मन्त्री मास्कीद्वारा आदिवासी दिवसको शुभकामना

देउखुरी,२४ साउन । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले आदिवासी जनजाति दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।

बुधबार दिवसको अवसरमा एक बक्तब्य जारी गरि मन्त्री मास्कीले मुलुकमा भएको १० बर्षे जनयुद्ध र १९ दिने आन्दोलनको बलमा गणतन्त्र स्थापना हुनुकासाथै समानुपातिक, समावेशितासहितको संविधान जारी भएपछि आदिवासी जनजातिका हक अधिकार सुनिश्चित भएको बताउनुभयो । उहाँले प्राप्त उपलब्धीलाई संस्थागत गर्नु अहिलेको दायित्व र लडाई रहेको भन्दै त्यो अभियानमा प्रदेश सरकार दत्तचित्त भएर लागेको बताउनुभयो ।

अगस्त ९ मा विश्व आदिवासी दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघले १९९३ लाई विश्व आदिवासी वर्षका रूपमा घोषित गरेपछि सोही वर्षदेखि प्रत्येक वर्ष यो दिवस मनाउन गरिएको छ । विश्व भूमण्डलीकरण, आधुनिकीकरण, निजीकरण, बजारमुखी उत्पादन प्रणाली, वातावरणीय ह्रासबाट विश्वभरिका आदिवासी जनजातिहरूका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र भौतिक जीवनमा परेका प्रतिकूल असरबाट उनीहरूलाई बचाउनु, उनीहरूका विकास गर्नु र अधिकार तथा भाषा संस्कृतिको संरक्षण/संवर्द्धन यस दिवसको उद्देश्य रहेको छ ।

नेपालका आदिवासी जनजातिहरूले पनि सन् १९९३ देखि प्रत्येक वर्ष अगस्त ९ लाई विशेष नारा र कार्यक्रमसहित आदिवासी जनजातिहरूको अधिकारमुखी आन्दोलनको रूपमा मनाउँदै आएका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *