभियान सञ्चालनको लागि जिल्लाका दशैपालिकामा आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यसको समन्वय लागि बबई, दंगीशरण र शान्तिनगरमा चौतारी दाङका उपाध्यक्ष प्रेमबहादुर राम्जा, तुलसीपुर उपमहानगरपालिकामा उपाध्यक्ष सुधासुमन ढकाल, घोराही उपमहानगरपालिकामा सचिव किरण गौतमलाई जिम्मेवारी दिएको छ । त्यसैगरेर लमही नगरपालिका र राप्ती गाउँपालिकामा कोषाध्यक्ष गोकर्ण पौडेल, गढवा र राजपुरको लागि सहसचिव एकराज भण्डारी र बंगलाचुली गाउँपालिकामा सहसचिव चन्द्रप्रकाश नेपालीलाई जिम्मेवारी दिएको छ ।

त्यसैगरेर बैठकले नेतासँग चौतारी संवाद गर्ने समेत निर्णय गरेको छ । बैठकले विगतदेखि वर्तमानसम्म चौतारी दाङको इतिहास तयार पार्न सचिव गौतम, चौतारी दाङमा स्थापित पुरस्कार र अक्षयकोष दाताको चिनारी तयार पार्न कोषाध्यक्ष पौडेल, पुरस्कार मापदण्ड निर्माण तथा पुरस्कार विरतणको अभिलेख तयार पार्न उपाध्यक्ष राम्जा मगरलाई जिम्मेवारी दिएको छ ।

चौतारी दाङको बैठकलाई घुम्ती बैठकमा विस्तार गर्ने र चौतारी राहत कोष स्थापना गर्ने समेत निर्णय गरेको छ । त्यसैगरेर बैठकले चौतारी दाङको सल्लाहकारमा निवर्तमान अध्यक्ष जे एन सागर, पुर्व सचिव बसन्त आचार्य र निवर्तमान सल्लाहकार रञ्जिता शर्मालाई चयन गरेको छ । बैठकले जिवन अधिकारी, महेश बस्नेत,नवराज शर्मा, मुना खनाल र अशोक कुमार नेपालीलाई कार्य समितिमा मनोनित गरेको छ । त्यसैगरेर बैठकले प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय सदस्य सुर्दशन रिजालको संयोजकत्वमा चौतारी तालिम तथा प्रशिक्षण प्रतिष्ठान गठन गरेको छ । प्रतिष्ठानको सदस्यहरुमा दुर्गालाल केसी, के.वी चौधरी, प्रवल रेग्मी र रीता लामालाई चयन गरेको छ ।

बैठकले उपाध्यक्ष सुुधा सुुमन ढकाल संयोजक र विमला घर्ती सह संयोजक रहेको चौतारी दाङको महिला विभाग गठन गरेको र सदस्य पछि थप गर्ने निर्णय गरेको छ । त्यसैगरेर प्रेस चौतारी नेपालको स्थापना दिवसमा चौतारी दाङले आयोजना गरेको रक्तदान कार्यक्रम सफल बनाउने सवैप्रति धन्यवाद ज्ञापन गरेको छ ।

बैठकले पेशागत महासंघ दाङका अध्यक्ष अरुणकुमार शर्माकी आमा र नेपाल निजामती कर्मचारी संगठन दाङका अध्यक्ष शेरबहादुर केसीका बुबाको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठक चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षता एवम प्रेस चौतारी नेपालका उपाध्यक्ष सविन प्रियाशनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उपाध्यक्ष राम्जा मगरको स्वागत मनतव्यवाट शुरु भएको बैठकको सहजिकरण सचिव गौतमले गरेका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *