भदौबाट विद्यालय खोल्ने तयारी, निर्देशिका बनाउँदै सरकार

काठमाडौं, ७ साउन । सरकारले भदौबाट विद्यालय खोल्ने तयारी गरेको छ । कोरोना भाइरसको रोकथामको उपाय अबलम्बन गर्दै विद्यालय खोल्न अनुमति दिने तयारी गरेको हो ।

आज शिक्षामन्त्री गिरिराजमणि पाखेरेलले विद्यालय सम्वद्ध संघसंस्था प्रतिनिधिसँग यसबारे परामर्श गरेका छन् । उनले विद्यालय सञ्चालना लागि निर्देशिका बनाउन लागिएको भन्दै सुझाव संकलनको क्रममा रहेको बताएका थिए ।

प्याब्सन र एन प्याब्सनलगायत विद्यालय सम्वद्ध संघसंस्थाका प्रतिनिधिले मापदण्डमा रहेर विद्यालय सञ्चालन गर्न सकिने सुझाव दिएको बुझिएको छ । मन्त्रालयले विद्यालय सञ्चालनको निर्देशिकाको तयारी गरिरहेको भन्दै विस्तारै अवस्था सहजतातर्फ लान लागिएको पोखरेलले बताएको भेटमा सहभागीले जानकारी दिए ।

भदौ १ गतेबाट भर्ना खोलिएको र सम्भवत भदौभित्र नै कोरोना भाइरसको जोखिम नहुने गरी विद्यालय सञ्चालन गर्न सकिनेबारे छलफल बढेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *