सुस्मिता वली सेढाई
दुखिरहेकै थियो दिल दुखाई के पायौ ?
घाउ माथी अर्को घाउ बनाई के पायौ ?
केही दिन संगै हुन्थ्यौ टिकाएको भए ।
टुट्नै लागेको सम्बन्ध टुटाई के पायौ ?
तिम्रै प्रेम्को रोगी थे गए थियौ छोडी ।
आज फर्की आएछौ दबाइ के पायौ ?
रोकिने कै संकेत छैन बर्षात आसुको ।
यस्तो बेला सलाई खर पठाइ के पायौ ?
तिमी पनि त रहेछौ अन्य दर्शक जस्तै ।
म दुखेकै शेरमा ताली बजाई के पायौ ?
