प्रदेश पाँचमा ३ हजार ६ सय ७५ जनाले कोरोना जिते, संक्रमित संख्या ४ हजार माथि

दाङ।  प्रदेश नम्बर ५ का १२ वटा जिल्लामा आइतबारसम्म कोरोनाभाइरस संक्रमितको कुल संख्या ४ हजार ८१ जना पुगेको छ । त्यसमध्ये ३ हजार ६७५ जना कोरोना जितेर घर फर्किएका छन् । हालसम्म यो प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ जना रहेको छ ।

प्रदेशभरका १ सय ५० वटा आइसोलेशन कक्षमा अहिले ३ सय ९३ जनाले उपचार गराइरहेका छन् । प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार ९०.०५ प्रतिशतले कोरोना जितेर घर फर्किएका हुन् ।

कपिलवस्तुका १६ वटा आइसोलेशन कक्षमा कुल संक्रमित ४ सय ५६ जना मध्ये २० जनाले उपचार गराइरहेका छन् भने ७ सय ३६ जना निको भइ घर फर्किएका छन् । जहाँ एक जनाको पनि मृत्यु भएको छैन । दाङका ७ जटा आइसोलेशनमा कुल संक्रमित ६ सय ४१ जना मध्ये १ सय ५० जनाले उपचार गराइरहेका छन् भने ४ सय ८९ जनाले कोरोना जितेर घर फर्केका छन् । त्यस जिल्लामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी पाल्पा जिल्लामा २५ वटा आइसोलेशन कक्ष रहेका छन् । जहाँ कुल संक्रमितको संख्या ५ सय ५५ जना रहेका छन् । ४६ जनाले उपचार गराइरहेका छन् भने ५ सय ८ जनाले कोरोना जितेर घर फर्किएका छन् । पाल्पामा कोरोना संक्रमणबाट एक जनाले पनि ज्यान गुमाएका छैनन् ।

यसैगरी बाँके जिल्लामा कुल संक्रमितको सख्या ३ सय ३४ जना रहेका छन् । त्यहाँको १३ वटा आइसोलेशन कक्षमा २० जनाले उपचार गराइरहेका छन् भने ३ सय ७२ जना निको भइ घर फर्केका छन् ।

त्यहाँ २ जनाको मृत्युृ भएको छ । यसैगरी गुल्मी जिल्लामा कुल संक्रमितको संख्या ३ सय ५३ जना पुगेको छ । २२ वटा आइसोलेशन कक्षमा ११ जनाले उपचार गराइरहेका छन् भने ३ सय ३९ जनाले कोरोना जितेर घर फर्किएका छन् । त्यहाँ ३ जनाको मृत्यु भएको छ ।

यस्तै रुपन्देही जिल्लाको जनसंख्याको अनुपातमा अन्य जिल्लाको तुलनामा संक्रमितको संख्या कम देखिएको छ । रुपन्देहीमा कुल संक्रमितको संख्या ३ सय ७२ जना रहेका छ । त्यहाँ १७ वटा आइसोलेशनमा २२ जनाले उपचार गराइरहेका छन् भने ३ सय २ जना उपचार गरि घर फर्किएका छन् । त्यहाँ १ जनाको मृत्यु भएको छ ।

यसैगरी प्युठान जिल्लामा कुल ३ सय ३३ जना कोरोना संक्रमित रहेका छन् । त्यहाँको २१ व्वटा आइसोलेशन कक्षमा २९ जनाले उपचार गराइरहेका छन भने ३ सय ४ जना निको भई घर फर्केका छन् । जहाँ एक जनाको पनि मृत्यु भएको छैन ।

उता वर्दियामा कुल संक्रमितको संख्या २ सय २० जना रहेको छ । ११ वटा आइसोलेशन कक्षमा २८ जनाले उपचार गराइरहेका छन् भने १ सय ९२ जना निको भई घर फर्केका छन् । त्यहाँ एक जनाको पनि मृत्यु भएको छैन । नवलपरासी जिल्लामा कुल संक्रमितको संख्या १ सय ७ पुगेको छ ।

त्यहाँको २२ वटा आइसोलेशन कक्षमा २२ जनाले उपचार गराइरहेका छन् भने ८५ जना उपचार गरी फर्किएका छन् । त्यहाँ पनि कसैको मृत्यु भएको छैन । यसैगरी रोल्पा जिल्लामा कुल संक्रमित ६६ जना रहेका छन् । त्यहाँको ४ वटा आइसोलेशनमा १८जनाले उपचार गराइरहेका छन् । ४७ जना कोरोना जितेर फर्किएका छन् ।

त्यहाँ पनि कसैको ज्यान गएको छैन। रुकुम पूर्वमा भने कुल संक्रमित ८ जना रहेका छन् । एउटा मात्र आइसोलेशन छ त्यहाँ । ४ जनाले उपचार गराइरहेका छन् भने ४ जना उपचार गरी फर्किएका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *